December 9, 2005

राजा सञ्चारमन्त्री भएपछि ब्लक गरिएका वेबसाइट खुले

२०६२ मंसिर २४ शुक्रबार
अहिले देशमा सञ्चारमन्त्री छैनन्। सञ्चारमन्त्रीको कार्यभार राजाले नै सम्हालेका छन्। सहायताका लागि एक राज्यमन्त्रीको व्यवस्था गरिएको छ। पुराना सञ्चारमन्त्री टंक ढकाल स्थानीय विकास मन्त्री भएका छन्। सञ्चारमन्त्री परिवर्तन भएर हो कि के हो, आज साइबर संसारमा डुल्ने क्रममा ब्लक गरिएका धेरै वेबसाइट प्रोक्सीको प्रयोग बिना नै खुलेको देखियो। प्रचण्डको अन्तर्वार्तापछि ब्लक गरिएको बीबीसी नेपालीको साइट, आईएनएसएनसमुदाय आरामसित खुल्यो। सरकारले आतंकवादी भन्ने गरेको माअ‍ोवादी विद्रोहीहरुको साइट भने अझै खुलेन। यी साइटहरु सरकारले नै खोल्न लगाएको हो कि मेरो आईएसपीको गल्तीले खुलेका हुन्- पत्तै भएन !
अपडेट 520 pm NST: अहिले आईएनएसएन र समुदाय फेरि बन्द भएको छ। बीबीसी भने खुलै छ। लाग्छ यो आईएसपी कै करामात हो, सरकार नरम भएको हैन। किनभने अरु आईएसपीमा भने ती साइटहरु बन्द नै रहेछन्। सरकारले साइट ब्लक गर्ने पनि कुन आधारमा हो पत्तै लगाउन गार्‍हो, एकापट्टी नेपालीपोस्ट, नेपालजापान जस्ता सूचनामूलक साइटहरु ब्लक छन् भने अर्कोतर्फ यसरी जथाभावी लेखिएको साइट (साइटको एउटा विषय Hottest gurl in townमा राजपरिवारसम्बन्धी ज्यादै आपत्तिजनक कुरा लेखिएका छन्) भने बिना प्रतिबन्ध इन्टरनेट प्रयोगकर्ताहरुलाई नै लाज लाग्ने गरी खुल्लमखुल्ला चलिरहेका छन्।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.