२०६२ मंसिर २५, शनिबार

मानवअधिकारलाई रोक्ने प्रहरी घेराः भोटाहिटीबाट रत्नपार्क जाने बाटोमा अवरोध खडा गरिरहेका प्रहरीहरु।
आज डिसेम्बर १०। विश्वभर आज मानवअधिकार दिवस मनाइयो। तर निरंकुशतन्त्र रहेको हाम्रो देशमा भने आज पनि मानवअधिकार हननको क्रम रोकिएन। आज राजधानीमा एउटा विशाल र्याली निस्क्यो, निरंकुशताको विरोधमा सभा भयो र शान्तिपूर्ण रुपमा आवतजावत र सभा गर्न पाउने अधिकारको हनन गर्दै रत्नपार्कमा लगाइएको निषेधित क्षेत्र तोड्न खोज्नेहरुमाथि लाठी वर्षाइयो, मंसिरको जाडोमा पानीको फोहोरा छ्यापियो र व्यापक धरपकड गरियो। कृष्ण पहाडीसहित कैयन् मानवअधिकारकर्मीहरु गिरफ्तार भए। पटक-पटक निषेधित क्षेत्र तोड्ने क्रममा चर्का नाराबाजी भए, रमाइला दोहोरी गाइए। कार्य्रकममा भाग लिन धादिङबाट आउन लागेका सहभागीहरुको १० ट्रक थानकोटमा सुरक्षाकर्मीले रोकेछन्। म कार्यक्रम सकाएर भर्खरै सवा पाँच बजे घर पुगेको छु। यससम्बन्धी थप विवरण र फोटोसहित केही छिनपछि राख्नेछु। आजको कार्यक्रममा पनि मैले प्रशस्तै भिडियो खिचेको छु। त्यसलाई पनि भिडियो ब्लगका रुपमा क्रमशः प्रस्तुत गर्दै जाने नै छु। कृपया प्रतीक्षा गर्नुहोला। फोटो फिचर हेर्न भित्र आउनुहोला। (more…)