भिडियो ब्लग (मुख्य अंश): मानवअधिकार हनन्
डिसेम्बर २ मानवअधिकार दिवसको दिन भएको कार्यक्रममा खिचेका विभिन्न भिडियोहरुबाट केही दृश्यहरुको छनौट गरी मैले दिनभरको घटना सारांशमा देखाउन यो भिडियो ब्लग बनाएको हुँ। यसमा तपाईँले सुरुमा त्रिपुरेश्वरबाट निस्केको र्याली, बसन्तपुरमा भएको सभा, त्यसपछि भोटाहिटीबाट रत्नपार्कमा निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा भएको प्रहरी हस्तक्षेप, धरपकड, पानीको फोहोराले प्रहार, चर्का नाराबाजी, रमाइलो दोहोरी आदि दृश्य हेर्न पाउनु हुनेछ। यी भिडियोहरुको पूर्ण अंश पनि क्रमशः राख्दै जानेछु। आजलाई सारांश हेर्न भित्र आउनुहोला। (more…)

