December 13, 2005

मेट्रो एफएममा ‘मेरो संसार’

२०६२ मंसिर २८, मंगलबार
नेपाली सञ्चार माध्यमहरुमा पनि ब्लगको विषयमा बिस्तारै चर्चा हुन थालेको छ। सूचनाको वैकल्पिक स्रोतका रुपमा ब्लग साइटहरुलाई स्वीकार गर्न थालिएको छ। यसै क्रममा आज मेट्रो एफएमको आईटी सम्बन्धी एउटा कार्यक्रममा ब्लग साइटहरुलाई मुख्य विषयवस्तु बनाई कार्यक्रम प्रसारण भएको थियो। त्यसमा मेरो संसारको बारेमा पनि चर्चा भएको थियो र मेरो पनि टेलिफोनबाट प्रत्यक्ष अन्तर्वार्ता लिइएको थियो। यो मेरो दोस्रो अन्तर्वार्ता थियो। यसअघि कान्तिपुर टेलिभिजनमा मेरो सानो बाइट प्रसारण भएको थियो।
बिहान अचानक ब्लगसम्बन्धी इन्टरभ्यु दिनुपर्‍यो भनेर फोन आउँदा पहिला त छक्कै परेँ। कस्तो खालको इन्टरभ्यु भनेर सोध्दा इन्फर्मल कुरा हो भने पछि कुरा गर्न राजी भएँ। उसले सवा १२ मा कल गर्छु भनेर फोन राख्यो। म भने कस्तो कार्यक्रम रहेछ यो भन्दै रेडियोमा मेट्रो एफएम ट्युन गर्न थालेँ। एफएम सुन्ने बानी हराइसकेको छ आजभोलि मेरो। यसमा शाही सरकारको पनि कृपा छ। एफएममा सुन्ने भनेकै न्युज हो मैले। त्यो पनि कहिले बन्द हुने, कहिले खुला हुने भएपछि एफएममा समाचार सुन्ने बानी पनि हराइसकेको छ। त्यसैले मेट्रो एफएम खोज्नै गार्‍हो पर्‍यो। बल्ल बल्ल भेट्टाएँ। (more…)

भिडियो ब्लगः प्रहरी दमन

डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन खिचिएका भिडियोका ब्लग प्रस्तुत गर्दै जाने क्रममा आज प्रदर्शनमा भएका प्रहरी दमनको भिडियो प्रस्तुत गरेको छु। यसका केही अंश तपाईँले तलको मुख्य अंशमा पनि देखिसक्नुभएको छ। तर यसमा भने सबै भिडियो राखिएको छ। यसमा शान्तिपूर्ण प्रदर्शनलाई रोक्न प्रहरीले पानीको फोहोरा प्रहार गरेको, लखेटेको, धरपकड गरेको (रिपोर्टिङमा आएका एक पत्रकारलाई समेत तानातान गरेको पनि देखिन्छ) र नाराबाजी सुनिन्छ। त्यसबेलासम्म चर्का नारा लागेका थिएनन्। चर्का नारा त्यसपछि लागेका थिए। चर्का नाराहरुको भिडियो ब्लग पनि केही समयपछि प्रस्तुत गर्नेछु। कृपया भिडियो तपाईँले हेर्नसक्नुभएको छ कि छैन, केही समस्या छन् कि प्रतिक्रियामा लेख्नुहोला। भिडियो हेर्न भित्र आउनुहोला। (more…)

भिडियो ब्लगः मिनेन्द्र रिजालसँगको अन्तर्वार्ता

२०६२ मंसिर २८ मंगलबार
नेपालमा पहिलो भिडियो ब्लगरका रुपमा मेरो संसारले सुरु गरेको कामलाई अझै व्यापकता दिन ब्लगर नेपालसँगको सहकार्य हिजोदेखि अ‍ौपचारिक रुपमा कार्यान्वयन भएको छ। पत्रकारिताको क्रममा म सँधै डेस्कमा रहने हुनाले बाहिर मेरो त्यति सम्पर्क हुँदैन थियो। ब्लग गर्न थालेपछि मात्रै म रिपोर्टिङका लागि बाहिरतिर हिँड्न थालेको हुँ। ब्लगर नेपालका केपी भने राजनीतिलाई नै बिट बनाएर पत्रकारिता गरिरहेको मान्छे। उसले सुरु गर्ने भनेको राजनीतिक नेताहरुको अन्तर्वार्ताको भिडियो ब्लगका लागि मैले आफूसँग भएको क्यामेरा र भिडियो एडिटिङसम्बन्धी थोरै ज्ञानले सहयोग मात्र गरेको हुँ। यस क्रममा हिजो सोमबार हामी नेपाली काँग्रेस (प्रजातान्त्रिक) का प्रवक्ता मिनेन्द्र रिजालसित अन्तर्वार्ता लिन बानेश्वरको एपेक्स कलेजमा पुगेका थियौं। निर्धारित समयभन्दा केही ढिला हाम्रो अन्तर्वार्ता सुरु भयो। ३० मिनेटभन्दा अलि लामो यो भिडियो ब्लगलाई मैले दुई भागमा विभाजन गरेको छु। त्यसलाई हेर्नभित्र आउनु होला। (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.