December 13, 2005

मेट्रो एफएममा ‘मेरो संसार’

२०६२ मंसिर २८, मंगलबार
नेपाली सञ्चार माध्यमहरुमा पनि ब्लगको विषयमा बिस्तारै चर्चा हुन थालेको छ। सूचनाको वैकल्पिक स्रोतका रुपमा ब्लग साइटहरुलाई स्वीकार गर्न थालिएको छ। यसै क्रममा आज मेट्रो एफएमको आईटी सम्बन्धी एउटा कार्यक्रममा ब्लग साइटहरुलाई मुख्य विषयवस्तु बनाई कार्यक्रम प्रसारण भएको थियो। त्यसमा मेरो संसारको बारेमा पनि चर्चा भएको थियो र मेरो पनि टेलिफोनबाट प्रत्यक्ष अन्तर्वार्ता लिइएको थियो। यो मेरो दोस्रो अन्तर्वार्ता थियो। यसअघि कान्तिपुर टेलिभिजनमा मेरो सानो बाइट प्रसारण भएको थियो।
बिहान अचानक ब्लगसम्बन्धी इन्टरभ्यु दिनुपर्‍यो भनेर फोन आउँदा पहिला त छक्कै परेँ। कस्तो खालको इन्टरभ्यु भनेर सोध्दा इन्फर्मल कुरा हो भने पछि कुरा गर्न राजी भएँ। उसले सवा १२ मा कल गर्छु भनेर फोन राख्यो। म भने कस्तो कार्यक्रम रहेछ यो भन्दै रेडियोमा मेट्रो एफएम ट्युन गर्न थालेँ। एफएम सुन्ने बानी हराइसकेको छ आजभोलि मेरो। यसमा शाही सरकारको पनि कृपा छ। एफएममा सुन्ने भनेकै न्युज हो मैले। त्यो पनि कहिले बन्द हुने, कहिले खुला हुने भएपछि एफएममा समाचार सुन्ने बानी पनि हराइसकेको छ। त्यसैले मेट्रो एफएम खोज्नै गार्‍हो पर्‍यो। बल्ल बल्ल भेट्टाएँ।

रातभर भिडियो अपलोड गरेर बिहान चार बजेतिर मात्रै सुतेको थिएँ। निद्रा खुल्नेबित्तिकै फोन आएको थियो। पानी-सानी खाएर तयार भएँ। त्यसो त एक जमानमा एफएममा निकै नै फोन गरिन्थ्यो। तर अहिले एफएम नसुनेकै महिनौं हुन लागिसक्यो।

ठीक सवा १२ बजे फोन आयो र इन्टरभ्यु सुरु भयो। नेपालमा ब्लगको अवस्था, चलाउँदाको कठिनाई, वैकल्पिक सूचनाको स्रोतका रुपमा ब्लग आदिका विषयमा कुराकानी भयो। नेपालको नम्बर १ ब्लग भनेर कार्यक्रम सञ्चालकले भन्दा भने लाज पो लाग्यो। धन्न एफएम धेरैले सुन्दैनन्। सुरुमा अलि असजिलो भएकोले ब्लग कहिलेदेखि सुरु भयो भनेर सोध्दा अक्टोबर पो भनेछु। मैले फागुन-चैतबाट भन्न खोजेको थिएँ तर मनमा जस्तो कुरा आए पनि मुखबाट भने फ्याट्ट अक्टोबर भन्ने निस्किएछ।

जे होस्, पहिलो पटक लाइभ अन्तर्वार्ताको अनुभव रमाइलै भयो।

इन्टरभ्युलाई एफएमबाट मैले रेकर्ड गरेको थिएँ। त्यसलाई सुन्न यहाँ क्लिक गर्नुहोला।

12 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/12/13/metro-fm-interview/trackback/

  1. He Umesh,
    You’ve done a great job, really impressed man. Keep it up.

    Comment by S. Shrestha — December 14, 2005 @ 3:57 am

  2. Umesh Ji, you have started your blog in Fagun and Chait but you said in Octuber. One time i also forgot my name at the temple of Manakamana. We three people had gone to visit and pray to Manakamana Temple, then we qued on the line but we entered inside the temple and one of my friend was infront of me but there was so crowded people. The temple PUJARI asked name of my friend then he said his name “Samvu Thapa” and he went then my turn came there and PUJARI asked my name but i forgot my name at that time and i said my friend’s name Samvu Thapa, who was in front of me. He shouted me, you tell him your name not my name because this is my name….. ha ha ha

    Comment by Lingden S. Kumar — December 14, 2005 @ 5:49 am

  3. ल दादा बधाइ छ!

    ईट्स अल गेट्टीन बेटर!!

    Comment by Mukti Sir — December 14, 2005 @ 6:41 am

  4. umeshji lagcha ab ta hamro pani din aaula haina ta ani no 1 blog bhanda kin laj mannu parne ni sacchai bhanu bhane ta umeshji aaj kal news heru naherau tar yo blog ta hernai parne jasto lag chaa malai ta ra maile sabai bhanda pahile tapaiko blog nai herne pani gar chuu la ta best of luck

    Comment by diya — December 14, 2005 @ 1:33 pm

  5. बधाइ छ उमेश जी नेपालको नंम्बर १ भएकोमा

    Comment by शुभचिन्तक — December 14, 2005 @ 3:23 pm

  6. gud goin umesh dai
    maile suneko thiyen tapain ko interview

    Comment by cocaine — December 14, 2005 @ 3:32 pm

  7. ल ल बधाइ छ उमेसजी । खुसी पनि लाग्यो र रमाइलो प्रगति गर्दै जानु ।

    Comment by puja — December 14, 2005 @ 4:41 pm

  8. F M ma bolna paye bhanera makhkha parne hoina ni……….
    Yasari nai ramrari chalai rahanu parchha. mero pani dherai dherai subhakamana hai ta la………………………

    Comment by Rakesh — December 14, 2005 @ 4:55 pm

  9. Hello UmeshiJi,
    You’ve done better than the best all over the blog sansar. And, Congratulations for your interview with Metro Frequency Modulation. By the way, Thanks to Metro too. We’re looking for real news………….

    Comment by Kheladee — December 14, 2005 @ 5:29 pm

  10. नेपाली १ नम्‍बरको बल्‍गलाई बघाई र अझ प्रगतिको कामना

    Comment by prakas — December 14, 2005 @ 6:29 pm

  11. नेपाली १ नम्‍बरको ब्‍लगलाई बधाइ र अझ प्रगतिको कामना

    Comment by prakas — December 14, 2005 @ 6:51 pm

  12. एक चोटी भुवन केसीलाई “तपाईं नेपालको नम्बर 1 हीरो हो” भनेर भन्दा “मलाई नम्बरमा विश्वास छैन” भनेका थिए। त्यस पछि उसको मार्केट खत्तमै भयो। त्यसैले कसैले “नम्बर 1″ भन्यो भने “हो म नम्बर 1 हो। के गर्छस?” भन्नु पर्छ।

    Comment by पांचु — December 14, 2005 @ 8:53 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.