भिडियो ब्लग: चर्का नारा र दोहोरी
२०६२ मंसिर २९ बुधबार
डिसेम्बर १० विश्व मानवअधिकार दिवसका दिन भएको कार्यक्रमका भिडियो ब्लग प्रस्तुत गर्ने क्रम आज यी दुई वटा भिडियो ब्लग प्रस्तुत गरिसकेपछि टुंगिनेछ। भोलि सात दलले अर्कै कार्यक्रम गर्ने भएकोले पनि आज यो क्रमलाई टुंग्याउन जरुरी थियो। तर भिडियो एडिटिङ र अपलोड गर्ने काम सार्है समय खाने र झण्झटिलो छ। जस्तो खिचेको हो, त्यस्तै अपलोड गर्दा साइज ठूलो हुने भएकोले इन्टरनेटमा राख्न साइज कम पार्नु पर्छ। त्यसका लागि समय लिन्छ। अनि अपलोड अर्को गार्हो काम हो। भर्खर एक घण्टाभन्दा बढी समय लगाएर युट्युबमा अपलोड गर्दा अन्तिममा आएर एरर भनेर देखाएपछि सबै काम खेर गयो। अनि फेरि अर्को ठाउँमा गर्नु पर्यो। यी भिडियो ब्लग हेर्दा जति सजिलै हेर्न सकिन्छ, त्यसका पछाडि निकै मेहनत रहेको हुन्छ, खिच्ने, एडिटिङ गर्ने अनि अपलोड गर्ने र ब्लगमा पोस्ट गर्ने। त्यसैले हो कि नेपालमा अरु कसैले भिडियो ब्लग गरेका छैनन्।
आज यहाँ दुई वटा भिडियो ब्लग रहेका छन्। एउटामा चर्का नारा छन् भने अर्कोमा दोहोरी। यसलाई तपाईँले तलको अर्को ब्लगमा सारांशमा पनि हेर्नुभएको होला। तर यसमा त्यसमा नभएका पूर्ण दृश्यहरु छन्। (more…)

