नगरकोट कान्डले राजधानी तनावग्रस्त
भोलि उपत्यका बन्द
२०६२ मंसिर ३० बिहीबार
नगरकोटमा सेनाले एक दर्जन सर्वसाधारणको हत्या गरेपछि भक्तपुरसहित सिङ्गो राजधानी तनावग्रस्त बनेको छ। काठमाडौंको गल्ली-गल्लीमा नगरकोट कान्डको चर्चा चलिरहेको छ। सेनाले यो घटनामा सिङ्गो सेनालाई नमुछ्न आग्रह गर्दै आज पत्रकार सम्मेलनको आयोजना गरेको छ। तर आन्दोलनरत सात दलले भोलि यही घटनाको विरोधमा उपत्यका बन्दको आयोजना गरेका छन्। भक्तपुर त आजै बन्द जस्तै थियो। सात दलद्वारा आयोजित सभामा एमाले महासचिव माधव नेपालले यस घटनाको जिम्मेवारी लिँदै प्रधानमन्त्री र रक्षामन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए। काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नगरकोट हत्याकान्डबाट सरकार प्रमुखमाथि लागेको दाग जस्तोसुकै सर्फले पनि नधुने बताउनु भयो। सभा सकाएर फर्किरहेका उत्तेजित युवाहरुका कारण त्यहाँ एकछिन तनाव उत्पन्न भएको थियो। प्रहरीले एकछिन त्यहाँ लाठिचार्ज समेत गरेको थियो भने ढुंगामुढामा केही गाडीका शिशासमेत फुटेका थिए। के भएको थियो त नगरकोटमा ? मानवअधिकारवादीहरुको एक टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदन हेर्न भित्र आउनुहोला।
सेनाद्वारा १२ जना जनसाधारणको हत्या गरिएको सम्बन्धमा
गरिएको स्थलगत अध्ययन प्रतिवेदन
२०६२ मंसिर ३०
भक्तपुरको नगरकोटस्थित श्री कालीदेवी मन्दिरको मेलामा गएका नगरकोट गाविसका १२
जना सर्वसाधारण नागरिकहरुको ०६२ मंसिर २९ गते राती ११ ३० बजे सेनाद्वारा गरिएको
गैरन्यायिक हत्या बारे मानवअधिकारकर्मी तथा पेशागत संघ संस्थाका प्रतिनिधिहरुले घटना
भएको भोलिपल्ट अर्थात् २०६२ मंसिर ३० गते बिहान गरेको स्थलगत अध्ययनबाट प्राप्त
भएका तथ्यहरुलाई समावेश गरी यो प्रतिवेदन सार्वजनिक गरिएको छ ।
घटना विवरण
घटना शीर्षकः सेनाद्वारा १२ जना र्सवसाधारणको गैरन्यायिक हत्या
घटनास्थलः नगरकोट गाविस वडा नं ६ स्थित श्री कालिदेवी मन्दिर परिसर
घटना मितिः २०६२ मंसिर २९ गते राति ११ बजे
पीडकः शाही नेपाली सेना
पीडितः नगरकोट गाविसका स्थानीय र्सवसाधारण
मृतकहरुको नाम र उमेर
१. भगवान तामाङ, -४० वर्ष
२. आइते तामाङ, -४० वर्ष
३. रामलाल नगरकोटी, -४० वर्ष
४. माया तामाङ, -२० वर्ष
५. सुजन श्रे ष्ठ, -३० वर्ष
६. रामप्रसाद पन्थ, -२५ वर्ष
७. काले तामाङ, -२० वर्ष
८. नानु नगरकोटी, -२० वर्ष
९. निरु तामाङ, -२५ वर्ष
१०. दीपक तामाङ, -५ वर्ष
११. धमाइ लामा, -११ वर्ष
१२. दीपक तामाङ, -वर्ष नखुलेको
१३. वासुदेव थापा, -२७ वर्ष -नुवाकोट घर भई नगरकोटस्थित सेनाको शिक्षालयमा
कार्यरत सिपाही )
घटनामा घाइते भएकाहरुः
१. निरज तामाङ
२. भीमबहादुर तामाङ
३. कालु तामाङ
४. सपना लामा
५. प्रविण शाह
६. रामकुमार नगरकोटी
७. कृष्णबहादुर तामाङ
८. जगत तामाङ
९. राम पहारी
१०. रामभक्त नगरकोटी
११. पूण तामाङ
१२. सुकलाल नगरकोटी
१३. गोपाल पहारी
घटना विवरण
सेनाद्वारा ०६२ मंसिर २९ गते राती ११३० बजे भक्तपुरको नगरकोटस्थित श्री कालीदेवी
मन्दिर लागे को मेलामा गएका नगरकोटका १२ जना सर्वसाधारण नागरिक र एक जना
सैनिक जवानको विभत्स हत्या गरिएको छ । शाही सेनाको नगरकोटस्थित शिक्षालयमा
कार्यरत सैनिक जवान बासुदेव थापाले मंसिरे पूणिर्माको मेला मनाउन सो दिन राती भेला
भएका स्थानीय सर्वसाधारणमाथि अन्धधुन्ध गोली प्रहार गर्दा नगरकोटका १२ जना स्थानीय
जनसाधारण मारिएका हुन् । गोली हान्ने बासुदेव थापालाई पनि टाउको र छातीमा गोली
प्रहार गरी हत्या गरिएको छ । मारिने र घाइते भएकाहरु अधिकांश दलित र जनजाति
समुदायका रहेका छन् ।
सेनाबाट हत्या गरिएकाहरु सबै नगरकोट गाविस वडा नं ६ र ७ का बासिन्दा रहेका छन् ।
हत्या गरिएकाहरुमा ४० वर्षका भगवान तामाङ, ४० वर्षका आइते तामाङ, ४० वर्षका
रामलाल नगरको टी, २० वर्षका माया तामाङ, ३० वर्षका सुजन श्रेष्ठ, २५ वर्षका रामप्रसाद पन्थ, २० वर्षका काले तामाङ, २० वर्षका नानु नगरकोटी, २५ वर्षका निरु तामाङ, ५ वर्षका बालक दीपक तामाङ, ११ वर्षका अर्का बालक धमाइ लामा, उमेर नखुलेका दीपक तामाङ रहेका छन् । यसरी १२ जना स्थानीयबासीको हत्या गर्ने नगरकोटस्थित शाही सेनाको
शिक्षालयमा कार्यरत सिपाही २७ वर्षका बासुदेव थापा समेत मारिएका छन् । पोष्टमार्टम
प्रतिवेदन अनुसार मारिएका र्सवसाधारण र सैनिक जवानको टाउको र छातीमा गोली लागेको
देखिएको छ ।
सेनाको गोलीबाट घाइते हुने १९ जनामा नगरकोटका निरज तामाङ, भीमबहादुर तामाङ,
कालु तामाङ, सपना लामा, प्रविण शाह, रामकुमार नगरकोटी, कृष्णबहादुर तामाङ, जगत
तामाङ, राम पहारी, रामभक्त नगरकोटी, पूर्ण तामाङ, सुकलाल नगरकोटी र गोपाल पहारी
रहेका छन् । बाँकी छ जना नामा र थप बिबरण प्राप्त भएको छैन । सैनिक जनसर्म्पर्क
निर्देशनालयका अनुसार, घाइते भएका १९ मध्ये १६ जनाको सैनिक अस्पताल छाउनीमा
उपचार भइरहेको छ भने तीन जना घाइते शिक्षण अस्पताल महाराजगञ्जमा सामान्य
उपचारपछि घर फर्केका छन् ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार, नगरकोटस्थित श्री कालिदेवी मन्दिरमा स्थानीय बासिन्दाहरु
२०६२ मंसिर २९ गते बेलुकादेखि नै भेला भएर पुजाअर्चना तथा नाचगान गर्न थालेका थिए ।
मेलामा सो दिन राती करिब ९ बजे सैनिक जवान वासुदेव थापा पनि रमाइलो गर्न गएका
थिए । नाचगानका क्रममा जवान थापा र स्थानीय युवाबीच सामान्य भनाभन तथा झगडा
भएको थियो । झगडापछि सैनिक जवान थापा सैनिक शिक्षालयमा गएर अत्याधुनिक
हतियार लिएर मन्दिर परिसरमा फर्केका थिए ।
प्रत्यक्षदर्शीका अनुसार, राती ११ बजे सादा पोशाकका करिब ८ जना सैनिक सहित आएका
थापाले अत्याधुनिक हतियारद्वारा मन्दिरको पश्चिमतर्फाट अन्धाधुन्ध गोली प्रहार गर्दा
घटनास्थलमै ११ जनाको हत्या भएको थियो भने दीपक थापाको उपचार्रार्थ अस्पताल लैजादै
गर्दा मृत्यु भएको थियो । थापाले गोली प्रहार गर्दा सादा पोशाकमा आएका सैनिकहरुले
मन्दिरभित्र रहेका भक्तजनहरुलाई घोप्टो परेर लुक्न भनेको र आफूले त्यसै गरेका कारण
ज्यान बचाउन सफल भएको घटनामा बाँचेका एक प्रत्यक्षदर्शीले बताए । मृतक र घाइते
सबैलाई सेनाले सोही दिन राती ४ बजे अघि नै भक्तपुर अस्पताल र सै निक अस्पताल
छाउनीमा पुर्याएको थियो । मृतकका लास र घाइतेहरु बोक्ने काममा सेनाले मारिएकाहरुका
परिवार र स्थानीय वासिन्दालाई लगाएको देखिएको छ । घटनास्थल वरपर रगतका टाटै टाटा,
रुखमा गोली लागेका चोटहरु प्रशस्तै देखिएको छ । तर, सेनाले रगत अत्याधिक देखिएका
स्थानहरुमा माटो र झुसले पुर्ने प्रयास गरेको पनि देखिएको छ ।
घटनाका सम्बन्धमा अध्ययन टोलीको दृष्टिकोण
० सादा पोशाकका सुरक्षाकर्मीहरु उक्त स्थानमा कुन जिम्मेवारी अर्न्तर्गत गएका थिए र
मनोरञ्जन गर्ने बहानामा मेला भर्न आएका र्सवसाधारणसँग किन अभद्र व्यवहार गरी
हतियार देखाइ हातपात गरेका थिए भन्ने सम्बन्धमा नगरकोट सैनिक शिक्षालयको धारणा
अबिलम्व र्सार्वजनिक हुनुपर्दछ ।
० जनतासँग झगडा गरेर ब्यारेक फर्केका सेनालाई के कारणले, कसको निर्देशनमा, कुन
प्रयोजनका लागि अत्याधुनिक हतियार र यथेस्ट म्यागजिन उपलब्ध गराइयो - तत्काल
र्सार्वजनिक गरिनु पर्छ ।
० घटनापछि लास ओसार्न स्थानीय जनता र मारिएका परिवारलाई बाध्य पार्ने, गोलीका
खोका बटुल्ने र रगतका टाटा हटाउने जस्ता प्रमाण नष्ट गर्ने काम गर्न तिनलाई किन
बाध्य पारियो ?
0 हत्यारा सैनिकले चलाएको हतियार कहाँ छ र हत्यारा सैनिकको हत्या कसले गरेको हो
भन्ने विवरण र्सार्वजनिक गर्न असजिलो भयो -
अध्ययन टोलीको ठहर तथा माग
१. शाही सेनाको ब्यारेकबाट हतियार लिएर स्थानीय जनसाधरणको हत्या गरिएकोले
स्थानीय सैनिक शिक्षालयले यस घटनाको सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ ।
२. सेनाले अनधिकृत रुपले आफ्नो जिम्मेवारी भन्दा बाहिर गई १२ जनाको गैरन्यायिक
हत्या गरेकोले यसमा प्रचलित कानुन बमोजिम जिम्मेवार व्यक्तिहरुलाई सामान्य
अदालतमा मुद्दा चलाइनु पर्दछ ।
३. घटनाको प्रकृति र हत्याको परिमाणसमेतलाई दृष्टिगत गरी उक्त घटनाको स्वतन्त्र र
निष्पक्ष तथा न्यायिक छानविन आवश्यक भएकोले सर्वोच्च अदालतका वहालवाला
न्यायधिशको संयोजकत्वमा उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरिनु पर्दछ र
समितिको छानविनलाई सहज बनाउन सैनिक शिक्षालयका मुख्य अधिकृत र सादा
पोशाकमा हत्या स्थलमा गएका सैनिकहरुलाई तत्काल निलम्बन गरिनु पर्दछ ।
४. मृतकका परिवारलाई कम्तिमा प्रतिव्यक्ति रु ५ लाखका दरले क्षतिपूर्ति दिनु पर्दछ ।
स्थलगत अध्ययन टोली नाम
१. सुबोधराज प्याकुरेल- अध्यक्ष इन्सेक
२. डा. अर्जुन कार्की- अध्यक्ष गैसस महासंघ, नेपाल
३. डा. गोपालकृष्ण सिवाकोटी- अध्यक्ष हिमर्राईटस
४. गौरी प्रधान- अध्यक्ष एलाइन्स नेपाल
५. टीकाराम भट्टर्राई- केन्द्रीय सदस्य नपाल बार एसोसिएसन
६. कृष्ण गौतम- इन्सेक,
७. बाबुराम विश्वकर्मा- इन्सेक
८. बिमलचन्द्र शर्मा- इन्सेक
९. राजेन्द्र घिमिरे, सिभिक्ट
१० शैलेन्द्र गुरागाई, सिभिक्ट
११. शोभाकर बुढाथोकी, मानवअधिकार बचाऔं आन्दोलन
१२. राजन अधिकारी, एडभोकेसी फोरम


Dhanne baad umesh-ji, samachar ko lagi..
yesma purai sasthan le jimmewari linu parcha tara lidaina, ajha sharba shaktiman shree pancha gyanendra le jimmewari linu parcha, falna bhidanata ma yeti jana marne lai marouparanta ..gorkha dakchin bahu bhidaunu parcha..kina yesto chalan parampara dekhi chaldai airaheko ko shree panch gyanendrako bhanai ma,
yo ek janatale dekheko jyadati ho. yestai bhaktapur changu narayen mandir cheuma pani yestai pach chajanako hatyagariyeko thiyo tyo bela dohoro bhidanta bhayeko bhanera shamachar ayeko thiyo ..hernush umesh ji..yesto comment please chapi dinush ..mero samu thuprai udaharn cha. yi hatyara shahi sena le.hatiyaar bihin nepali ama kachora chori.soyem ama buwalai pani mardai airaheka chan.
yo nata pahilo hatyanai ho na antim nai..yesto ragato ko holi shahi nepali sena le dherai gari sakeko cha..itihasle ekdin lekhnanai cha..yo sabbai kartuk. tanashahi hatyara haruho, ekdin timi haru janatako adalat ma ubhinai parcha,
susan/
Comment by susan — December 15, 2005 @ 7:20 pm
owa umesh ji ,
u r a journalist of nepal. how fast u updade the news. u update the news even faster than then the self called no. 1 news sites.
It is the news same as happen on 19 jestha by paras or dipendra( i don’t not belived ).
Comment by ssbb — December 15, 2005 @ 7:49 pm
Thisa is really Heart Felt News i Heard just now, against this incident suddemly, our government is one of the very bad in this World.we must start Andolan as soon as possible.
Comment by Ek Samajik Karyakarta — December 15, 2005 @ 9:12 pm