December 16, 2005

मण्डलेहरुको आक्रमणबाट जसोतसो जोगिएँ (भिडियो ब्लगहरुसहित)

२०६२ पुस १ शुक्रबार
[अपडेटः आज खिचेका भिडियोबाट बनाइएका तीन भिडियो ब्लगहरु भित्र राखेको छु]
आज एउटा डरलाग्दो अनुभवबाट गुज्रिएँ। उफ् …..! सोच्दै डरलाग्छ…..चारैतिर मण्डले र गुण्डाहरुले मलाई घेरिरहेका अनि जथाभावी बोल्दै क्यामेरा खोस्न खोजिरहेका…! बीचमा म एक्लै ! उनीहरुले मलाई टाउकोमा काठले प्रहार गरे…कञ्चटमा हाने….भूइँमा लडाएर लात्तिले दिए….उफ्…! ज्यादै डरलाग्दो अनुभव थियो त्यो। अहिले यी शब्द लेखिरहँदा पनि टाउको र कञ्चटमा पीडा भइरहेको छ।

….चर्का नारा लगाउँदै गएका आन्दोलनकारीहरुमाथि उनीहरुले एक्कासी ढुंगाले आक्रमण गरे। त्यसपछि आन्दोलनकारीहरु तितरबितर भए। तितरबितर भएपछि ती मण्डले गुण्डाहरुले छानी-छानी उनीहरुलाई कुट्न थाले। कुटाइ पनि निकै डरलाग्दो। काठको ठूलो क्रिकेट ब्याट जस्तोले भूइँमा लडाएर ड्याम्म ड्याम्म। अनि एक जनाले त बडेमानको ढुंगा बजारेको पनि देखियो। दुई जनालाई त मेरै अगाडि ढालेका थिए। (more…)

नगरकोट कान्डः फोटो फिचर

२०६२ पुस १, शुक्रबार
नगरकोट कान्डको यस फोटो फिचरमा ज्यादै विभत्स खालका फोटोहरु पनि रहेकोले तपाईँलाई पहिले नै सचेत गराइन्छ। यदि तपाईँ विभत्स फोटोहरु हेर्नसक्नु हुन्न भने भित्र प्रवेश नगरेकै वेश। (more…)

सात दलको सभाः कहिलेसम्म यस्तै ताल ?

२०६२ पुस १, शुक्रबार

मध्यरातको १२ बजिसकेकोले मैले डेटलाइनमा पुस १ लेखेको हुँ। तर ननिदाएसम्म दिनभरका घटनालाई आज नै मान्ने मेरो आफ्नै सिध्दान्त रहेको छ। त्यसैले लेख्दा भने आज नै लेख्दैछु। आज सात दलको सभा छ भन्नेबित्तिकै मैले डिसेम्बर २ को एमालेको जनसभामा उर्लिएको जनसागर सम्झिएको थिएँ र सोचेको थिएँ- एउटा पार्टीले गर्दा त त्यत्रो मान्छे थियो भने झन् सात-सात वटा दलले गर्दा कति मान्छे होलान्…… (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.