मण्डलेहरुको आक्रमणबाट जसोतसो जोगिएँ (भिडियो ब्लगहरुसहित)
२०६२ पुस १ शुक्रबार
[अपडेटः आज खिचेका भिडियोबाट बनाइएका तीन भिडियो ब्लगहरु भित्र राखेको छु]
आज एउटा डरलाग्दो अनुभवबाट गुज्रिएँ। उफ् …..! सोच्दै डरलाग्छ…..चारैतिर मण्डले र गुण्डाहरुले मलाई घेरिरहेका अनि जथाभावी बोल्दै क्यामेरा खोस्न खोजिरहेका…! बीचमा म एक्लै ! उनीहरुले मलाई टाउकोमा काठले प्रहार गरे…कञ्चटमा हाने….भूइँमा लडाएर लात्तिले दिए….उफ्…! ज्यादै डरलाग्दो अनुभव थियो त्यो। अहिले यी शब्द लेखिरहँदा पनि टाउको र कञ्चटमा पीडा भइरहेको छ।
….चर्का नारा लगाउँदै गएका आन्दोलनकारीहरुमाथि उनीहरुले एक्कासी ढुंगाले आक्रमण गरे। त्यसपछि आन्दोलनकारीहरु तितरबितर भए। तितरबितर भएपछि ती मण्डले गुण्डाहरुले छानी-छानी उनीहरुलाई कुट्न थाले। कुटाइ पनि निकै डरलाग्दो। काठको ठूलो क्रिकेट ब्याट जस्तोले भूइँमा लडाएर ड्याम्म ड्याम्म। अनि एक जनाले त बडेमानको ढुंगा बजारेको पनि देखियो। दुई जनालाई त मेरै अगाडि ढालेका थिए।
आजको बन्द तनावग्रस्त हुन्छ भनेर पहिले नै अनुमान थियो। भयो पनि त्यस्तै, पोखरा, विराटनगर, धादिङ र उपत्यका तनावग्रस्त छन्। उपत्यका बन्द भने पनि राजधानीबाहिर पनि बन्द भएका छन्।
खाना-साना खाएर म बन्दको बारेमा ब्लग गर्न बाहिर निस्केको थिएँ। बसन्तपुरमा एकछिन बसेपछि त्यहाँ एक हुल केटाहरु चर्का नारा लगाउँदै आए। उनीहरुले भीमसेनस्थानका कयौं पसलमा तोडफोड पनि गरे। म ती तोडफोडका दृश्य क्यामेरामा कैद गर्नमा व्यस्त थिएँ। प्रहरीहरु त्यहीँ थिए, तर उनीहरु त्यस्तो तोडफोड रोक्न पूर्णतः असफल थिए।
एकछिन पछि एक हुल आन्दोलनकारीहरु मरुबाट चिकंमुगलतर्फ लागे। चिकंमुगलबाट जैसिदेवलतर्फ जाने बाटोमा मण्डलेहरु र गुण्डाहरुको बसोबास रहेछ। त्यहाँ उनीहरु प्रतिकारका लागि पूरै तयारीमा बसेका रहेछन्, खुकुरी, ढुंगा अनि के-के हो के-के हतियार बोकेर। चर्का नारा लगाउँदै गएका आन्दोलनकारीहरुमाथि उनीहरुले एक्कासी ढुंगाले आक्रमण गरे। त्यसपछि आन्दोलनकारीहरु तितरबितर भए। तितरबितर भएपछि ती मण्डले गुण्डाहरुले छानी-छानी उनीहरुलाई कुट्न थाले। कुटाइ पनि निकै डरलाग्दो। काठको ठूलो क्रिकेट ब्याट जस्तोले भूइँमा लडाएर ड्याम्म ड्याम्म। अनि एक जनाले त बडेमानको ढुंगा बजारेको पनि देखियो। दुई जनालाई त मेरै अगाडि ढालेका थिए।
म फेरि एकदमै …..मैले दायाँबायाँ अरु पत्रकारहरु र मानवअधिकारवादीहरु छन् कि छैनन् भनेर हेर्दै हेरेनछु। त्यो मेरो महागल्ती थियो। त्यस्तो जोखिमपूर्ण ठाउँमा एक्लै पुगेछु। के थाहा त एक्लै छु भनी। चारैतिरबाट घेरिएपछि पो थाहा पाएँ।
आन्दोलनकारीहरुलाई छानी छानी निर्घातसँग चुटेको दृश्य खिच्दै गरेको एक जनाले देखिहालेछन्। अनि त अहो…..सम्झनै डरलाग्ने। म सबै फोटो डिलिट गर्छु भन्दा पनि मानेनन्। क्यामेरा नै फुटाइदिने प्रयास गर्न थालेँ। तर मैले त्यहाँ आफ्नो ज्यानभन्दा क्यामेरालाई माया गरेँ। सोच्दा पनि अचम्म लाग्छ….त्यसैले पनि मैले कुटाइ खानुपरेको हो।
यदि मसँग टन्न पैसा भइदिएको भए त्यो केही हजारको क्यामेरा र मेमोरी कार्डको माया मारेर त्यत्तिकै हिँड्नु हुन्थ्यो। उनीहरुले त क्यामेरा छाडेर जा भनेकै थिए। मैले मानिनँ- प्रतिकार गरिरहेँ…अनि मलाई कुट्न थाले। मैले उनीहरुले कराउन थालेपछि पनि क्यामेरामा भएका सबै कुरा डिलिट गरिदिएको थिएँ। तर उनीहरुले बुझे पो ! फेरि भीडको मनोविज्ञान तपाईँहरुलाई थाहा छँदैछ…एकोहोरो।
खोसाखोसमा मेरो क्यामेरा नै बिगारिदिए। क्यामेराको ब्याट्री राख्ने ठाउँको केसिङ बिग्रिएको छ। अब हातले समातेर थिचेपछि बल्ल चल्ने भएको छ क्यामेरा। तर धन्न यति भए पनि भएछ। ठूलो दुर्घटनाबाट बचेँ म। क्यामेरा नै खोस्लान् वा बल्लबल्ल ब्लगका एक पाठकले पठाइदिनुभएको मेमोरी कार्ड खोस्लान् भन्ने ठूलो डर थियो।
त्यही भीडका एक जनाले पत्रकार भए कार्ड देखा भन्न थाले। अब आफ्नो च्यानल नेपालको जागिर खुस्केको नै दुई महिना हुन लागिसक्यो, कहाँबाट कार्ड हुनु ! धन्न तीन वर्षजति अगाडि काम गर्दाको डेट एक्सपायर भइसकेको सूचना विभागको प्रेस कार्ड अस्ति नै बीआईसीसीमा जानका लागि बोकेको थिएँ- गोजीमा नै रहेछ। प्रेस कार्ड देखा भन्ने अनि चारैतिर जिउमा समात्ने, मैले कसरी देखाउने प्रेस कार्ड ? बल्लबल्ल प्रेस कार्ड देखाएपछि मलाई त्यही भीडका एक जनाले क्यामेरा गोजीमा हालेर जान दिए।
पिटाइको पीडा त छँदै थियो, आफूले बल्लतल्ल किनेको क्यामेरा जोगिएकोमा भन्दा पनि त्यो बिग्रिएकोमा पीडा थियो। बिग्रिएको अवस्थामा उनीहरुले मलाई क्यामेरा भिडाएका थिए।
साथमा ती एक्सक्लुसिभ दृश्यहरु…..आन्दोलनकारीलाई छानी-छानी मुटु काम्ने गरी चुटेको….सबै खत्तम….!
दिक्क मान्दै बसिरहेको थिएँ- साथी मणी दाहाल भेटिए। दुःखको कुरा सुनाउन एक साथी पाएँ। उ र म एकछिन बसन्तपुरमा बस्यौं। पछि नेताहरुसहितको जुलुस आउँदा फेरि एकपटक आफू आक्रमण भएको ठाउँतिर गएँ। त्यत्रो मासको अगाडि भने उनीहरुले केही गर्न सकेनन्। उनीहरु हेरेर र सुनेर बसिरहेका थिए। ती मण्डले गुण्डाको अगाडि पा……कात्रो किन, तेरो बाउको गयो दिन मर्दैछ, डेढ लाख दिन्छौं, ज्ञा…..तँलाई काट्छौं भनेर त्यो जुलुसले नारा लगाउँदा आफ्नो पीडा अलि भए पनि हराए झैं लाग्यो।
जुलुस सानो सभामा परिणत भयो बसन्तपुरमा। त्यसपछि त्यो भीड उत्तेजित हुँदै भोटाहिटीतर्फ लाग्यो र त्यहाँ पनि एकछिन ढुंगामुढा, तनाव भयो। ती सब हेरेर म घर फर्किएँ।
घर पुगेर हेर्दा टाउकोमा टुटुल्को उठेको रहेछ। त्यही काठको फल्याकले हानेको हुनसक्छ। कञ्चटनिर र खुट्टामा पनि दुखिरहेको छ। तर म यो कुरा आफ्नो परिवारलाई भन्न सक्दिनँ। धन्न यो ब्लग मेरा आफन्त कसैले हेर्दैनन्। नत्र आइन्दा ब्लगको ब पनि उच्चारण गर्न पाउँदिन होला मैले।
अहिले यी शब्दहरु टाइप गरिरहँदा मेरो मनमा यस्ता कुरा उठिरहेका छन्- मैले ब्लग गरी देशबाहिरका र देशभित्रका हजारौंलाई सुसूचित गरेँ। तर, के फाइदा त यसबाट ? फाइदाको त कुरै छाडौं, आफ्नो सामान र ज्यानको समेत असुरक्षा ! मन विचलित भएको छ। मनमा नानाथरी कुरा उठिरहेको छ। हेरौं, मूड भएमा आज त्यो बिगारिएको क्यामेरालाई हातले ब्याट्री केस जबर्जस्ती थिचेर खिचिएका केही भिडियोहरु अहिलेपछि राख्नेछु। तर….अझै पनि मलाई त्यही घटनाको याद आउँदैछ…..चारैतिर मण्डले गुण्डा…..बीचमा म……जथाभावी गाली……क्यामेरा खोस्ने प्रयास……लडाएर लात्ताले हानेको……अहो….कहिले बिर्सने होला यो त्रासदी !
अपडेट 9 pm NST: एकछिन निदाएको थिएँ। टाउको र जीउ अझै दुखिरहेको छ। एउटा भिडियोको सानो क्लिप यहाँ राख्दैछु।
अपडेट 1 am NST: त्यो भिडियोमा केही शुभचिन्तकहरुले आपत्ति जनाएका कारण त्यसलाई हटाएर यो नयाँ भिडियो राखेको छु। यी भिडियोहरु शायद मेरा अन्तिम भिडियो ब्लग हुनसक्छन्। किनभने सँधै त्यो बिगारिएको क्यामेरालाई जबर्जस्ती हातले थिचेर मिलाउँदै भिडियो खिच्न संभव हुन्न। र, खिच्दै गर्दा हात चिप्लियो भने खिच्दै गरेको दृश्य पनि सबै मेटिने रहेछन्। तल कमेन्टमा एक साथीले जुम लगाएर टाढैबाट खिच्ने सुझाव दिनुभएको रहेछ। धेरैलाई मैले प्रयोग गर्ने क्यामेरा ह्याण्डीक्याम हो कि भन्ने भ्रम पर्न सक्छ। त्यसो हैन, यो त एउटा सानो कमसलखाले डिजिटल क्यामेरा हो। अब जुमवाला क्यामेराबाट सुरक्षित रुपमा भिडियो खिच्ने उपाय नगरेसम्म यसरी असुरक्षित रुपमा खिच्नु ठीक लागेन मलाई। तलको भिडियोमा पछाडिबाट मात्र किन खिचेको भन्ने प्रश्न उठ्न सक्ला। कुरा के भने, त्यो जुलुसमा केही शंकास्पद माअोवादीहरु पनि थिए। उनीहरुले आफ्नो भिडियो खिच्न त दिन्नन् नै। खिचे भने फेरि आक्रमणमा पर्न बेर छैन। माअोवादीको शंका कसरी भयो भन्नुहोला। नारा लगाउँदै गर्दा उनीहरुमध्ये केहीले जोसिएर शाही सेना मुर्दाबाद, जनसेना जिन्दाबाद भनेका थिए। तर नाइकेजस्ता देखिनेले हतार-हतार त्यस्तो नारा लगाउनेलाई सम्झाए। यो भिडियो त्यो ठाउँमा जाँदाको हो, जहाँ केही छिनअघि मलाई कुटिएको थियो। डर त लागेको थियो जान तर भीडसँगै भएकोले आँट गरेर हिँडेको थिएँ। भिडियो हेर्न तल क्लिक गर्नुहोला।
भिडियो २: यो भिडियोमा बसन्तपुरमा केही नेताहरुले गरेका चर्का भाषणहरु र त्यसलाई सुन्न जम्मा भएको भीड देख्न सकिन्छ। भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्। यो लिंकमा राइट क्लिक गरेर सेभ टार्गेट एज गरे पनि हुन्छ।
भिडियो ३: यो भिडियोमा बसन्तपुरको सभा सकिएपछि उत्तेजित हुँदै असन हुँदै रत्नपार्क जाँदै गरेकाहरु, उनीहरुले प्रहरीलाई गरेको ढुंगामुढा आदिका दृश्य छन्। अब मसित आजका भिडियो सकिए। बानेश्वर सभाका केही भिडियो भने बाँकी नै छन्। त्यसलाई भोलि अपलोड गर्नेछु। यो भिडियो हेर्न तल क्लिक गर्नुहोला। यो भिडियो शायद मेरो अन्तिम भिडियो ब्लग हुनसक्छ। भिडियो हेर्नका लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला।


Dear Umeshji,
I am very sorry to hear from you this things. Don’t worry one day you will win and all Mandale will be swipt out. Satya ko sadhi jit hunchh vala samaya lagala. Hijo ka Mandale harule Prithvi Gol chha bhannelai Mareka thiye tar aj duniya le Prithwil Gol chha vanchhan. Umesh ji Tapai ko jun Prayas chha ra Loktantraka lagi arthat Nirankustantraka lagi gareko kam chha Nepali jantan le bhule chainna. Keep going.
Shigra Swathay au manasik lav ko kamana.
Shuvechuk
Comment by Bibek — December 16, 2005 @ 4:57 pm
Dear Umesh Ji,
I am very sorry to hear that the trauma that you had to go through earlier during the day.
Please do not get dishartened due to this incident! if you give up,it will be giving in to the people who are smelly sin of the society who has no sense of humar, your dignity must not be surrendered to this sort of thughs at any cost.
I have few ideas that you may consider to take on when you intend to travel to potiantially volatile areas:
1)Don’t go alone, have a companian on this sort of visits.
2)Try not approach the spot of violance very closley, try to take picture from safe distance (use Zoom facility to take pictures)
3)Try to stand where you have easy excess to escape if unexpected violance broke out!
4)At volatile situation, try to take few pics & leave the place immidiately & find place for saefty.
Finally, Umesh ji, life is precious & important then anything in this world, do not put yourself in danger & in terms of saefty, always contemplate few saefty precautions just before you head to the volatile situations.
I wish for your speedy recovery & appriciate whole heartly for your unflenging would class journalism.
Thanks & Regards,
Roshan
Comment by Roshan — December 16, 2005 @ 5:36 pm
so sad yaar how should we do …….?
Comment by das — December 16, 2005 @ 6:00 pm
Dear Umeshjee
Hami yaha bidesh ma basera afnai man ko chutai khai rahe chhau……Tapai kam se kam afno man ma lageko kam garna paunu bhayechha…..I salute your efforts for all of us……yo mandale haru ko din aba khatam hudainchha……Hamra Neta haru le kehi samjhaute na garun….Tapai le khayeko chutai ko kadar garun…….ra yaspali Mallik ayog le thamyayeka chor haru bhagna na paun….
Comment by Rakesh — December 16, 2005 @ 7:15 pm
यो घटना सुनेर सारै दु:ख लाग्यो
अहिले मान्छेको ज्यानको नै टुङ्गो नभएको बेलामा तपाँई त सामान्य चुटाईमा मात्रै पर्नुभएछ। अस्तिको नगरकोटको घटनालाई सम्झेर आफ्नो चित्त बुझाउनु होला।
यो सबै छाडातन्त्रको कारण भएको हो।
यहाँ कोहि पनि केहिको लागि उत्तरदायी छैन।
यस्तो अवस्थामा मरेर हैन बाँचेर देशको लागि गर्नु पर्छ। त्यसैले अर्को पटक देखि बिचार पुर्याएर काम गर्न सुझाव दिन्छु।
Comment by प्रसन्न — December 16, 2005 @ 7:30 pm
*****
afno gaadima (janatale tireko karbata mojgareko) yeuta dhunga lagda, tetro herfer garna sakne ahile yetro nirdos marda kaha gayeko hola? tagat cha bhane shahi senalai herfer gareko herna chahanchu. nepal ka nirnayek mandali.. timiharuko antim icha haru pura gare huncha kina ki timiharuko antim ghadi haru aisakeko cha..
umesh ji ..
bhupi sherchan ko kabita yaad garnush ..
hudaina bihani duichar taaraa jharera nagaye. bandaina desh duichar saput marera nagaye/ bhupi sherchan/
aba nepalko lagi antim balidan dina ma agadi badchu. yesbata bhabi santatile patak patak balidan dina naparosh..
jai matri bhumi/
Comment by susan — December 16, 2005 @ 7:52 pm
hello Umesh ji ,
Truth is always bitter and doing some thing good is always challenging. Your contribution to us is great ,so do not desperate , we are with you;
BROECHEM GROUP;
Comment by MR BROECHEM — December 16, 2005 @ 8:18 pm
ma pani Bibak br0 sahga sahamat chhu Umash ji
Comment by prakas — December 16, 2005 @ 8:40 pm
hey umesh bro…. thanks for all the information regarding the current situation of our country.. i wish you a quick recovery and good luck with your health..you are the good journalist. Good journalist doesn’t give up hope and frustrated. मैले ब्लग गरी देशबाहिरका र देशभित्रका हजारौंलाई सुसूचित गरेँ। तर, के फाइदा त यसबाट ? don’t even raise this question in your thought/in your mind.. beleive m…out here more people gets better news and the situation of our country from you than other sources. If you get frustrated like that we nepalese living abroad don’t get the actual fact of the country..i know its easy saying than done… but hey you are the best…..
hermelo
Comment by hermelo — December 16, 2005 @ 8:48 pm
Hi Umeshji,
You have been doing an outstanding job. It is highly appreciated. Please don’t get disheartened. I know the pain. We have been fighting for democracy for long. Democracy is almost there. We will definitely achieve it. Dhanyabad cha tapai lai. Your effort has given a great dimension in this arena of journalism in Nepal.
Get well soon.
You have done an envision. It will be followed up by lots of generation from now. Nobody can stop the voice of democracy. It will be heard and it is certainly going to be loud. It is the system that has been rotten. We have to uproot it. We, the new generation of Nepalese will fight our best for the freedom learning from the experiences of elder citizens and will be planning a better future for the coming new generation.
Please feel better.
Comment by Kantipur Nagarik — December 16, 2005 @ 8:57 pm
Dear Umesh jee,
I am extremely regrate for this event. I wish for your better health. I Think this willnot disparage you devotion and belittle your determination for peace and democracy rather than make stronger. Coming days might be more severe than this, we should be mentally prepare for it. some punch and flattery should be take as tiny being as a soilder of democracy and peace. It should not shake your unshaken trust on democracy. Lots of your well wisher are always with you till you are in path of full democracry.
I know this might be idealist, But once i was victimize by such event. So keep it up! Make sharpen your pen
Comment by Uttam — December 16, 2005 @ 9:37 pm
उमेस नरमाईलो लाग्यो यार । के गर्ने मन्डले लाई ,बन्दुक किनेर सकिदिउ कि क्या हो?
Comment by sapanasansar — December 16, 2005 @ 10:47 pm
Umesh ji,
Please do not lose your enthusiasm of that cowardice act of madles ! Your work to inform us and world around is far valuable than to be discouraged. Your blog is our strength and hope towards fight for democracy. Be aware that you and your blog is popular here in UK.
Fan of your work, Sanjay Das in UK
Comment by Sanjay Das — December 17, 2005 @ 12:02 am
उमेश जी,
तपाई माथि धटेको घटना कुनै अनौठो नभएर तानाशाहहरुले जनतामा आतंक मच्चाउन कतिसम्म तल झरेर गुण्डाका समूहहरुको निर्माणगरि त्यसलाई परिचालन गर्दछन् भन्ने कुराको निरन्तर कडिमात्र हो ।
नेपालमा मात्र हैन त्यहा वाट हजारौ कोष टाढा पनि यहा रहेका आमुक मण्डलेहरुको टाउको उठेको मैले महसुस गरेकैछु तर यो परिस्थिको सामना गर्दै अगाडी वढ्ने क्रममा मलाई “Darkest hour just before the dawn” भन्ने एउटा उक्ति ले सदा प्रेरित गरिनै रहन्छ ।
तपाई माथि भएको घ्रिणित आक्रमणको जतिसुकै भर्त्सना गरे पनि कमै हुन्छ तर तपाईको व्लगको “मण्डलेहरुको आक्रमणबाट जसोतसो जोगिए” भन्ने शिर्षको समाचार पढ्दा त कताकता आपुmनै असन्तूलित भएको महसुस गरे । यसमा दर्ुइ कुराहरु थिए जसले मलाई असन्तुलित नै भएको महसुस गर्न वाध्य पार्यो एउटा कुरा त भयो तपाई माथि मण्डले गुण्डाहरुको घ्रिणित आक्रमण तर अर्को चाहि तपाईले पाठक सामु गर्नु भएको प्रश्न !
हरेक ब्यक्तिले आपmनो पेशागत नाफालाई मध्य नजर गरेकै हुन्छन् । जस्तै एउटा व्यापारीको उदेश्य कसरी आर्थिक नाफा कमाउने भन्ने नै हुन्छ र आर्थिक नाफानै उसको फाईदा हो भने एउटा डाक्टरको चाहि यदि सच्चा डाक्टर हो भने विरामिहरुको सेवा गर्दा प्राप्त सन्तुष्टि नै उसको नाफा हुनु पर्दछ । त्यस्तै सन्चार कर्मीहरुले अपेक्षा गरेको “फाईदा” -तापाईकै शव्द) चै के हुन सक्दछ त - मेरो बिचारमा एउटा सन्चारकर्मीले अपेक्षा गरेको फाईदा भनेको नै उसले अति प्रतिकुल समयमा पनि आम जनसमुदायलाई सत्य तथ्य समाचार सम्प्रेषण गरेर सू सूचित गर्दा उसलाई प्रँप्त हुने सन्तुष्टि नै हो भन्ने लाग्दछ ।
यो कुरा सत्यहो तपाईले म जस्ता यस व्लगका लाखौ पाठकहरुलाई भिडियो, अडियो, फोटो, लेख तथा अन्य समाचार मूलक सामाग्रिहरुको माध्यमवाट सत्य तथ्य तथा ताजा समाचार सम्प्रेषण गरिनै रहनु भएको छ । तपाईको ब्लगको कमेन्ट सेक्सनमा आमुक प्रतिक्रियावादी तथा मण्डलेइतरका वाहेक अन्य सम्पर्ूण्ा यस ब्लगका प्रगतिवादी पाठकहरुले तपाई प्रति आभार व्यक्त गरेको तथा केहिले त यस ब्लगलाई आर्थिक तथा भौतिकसहयोग समेत गरेको भनेर तपाई आफैले उल्लेख गर्नुभएको पढ्दा मलाई त तपाईलाई आपmनो पेशागत सन्तुष्टि त मिलेकै होला भन्ने लाग्नु कुनै अचम्म मान्नु पर्ने कुरा भने होइन । तपाईले यो पेशामा समाबेश हुनु अघि नै नेपालको अहिलेको परिथ्ाितिमा तपाईले आपmन्ाो पेषागत क्रियाकलापहरु अगाडि वढाउदा सामना गर्नु पर्ने चुनौतिहरुको पनि अड्कल गरेकै हुनु पर्दछ भन्ने मलाई लाग्दछ ।
यदि मेरो सोचाई मानसिव नै भए तपाईलाई मैले एउटा प्रश्न गर्नै पर्ने भयो-
आजको यो घटनाले तपाईलाई किन हतोत्साहित पार्यो त ?
————————————–
मेरो भनाई
धन्यवाद प्रतिक्रियाको लागि। म किन हतोत्साही भएँ भने जब मेरो सानै भए पनि क्यामेरा खोसेर फुटाउने प्रयास गरियो, जब मलाई हातपात गरियो, त्यतिबेला मलाई बचाउन मलाई माया गर्ने यी हजारौं पाठक मेरोसामु मेरो रक्षाका लागि हुनुहुन्न थियो। उहाँहरुले मलाई नैतिक समर्थन गर्ने मात्र हो। भिडियो ब्लग गरेको देख्दा धेरैले मैले मूभी क्यामेरा नै प्रयोग गर्छु भनेर सोचेका होलान्। तर हैन, यो त एउटा सानो 3.1 मेगापिक्सेलको डिजिटल क्यामेरामात्र हो, जसलाई मैले निकै दुःखले किनेको थिएँ। अब त्यही नै बिगार्ने प्रयास भएपछि हतोत्साही त हुनुपर्यो नै। तपाईँ यस्तो कमेन्टमा समेत आफ्नो सही नाम लेख्न समेत हिच्किचाउनु हुन्छ। तर यहाँ हामी यस्ता खतराको प्रत्यक्ष सामना गरेर हिँड्नु पर्छ। इमेलमा आएका धम्की त छँदै थिए। भौतिक आक्रमणसमेत हुन थालेपछि हतोत्साही त हुनुपर्यो नै- मेरो संसार
Comment by resistnowresist@yahoo.co.uk — December 17, 2005 @ 12:21 am
OMFG!!
I am really worried… I hope things get better soon… We had a big snowfall last night and the ice caused my internet to fail… I am sorry I could not comment yesterday….
Love and Respct!
mukti
Comment by Mukti Sir — December 17, 2005 @ 1:35 am
उमेश जी
नमस्ते
आजको तपाईको समाचारले मर्माहात वनायो मलाई । शुभ चिन्तकको हैसियतले स्तभ्ध भएको छु । हुलमूलमा ज्यान जोगाउनु अनिकालमा विउ जोगाउनु भन्छन । वाकी तपाईको हातमा , एक हप्ता अगाडि अष्ट्रेलियाका एक टेलिभिजनका पत्रकारलाई त्यहाका उग्रवादीहरुले भक्कुमार पिटेर क्यामरा तोडेको प्रत्यक्ष प्रशारण सिएनएनले दिएको थियो । र जुलुश नारा हुदा कयौ पटक यस्ता घटनाहरु घट्छन । अझ इराक जस्तो देशमा त कयौ पत्रकारहरुलाई मारिएको पनि छ । हाम्रै देशमा हर्ेर्नुस न , पत्रकार ज्ञानेन्द्र खड्का र डेकेन्द्र राज जस्ता पत्रकारहरुलाई माओवादी जसले आज हामी लोकतान्त्रिक प्रकियामा र्फकछौ भनेर आफुलाई सुधारिएको छनक दिदै आएको छ उनैको हातवाट अति अमानवीय तवरवाट हत्या भएको सायद तपाईलाई पनि याद नै होला । अनि अहिलेका लोकतन्त्रका हिमायतिहरु जो आज प्रेश स्वतन्त्रता र लोकतन्त्रका चर्का कुरा गरिरहेका छन उनिहरु नै सत्तामा हुदा पत्रकार कृष्णसेन अमानवीय तवरवाट मारिएको होइन र - भन्न खोजेको के हो भने, यी सवै जालझेल सत्ता चढ्ने उपाय मात्र हो । तपाई जस्तै मैले रितिक रोशन काण्डमा गोदाइ खाएको थिए , र कावासाकी वजाजको मोटर साइकल रितिक रोशनका नाममा अर्पण गरिसकेको अनुभव साट्न चाहान्छु जति खेर मेट्रो एफ एममा काम गर्दथे । मेरो आशय के हो भने तपाई लाई निराश हैन हौशला जागोस भन्ने होस यो अतिशयोक्ति मात्र हो । छोरा चरेश खान्छ हरेश खादैन उमेश जी । तपाई प्रति घटेको यो दुखद घटनाले मर्माहात त अवस्य नै हुन्छ नै तापनि यसलाई शिक्षा लिएर आगामी दिनमा काम गर्नु होला । हाम्रो नैतिक र्समर्थन तपाई प्रति छ अगाडि वढ्नुस यी झिना मसिना कुरामा नलाग्नुस । सकिन्छ भने साथीहरु सग हात फैलाउनुस , सहयोगी साथीहरु सहयोगका लागि तयार अवस्य हुन सक्दछन । सफलताको शुभकामना छ ।
Comment by Krishna Prasad Regmi — December 17, 2005 @ 2:28 am
Moral support goes only so far. Please provide logistical support. Click on the PayPal button in the top right corner of the blog page. This appeal is to the Nepalis in the diaspora. Please email salokya(at)gmail.com if you are in parts of the world where PayPal is not an option. We need to help him purchase a new, better camera.
No other media outlet is doing what Umesh is doing. This has to be supported.
I am so glad to see the outpouring of support in this comments section.
Comment by Paramendra Bhagat — December 17, 2005 @ 3:32 am
Our support is with umesh and we’re ready to help.
Comment by Shuva Chintak — December 17, 2005 @ 4:43 am
Umesh Ji,
Don’t frustate. U have don outstanding job. Keep it up. Hope you will get better soon.
Ramesh
Comment by Ramesh — December 17, 2005 @ 5:58 am
Ya, Parmendra Bhagat is right…Nepali people who are aborad and earn dollars (though it is hard to how much you ppl save) should not only enjoy watching fantastic video blog but should also donate when things are going so bad. Imagine from now on you are deprived of watching breathtaking video blogs. Would not that be a something missing kinda experience? So, please donate to Umesh ji…it can be to any extent…from one dollar to what ever you like…one dollar from each of you who r abroad and enjoy this blog site would definitely make a diference…
Plese, again do not only pour in moral support to Umesh ji when he is so desprerate…have a heart to donate money (however petty amount that maybe) so that Umesh ji is able to purchase another camera just for you guys…remember its just for u guys…and it now becomes your responsibility to respond to Umesh ji…Have a generous heart guys…don’t be so stingy…instead of drinking a bottle of beer in a weekend please donate that money to Umesh ji and ya for that particular weekend u can enjoy the videoblog in this site…Let’s see who responds benevolently….
Comment by Arbiter — December 17, 2005 @ 6:03 am
Umeshjee
your words really touched me…..We should be daring enough to give our real names and addresses while blogging…..I am Rakesh Mishra, a nepali student of economics at Pennstate University In USA…….and I am from Mahottari district …..I can be reached at rkm163@psu.edu……I also request people here in US who really want to do something substantial for Umesh jee…..to be in touch…….Thanks a lot for encoraging me to be corageous…..and parmendrajee …may I get your number…..you are a old guy here……I am very new but very passionate for cause of democracy
Comment by Rakesh — December 17, 2005 @ 6:17 am
Umesh jee
how is ur healt, sarhai dhukh lagyo yaar, mandale haru le bit garyo bhanda!!!!!!!
mandale **** haru ab aaphain haraer janechhan umesh jee.
Comment by Nepal Ko chhora — December 17, 2005 @ 8:13 am
उमेश जी नमस्ते
आजको तपाईको समाचारले मर्माहात वनायो मलाई । शुभ चिन्तकको हैसियतले स्तभ्ध भएको छु । AASA CAH SABI NEPALIHARU BAA TAPAIKO HOUSALA KO LAGI SATHMA SHATYA THATHAYA NEWS RA KAAM KO LAGI SAHAAYOOUG AANURODH GARDAACHAUUU
Comment by Nilan — December 17, 2005 @ 2:14 pm
tapain mathiko akraman ko ghor bhatsarna garchhu ma umesh jee
Ani tapainko sahas ko kadar garchhu .Tetro mandale haruko samuha ma kam se kam pugna ta saknu bhayo .
Comment by deelip — December 17, 2005 @ 4:03 pm
Dear Umesh,
Goiong through your blog and can not deny it is becoming one of the most trusted news info media for nepalese diaspora.
Presumed, these incident will happened one day seeing your daring work and publishing on the net. No word is worth explaning your dedication to your profession.I have been encouraging you to make some kind of payment system for regual visitor or reader which I believe Mr Parmendra Bhagat and samudays.org also advised and gues they are helping lot to you.
And more over, you can not do these job freely everyday. You need some money to run your life and I believe you are spending most of the time for this blog. Make some trusted customer who can start paying for your news and info.
Parmendra and Samuday.org and other regular reader.
1. Can we all buy camcorder for Umesh so that he can provide more quality video and he can take scene from distant without being attacked.
I saw Mr bhagat and samuday.org has already pledged $200 to this blog. We can little more help and buy one camcorder which does not cost more than $200 ( mini dv camcorder) and send it to him.
Uesh, take care of your health first. we can understand the situation and trauma you are undergoing .But dont leave blogging.This blog has given you more exposure and contact just in 1 year which you could not achieve in last 10 yrs of your career.
Comment by New Yorker — December 17, 2005 @ 11:18 pm
You are doing a great JOB Umeshji, you will receive my share very soon.
Comment by Lal Mohar — December 17, 2005 @ 11:19 pm
उमेशजी, सुन्दा सारै नराम्रो लाग्यो। के तपाइले पर्हरीमा जाहेरि गर्नु भयो? हुन त सरकार द्वारा सन्चालित गुन् हरु लाई के कार्बाहि हुन्थ्यो र, तर पनि साथमा पत्रकार, मानब आधिकारबादि भए भने छ्यति पूर्ति र केहि सजाय हुन्थो कि पछि पर्जातन्त्र आए पछि ? यो मुद्धालाई त्यसै मर्न दिनु भएन। ति गुन् हरु जेल मा गएर बिकाश गुरुको “बिच्” भएपछि सप्रिन्थे कि? हुन त पारसकै बिच् हुन् ति, जेल बाहेक तिनको लागि कुनै ऊपाया छैन
Comment by शुभ चिन्तक — December 17, 2005 @ 11:22 pm
Umesh ji,
Great job. Congratulations for you courage and effort.
You will certainly pass through frustrations and it really
needs people’s praise, support and inspirations to make
you moving. We can provide you moral support and some good
supporters might even want to provide monetary support.
I tried to offer $5. to your blogsite through PayPal,
but I could not make it complete. It says that your name
/account is not verified. What should I do to make
this payment successful. Why not you try to have a
domestic Visa/Master card issued by Himalayan Bank or
others in nepal. So that we can directly transfer to
your Visa/Master Card. Try to find a way. I am sure
there will be many people will donate to your genuine
effort.
Yes, the current killing spree by RNA shows the general
mentality in RNA personnel. It is not new in RNA. In 1988,
I remember when I was in Nepal, a few local kids just
touched a RNA officer’s car, and the officer went out
of car and chased the kids taking out his pistol and
“Mardinchu sale harulai”. I had seen it myself. That
was clearly a hint to me what could happen if you
confront with RNA officers. They think that they are
local king, while national king lives in RajDurbar.
When I was in Roorkee University, I know people around
the army camp used to more secured because of Army
camp, but in our country, its opposite. In Nepal, when
Army camp is around your home, you are the most insecured
person in the whole world. Your female relatives might
be raped by these uncivilised Royal Army. That is why
around RNA camps, your land cost is very low. It shows
the people’s faith on RNA for long time. In Naya Baneswor
too, I had seen this kind of trend until the army camp
was switched to Birendra Int’l Convention center. In Pokhara
we know the situation was much worst when Army camp was
around Rani Pouwa. Locals call the RNA men as BOKA because their moral is so low and comparable to NAMUREKO BOKA.
SO, this is right time to bring these royal army under
the control of Civilian government, not under KG or
in worst case under Paras. Imagine if it is under Paras.
God Bless Nepal. We all should work together and avoid
another disaster. I recommend all friends to help Umesh ji
and like persons to make the effort successful.
Wohy
GP
Comment by GyaNe P — December 18, 2005 @ 12:52 am
Parmendra can u please coordinate something easy so that we can collect donations and send it to Umesh ji…Let’s wake up guys…lets help Umesh ji….
Comment by Arbiter — December 18, 2005 @ 1:13 am
हिजोसम्म मलाई लागेको थियो,
सामाजिक अन्यायको विरुद केन्द्रित तिम्रा कलमहरु,
सचेतना फैलाउने तिम्रा सिर्जनशील हातहरु,
लोकतन्त्र र शान्तिका लागि
तिमीले हामी समक्ष गरेका वाचाहरु,
साँचो हो ।
निश्चय नै मलाई गर्वको अनुभूति भएको थियो
त्यतिखेर जतिवेला,
तिम्रा सुकर्महरुको अनुभूति गर्न पाएका थियौ हामीले
तिम्रो (मेरो) संसारबाट ।
अंक्षाश र देशान्तरको फरक भएर के भयो र
हाम्रा भावनाहरु तिम्रो (मेरो) संसारमा पाएका थियौ हामीले ।
मलाई थाह थियो,
तिम्रो गन्तव्य त्यति नजिक छैन,
तिम्रो प्राप्ति त्यति सहज छैन,
पृथ्वीको अर्को कुनामा बसेका यो तिम्रो
सहयात्री भन या शुभचिन्तक आज,
दुःखी छ यो तिम्रो वाक्यले
आखिर मैले के पाएँ
कति स्वार्थी रहेछौ तिमी
एउटा यक्ष प्रश्न तिमीलाई
यो सब तिमीले के पाउन को लागि गरेका हौ -
अब व्लग गर्दिन भनेर आफैलाई भन्न खोजेको हौ कि
हामीलाई -
यदि तिमीले घुर्की लगाउन खोजको भने कसलाई
फेरी एक पल्ट आफैलाई सोध यो यक्ष प्रश्न
आफुले आफुलाई
इतिहासको यो घडिमा हामी सबैले
आफुलाई धुनै पर्दछ र कित्ताकाट हुनै पर्दछ ।
उमेश जी, मैले तपाईलाई लोकतन्त्र र शान्तिकोलाई प्रतिबद्ध एउटा सचेत पत्रकार संझेको थिए तर यो तपाईको यो प्रश्नले -आखिर मैले के पाएँ -) स्तब्ध भएको छु त्यसो त तपाई लाई हमला भएको भन्ने कुराले भन्दा पनि यसले दुखि तुल्याएको छ व्यक्तिगत रुपमा मलाई ।
आफुले हिजो लेखेका ति अक्षरहरु संझनुस आन्दोलनमा मान्छेको कमी भयो भनेर आफैले लेखेको शब्दहरु, जब तपाई जस्तो प्रतिबद्ध भनेर देखाउन खोज्ने मान्छे एउटा दुइ मुक्का खाँदा यस्तो लाचारी व्यक्त गर्छ । लुते कुरा गर्छ भने तपाईलाई आन्दोलनमा मान्छे आएनन्, नेताहरुले कडा भाषण गरेनन् भनेर आरोपित गर्ने नैतिक अधिकार रहन्छ कि रहदैन - आज देश आन्दोलनमय भएको छ । यूवा विद्यार्थी, वकिल, पत्रकार, किसान, मजदुर सवैले आ आपनै ठाँउबाट आन्दोलीत भइ रहेका छन् । यो लोकतन्त्रको र शान्तिको अभियानमा सबैले आफनो ठाँउबाट सहयोग र सहभागीता जनाइ रहेका छन् । मलाई लाग्छ तपाईले ब्लग मार्फ त्यो भुमिका निभाइ रहनु भएको छ । आन्दोलनले व्यक्तिलाई स्थापित र विस्तापित गर्छ विश्व इतिहासले प्रमाणित गरेको कुरा हो यो । अस्तिताका तपाईले दाबी गरेका एक लाख पाठका संख्या पुगेको कुरा होस या संचारमाध्यममा तपाईका अन्तवार्ता आएको खबर वा दैनिक रुपमा तपाईले पाउनु भएको यस्ता गाली र तालीले भरीएका पत्रहरु सबैले तपाई स्थापित हुदै गएको कुरा इंकित गर्छन् । त्यसको लागि तपाईले लोकतन्त्र र शान्तिको लागि देखाएको प्रतिवद्धता र लगाव नै जिम्मेबार छ जस्तो लाग्छ । अनि त्यसको प्राप्तिका लागि भए गरेका आन्दोलनहरुको खबर जुन हामी जस्ता विदेशमा निरिह पाठक चाहेका छन् त्यो तपाई मार्फ संप्रेषण भइरहेकोले नै हो । मलाई लाग्छ आज तपाईको -मेरो) संसार लोकप्रिय हुनमो पाठकहरु जसले नेपालमा पर्ुण्ा प्रजातन्त्र र शान्ति चाहेका छन् उनीहरुले चाहेका खबर तपाईको सिर्जना मार्फ प्रसारित हुनु नै प्रमुख कारण हो । तपाई जुनदिन देखि लोकतन्त्र र शान्तिको विरुद्धमा लाग्नु हुनेछ तपाईको घृणाको पात्र हुनु हुनेछ ।
तपाईले मैले के पाए भन्नु भएको छ तपाईले के पाउनको लाथि यो सब गरिरहनु भएको छ - लहडको लागि वा सनकको भरमा यसो गनर्ुृ भएको हो भने बन्द गर्नु भएमा पनि मेरो केहि आपत्ति छैन किनकी ढिलो चाँडो तपाईको ठाँउ अरु कसैले लिने नै छ । आन्दोलन यस्तै हो यसमा मान्छेको कमी कहिलै हुदैन रहेछ । कायरहरु भाग्छन जसले जित्छ उसैले राज गर्छ । इतिहास उसैको दास बन्छ । त्याग र बलिदान अनि प्राप्ति उपलब्धिहरुको समिक्षा भोलिका दिनमा गरिने छ जतिबेला नेपाली जनताले चाहेको शासन व्यवस्था देशमा स्थापित हुनेछ ।
आउनुहोस् एकपल्ट फेरी लोकतन्त्र र शान्तिको लागि एकाकार हौऔं । हातेमालो गर्र्रौ
उत्तम बाबु श्रेष्ठ, अमेरीका ।
Comment by Uttam — December 18, 2005 @ 2:47 am
पिटाइ खाएका उमेसलाई २-४ शब्द सान्त्वनाका कोर्नुको बदलामा जति पुराण उत्तम जीले छाँटनु भो, त्यो कतै उमेसलाई danger zone मा धकेलेर आफू सुखसुविधासम्पन्न ठाउँमा बसेर कम्प्युटर खोलेर सबै विवरण हेर्न चाहने स्वार्थी भावना र मनसाय देखिएन र भन्या !
Comment by Narayan — December 18, 2005 @ 3:18 am
I am really sorry about that sad incident. Agi ali kati tyasto bho bhandai ma nadaraunu bhanna man lagya thiyo tara.. eek chin shochda tyo eekdamai selfish kura raicha jasto lagyo.. khas ma pani ho.. yo blog bata hajur le niswartha sewa gardai huhuncha.. tara… ke garnu Nepal ma… na manche ko mehinat ko kadar huncha nata jyan kai.. kehi garera dhau ma lagera hajur lai kehi bhanko bhaye ke garne??
Malai ke bhanne bhanne ta thaha chaina tara… chinta lagi ra cha…
Lots of love,
mukti
Comment by mukti — December 18, 2005 @ 3:26 am
Dear narayan Jee, I have really no any intention to push Umesh in Danger Zone. I just want to say we should be clear and potent in our principal and morality and atlest be aware what we are doing. So far I am student doing my research here in USA with alcrity in Nepalese politics. I have no any undo interest and have to do so. For the well being of society, everyone has their own contribution. Being as a student of science, I might have different role. Nevertheless I can give moral support for the process of restoration of peace and democracy at present from my side.
I want to see proporous nepal.
Comment by Uttam — December 18, 2005 @ 4:00 am
पिटाइ खाएका उमेसलाई २-४ शब्द सान्त्वनाका कोर्नुको बदलामा जति पुराण उत्तम जीले छाँटनु भो, त्यो कतै उमेसलाई danger zone मा धकेलेर आफू सुखसुविधासम्पन्न ठाउँमा बसेर कम्प्युटर खोलेर सबै विवरण हेर्न चाहने स्वार्थी भावना र मनसाय देखिएन र भन्या !
Comment by prakas — December 18, 2005 @ 8:26 am
I am desperately lloking for somebody to coordinate the efforts to buy a comcorder for Umeshjee……Bhagatjje can do it…..pls lets us contact….rkm163.psu.edupsu
Comment by Rakesh — December 18, 2005 @ 11:03 am
Umesh ji,
I tried to contribute something through PayPal, but there is some error either in PayPal or in your account. It says “You must be logged in to access this page” whenever I press the Pay button. Hope it will be sorted out soon.
जहाँसम्म उत्तमजीको प्रतिक्रिया छ, त्यो अलि कडा भयो जस्तो लाग्यो मलाई। सबै मान्छेलाइ आफ्नो ज्यान र सामानको माया हुन्छ, उमेशजीले खतरा मोलेर जति भिडियो ब्लग र समाचारहरू हामीलाइ उपलब्ध गराइरहनुभएको थियो जुन अति प्रशंसनीय काम थियो। उहाँले अबदेखि भिडियो ब्लग नगर्ने भन्नु भएको चाहिं उक्त दिनको पीडा र मर्म मिश्रित क्षणिक भावावेश मात्र हो जस्तो मलाइ लाग्छ। यदि हामी जस्ता पाठकले धेरै नैतिक तथा थोरै भएपनि आर्थिक समर्थन दियौं भने उहाँ आफ्नो क्यामेरा र कीबोर्ड लिएर फेरी निर्भयकासाथ जुर्मुराउनु हुनेछ भन्ने मलाई ठूलो विश्वास छ।
उमेशजी, उठ्नुहोस् फेरी, हामी सबै तपाइकै साथमा छौं!!!
जाग जाग अब जाग न जाग
लाग उन्नति विसे अब लाग
घोर नींद अब त परित्याग
जाग जाग अब जाग न जाग। (धरणीधर कोइराला)
Comment by WM — December 18, 2005 @ 11:28 am
Very sorry to know about the attack on you. Wish you expeditious recovery. Sorry also for no communication among us.
Comment by Maheswor Shrestha — December 18, 2005 @ 10:45 pm
dear umeshji
go on, kahile kahi ta yasto bhaihalchha ni tapailai thaha chhadai chha ahile ko situation.
Comment by kohi — December 19, 2005 @ 3:00 pm
Umesh jee,
Sad to know the incidents…but HATS OFF TO YOU for all your efforts. Your ardent fans like me, always wish to get informed from you, always and always.
Hope to read and see new things from YOU.
Saurab
Comment by Saurab — December 27, 2005 @ 6:19 pm