December 18, 2005

भिडियो ब्लगः सात दलको सभा

२०६२ पुस ३ आइतबार
हिजोको चुटाइले होला, जिउ निकै दुखेको छ। त्यसैले शनिबार दिनभर सुतेर बसेँ। टाउकोमा दुखेको भने केही कम भएको छ। अहिले छुँदामात्र दुख्छ। पूरा जिउ र खुट्टा पनि दुखिरहेको छ। खुट्टामा पनि उनीहरुले हानेको अहिले आएर सम्झिरहेको छु। हिजो राति सुत्नै सकिनँ- त्यही चारैतिरबाट घेरिएर कुटिएको र आफू निरीह बनेकोमात्र आँखामा आइरह्यो। बिगारिएको क्यामेरा देख्दा पनि मन चसक्क हुने गर्छ। मेरो दुःखमा साथ दिनुभएकोमा र नैतिक र आर्थिक सहयोग गर्ने, गर्ने प्रतिवध्दता जनाउने सबैलाई धन्यवाद छ। केहीले भने तैँले चुटाइ-सुटाइ केही खाएको हैन, पैसा कमाउन नाटक गरेको हो भनेर समेत लेखे। त्यस्तो लेख्नेहरुमा विद्वान भनाउँदा पाठकहरुसमेत थिए। मानवीय संवेदनाको समेत ख्याल राख्न नसक्ने उनीहरुलाई म धन्यवाद बाहेक अरु के भनौं होला ! अहिले म यहाँ सात दलको आमसभाका दुई वटा भिडियो ब्लग प्रस्तुत गर्दैछु। हुन त यी भिडियो ब्लग यसअघि नै गर्नु पर्ने हो। तर समय र परिस्थिति नै त्यस्तै पर्‍यो। भिडियो हेर्न भित्र आउनुहोला।

भिडियो १ : यो पहिलो भिडियोमा माइतीघरबाट निस्कन लागेको जुलुसको नेतृत्व गर्ने तयारी गरिरहेका काँग्रेसी नेताहरु, जुलुस निस्कनुअघि लगाइएका सामान्य र चर्का नाराहरु आदि देख्न सकिन्छ।

टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ र यी भिडियोहरु हेर्दा अडकिने गर्छ भने प्ले गरिसकेपछि बायाँ छेउमा रहेको बटनमा क्लिक गरी पज गर्नुस्। केही क्षण यो पेजलाई त्यत्तिकै छाड्नुस्। त्यतिञ्जेलमा भिडियो डाउनलोड भइसकेको हुन्छ र त्यसपछि फेरि त्यही बटनमा क्लिक गरी प्ले गर्नुस्।


दोस्रो भिडियोः यसमा भने तीनकुनेबाट निस्किएको जुलुसको नेतृत्व गर्ने संयुक्त वाममोर्चा, नेमकिपा र काँग्रेस प्रजातान्त्रिक आदि पार्टीको जुलुस, नयाँ बानेश्वर चोक भरिने विशाल जनसमूह, संयुक्त वाममोर्चाका कृष्णलाल र सदभावना पार्टीका भरतविमल यादवका भाषणका छोटो अंश हेर्नसक्नुहुन्छ।


3 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/12/18/video-blog-7-party-1/trackback/

  1. Umesh jee, tapai lai tayso bhanne foolish hun , they are stupid yaar. Who told and comment about you that you are doing this for money bhaner? why stupid are they!!
    Anyway, your blog and your news style is highly appreciable.
    Kepp it up, and wish about your good health soon.

    Comment by Nepal Ko chhora — December 18, 2005 @ 9:22 am

  2. get well soon umesh, tapaimathi bhayeko snghatik hamala ko ghor bhrastna gardachu.

    Comment by bharat — December 18, 2005 @ 11:55 am

  3. ke rajniti ko matra video blog gari raheko ? yi hernus yehaan hknepal.com ko naya buddha ko video clip….yesto po garnu parchha…khali rajniti garya chha….

    http://www.hknepal.com/blog/?p=27


    Comment by Kiran Gurung — December 18, 2005 @ 9:18 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.