भिडियो ब्लगः “हामीले माअोवादीलाई के भन्ने ?”
२०६२ पुस ४, सोमबार
“दलहरु कार्यक्रम लिएर मेचीदेखि महाकालीसम्म घुम्ने, हामीले भने शान्तिपूर्ण सभा पनि गर्न नपाउने, हामीले चाहिँ के गर्ने त ? युध्दविराम मात्रै लम्ब्याइराख्ने ? भनेर माअोवादीहरुले हामीलाई सोध्छन्। हामीले उनीहरुलाई के जवाफ दिने ? ”
नागरिक समाजले आज आयोजना गरेको उपवासको कार्यक्रममा ऐक्यवध्दता जनाउन माइतिघर मण्डलामा पुगेका एमाले महासचिव माधवकुमार नेपालले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डे लगायतकालाई गरेको प्रश्न हो यो। ऐक्यवध्दताका लागि त्यहाँ पुगेका नेपाल र नागरिक आन्दोलनका पाण्डे, कृष्ण पहाडीहरुबीच त्यहाँको चौरमा अनौपचारिक भलाकुसारी भएको थियो। त्यही अनौपचारिक कुराकानीको अनौपचारिक रुपमा खिचिएको भिडियो ब्लग हेर्नका लागि भित्र आउनुहोला।
भिडियो हेर्नका लागि बीचमा रहेको प्ले बटनमा क्लिक गर्नुस्।
टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने सबैभन्दा पहिला बायाँ छेउमा रहेको Pause बटन थिच्नुहोला र केही बेर त्यत्तिकै छाड्नु होला। दुई तीन मिनेटपछि पुनः सोही बटन थिचेर हेर्नुभएमा भिडियो नअडकेर सीधा प्ले हुन्छ।
दुई दिन घरमा नै आराम गरेपछि आज पहिलो पटक बाहिर निस्केको थिएँ- ब्लगर साथी केपीले एक नेताको इन्टरभ्यु लिनका लागि समय मिलाएको रहेछ। दुई दिन घरमा बसेकोले होला- रिङटा लागेको जस्तो भइरहेको थियो। तर आज इन्टरभ्यु भएन।
त्यसपछि एकछिन घरमा आएर खाना खाएपछि केपीसितै माइतिघरको मण्डलामा गएँ। त्यहाँ नागरिक समाजको उपवास कार्यक्रम थियो। उपवास कार्यक्रममा उपस्थिति भने दयनीय थियो। सीमित मानिसहरु घाम ताप्दै गफ गरिरहेका थिए।
हामी त्यहाँ हुँदा नै नेकपा एमालेका महासचिव माधवकुमार नेपाल आफ्ना सहकर्मी झलनाथ खनालसित पजेरोमा सवार भई त्यहाँ आइपुगे। त्यहाँ एकछिन अनौपचारिक कुराकानी भयो। भिडियो ब्लगका लागि काम लाग्छ भनी खिच्न थालेँ। क्यामेरा बिग्रिएकोले निकै दुःख दियो। त्यो घटना नसम्झुँ भन्दा पनि सम्झिने बनाउँछ यसले। हातले ब्याट्री राख्ने ठाउँ कस्सिएर समातेर थिचेपछि बल्ल खिच्न मिल्छ। त्यसमाथि खिच्दाखिच्दै हात अलिकति खुकुलो भयो भने खिचिसकेका सबै भिडियो उडने ! बल्लतल्ल केही भिडियोहरु खिचेँ। कहिले भने हात छाडेर खिच्दा पनि केही हुँदैन, मजाले खिचिन्छ।
त्यसपछि त्यहाँबाट हामी तीन जना सर्वोच्च अदालततर्फ लाग्यौं। त्यहाँ अखिल क्रान्तिकारीका हिमाल शर्माको मुद्दा रहेछ। सर्वोच्चको इजलासमा प्रवेश गरेको पहिलो अवसर त्यही थियो मेरो लागि। फिल्ममा, त्यो पनि हिन्दी फिल्ममा मात्र देखेको थिएँ मैल अदालतको इजलास। हाम्रो वास्तविक इजलास भने सानो हुने रहेछ। हिन्दी फिल्ममा अन्धा कानुनको मूर्ति हुन्थ्यो, यहाँ भने दिवंगत राजारानी र वर्तमान राजारानीका तस्वीर भित्तामा टाँगिएका हुनेरहेछन्। मान्छेहरु त टन्नै रहेछन्। बस्ने ठाउँ पनि रहेनछ। ढोकामा नै उभिएर केही बेर हेर्यौं।
च्यानल नेपालमा बाँकी पारिश्रमिक लिन जानुपर्ने भएकोले म त्यहाँबाट हिँडेँ। (अवकाश दिइएको दुई महिना नाघिसक्दा पनि अझै मैले बाँकी पारिश्रमिक पाएको छैन) तर त्यहाँ जानु पनि बेकार नै भयो। रित्तो हात नै फर्कनु पर्यो। बरु सर्वोच्च परिसरमा नै बसेको भए काम हुने रहेछ।
साढे पाँच-छ बजेतिर अदालतले हिमाल शर्मालाई रिहा गर्न आदेश दिएछ। उनी ट्याक्सीमा बसेर जान आँटेका थिए। तर बीचैमा सादा पोशाकका प्रहरीले उनलाई रोकेछन्। त्यसपछि उनलाई पक्राउ गर्न खोज्ने र छुटाउन खोज्ने मानवअधिकारकर्मीहरुबीच ठूलै तानातानी भएछ। अन्त्यमा उनलाई गिरफ्तार गरी प्रहरीले भ्यानमा हाली लगिहालेछन् र कानुनी शासनको उपहास राज्यले फेरि एकपटक गरी छाडेछ। सरकारले सर्वोच्चलाई पनि टेर्दैन भने अब अरु के नै गर्न सकिन्छ र। भयो भने त्यो तानातानको दृश्य पनि म टेलिभिजनबाट खिचेर म यहाँ राख्ने प्रयास गर्नेछु।
भिडियो २
भिडियो ३
यो भिडियोमा चाहिँ आज नगरकोट कान्डको विरोधमा विद्यार्थीहरुले चक्काजाम गर्दा विद्यार्थी र प्रहरीबीच भएको भिडन्तका दृश्यहरु छन्।


umesh ji ,
u r highly bitten …. u konw why ?…any reason ,, no. so donot expect any rules and regulation from this autocracy ruler of killer government . it is not a news thing . in this government all are terriost including the chairmen and other member of council of the minister .
Comment by ssbb — December 19, 2005 @ 9:19 pm
Umesh Ji,
To send an invitation letter, I have needed your email address.
may i get it in deepsameer@gmail.com?
sameer
Comment by sameer — December 20, 2005 @ 10:48 am
Umesh Je!
Thanks your effort for “Small Live BARTA”. Ho! Yasari Ni Aru Party, Mawoobadi & Sarkar Ko Barta Hudaa Yaasari NI “LIVE BARTA” Garauna Paya! JANTAYALA Prastaa Bujchan. Desh ko Jeema Kaslie Dideeda Safal Huncha Ra KO DOSHI cha Vanakura Sabima Charlang HuneayThiyooo!
Let’s think for future!
Comment by Nilan — December 20, 2005 @ 11:45 am
kehi din aghi tapainko blog ma himani rajyalakshmai ko bare kehi stuffs dekheko thiyen
font ko gadbadi le padhna payeena .Ahile herda ta katai pani dekhina
ke ho hataunu bhayo ki kya ho?
Comment by deelip — December 20, 2005 @ 2:21 pm
Thank you for concurrent and burning issues of Nepal
from UK
Comment by Gajendra — December 29, 2005 @ 8:40 pm