दुई तिरको “अतिवाद”
२०६२ पुस ५ मंगलबार
नेपालको राजनीति स्पष्टसित दुई धारमा बाँडिएको छ र आज संयोगवश मैले दुवै धारका अतिवादको प्रतिनिधित्व गर्ने कुरा प्रत्यक्ष अनुभव गरेँ। पहिलो थियो उपाध्यक्ष तुलसी गिरीका यी भनाई। अनि अर्को थियो इन्टरनेटमा भेटिएको यो गीत।
सबैभन्दा पहिले पहिलो धारको प्रतिनिधित्व गर्ने तुलसी गिरीको कुरा गरौं। उनी माअोवादीलाई दमन नै गरेर सिध्याउनु पर्ने र राजाले अझै कठोर कदम चालेर सक्रिय शासन गर्नुपर्ने विचार राख्छन्। आज सूचना विभागमा आयोजित पत्रकार सम्मलेनमा उनले व्यक्त गरेको विचार राजावादीतर्फको अतिवादी खेमाको प्रतिनिधित्व गर्ने विचार हो। (more…)

