दुई तिरको “अतिवाद”
२०६२ पुस ५ मंगलबार
नेपालको राजनीति स्पष्टसित दुई धारमा बाँडिएको छ र आज संयोगवश मैले दुवै धारका अतिवादको प्रतिनिधित्व गर्ने कुरा प्रत्यक्ष अनुभव गरेँ। पहिलो थियो उपाध्यक्ष तुलसी गिरीका यी भनाई। अनि अर्को थियो इन्टरनेटमा भेटिएको यो गीत।
सबैभन्दा पहिले पहिलो धारको प्रतिनिधित्व गर्ने तुलसी गिरीको कुरा गरौं। उनी माअोवादीलाई दमन नै गरेर सिध्याउनु पर्ने र राजाले अझै कठोर कदम चालेर सक्रिय शासन गर्नुपर्ने विचार राख्छन्। आज सूचना विभागमा आयोजित पत्रकार सम्मलेनमा उनले व्यक्त गरेको विचार राजावादीतर्फको अतिवादी खेमाको प्रतिनिधित्व गर्ने विचार हो।
जुन १२ बूँदे सम्झौतामा धेरैले आशाका किरण देखेका थिए (भलै त्यसमा निकै अस्पष्टता छन्) उनले सीधै भने- यो सम्झौता सरकारलाई मान्य हुँदैन। यो विषयलाई लिएर सरकारले केही सोच्दैन। यसलाई आधार मानेर कुनै मेलमिलापको कुरा हुन सक्दैन। उनले गिरिजा र माधव नेपालले १० २० हजार मान्छे बटुलेर एक लाख भेला पारेको भनेर हल्ला गरेको भनी फेरि जिस्क्याएका छन्।
गणतन्त्रको कुरा गर्नेहरुलाई उनले दीवास्वप्न देखेको त भनेका छन् नै त्यसो गर्नेहरुले संवैधानिक अपराध गरिरहेको पनि बताएका छन्। त्यसो त वर्षौं विदेशमा रहेर अकस्मात् रातारात नेपाल पसी असंवैधानिक रुपमा संविधानको कुनै धारामा व्यवस्था नरहेको मन्त्रिपरिषद्को उपाध्यक्ष पदमा बसिरहेका मान्छेले कसैलाई संविधानको बारेमा पाठ पढाउनु नै हास्यास्पद हुन्छ। यो देशमा अझै संविधान छ र ? मलाई त शंकै लाग्छ। संविधानको त त्यही धारा १२७ मात्र बाँकी छ। कुन चाहिँ दन्त्यकथामा वरदान पाएका व्यक्तिले जे छोए पनि सुन भए झैं त्यो धाराले छोएपछि जे पनि संवैधानिक हुने भ्रम उनीहरुले पालिरहेका छन्।
उपाध्यक्ष भएपछि दोस्रो पटक आयोजना गरेको पत्रकार सम्मलेनमा उनले जनतालाई मतदान गर्न रोक्ने लक्ष्मण रेखा पार गरेमा सरकारले कठोर कदम चाल्ने चेतावनी पनि दिएका छन्। तर दलहरुले भने सरकारले जे सुकै भने पनि आफूहरुको आन्दोलन जारी रहने बताएका छन्। भनेपछि निर्वाचनका बेला ठूलै उथलपुथल हुने निश्चित छ। सात बूँदे सहमतिलाई सरकारले थोरै विचार गर्न पनि अस्वीकार गरेपछि र उनकै भाषामा माअोवादीसित वार्ताका लागि पनि कुनै तयारी भएको सोच्नु हाइट अफ इमायजिनेसन भएको अवस्थामा निर्वाचन त सरकारले गराउने नै भयो। निर्वाचन त राजाको प्रतिष्ठासित पनि गाँसिएको कुरा हो। यही निर्वाचन गराउन सकेनन् भनेर नै राजाले दुई पटक देउवालाई असक्षम भन्दै बर्खास्त गरेका थिए। अब आफूले घोषणा गरेको चुनाव आफैले गराउन नसके राजा आफै पनि असक्षम साबित हुने कुरा राजाले पनि नबुझेका हैनन्। अब यो आफूहरुले बहिस्कार गरिसकेको निर्वाचनलाई जनस्तरबाटै बहिस्कार गर्न दलहरुले के कदम चाल्ने हुन्, त्यो पनि चासोको विषय बन्न पुगेको छ।
अब अर्को अतिवादको कुरा गरौं। त्यो गीत मलाई इन्टरनेटमा भेटिएका एक साथीले सुनाएका थिए। छक्कै परेँ यो सुनेर। यसका शब्दहरुमा राजा र राजतन्त्रविरुध्द घृणामात्र हैन, आपराधिक किसिमको घृणा अभिव्यक्त गरिएको छ। तपाईँले जुन गीत माथि सुन्नुभयो, त्यसमा भने ती शब्दहरु काटिएका छन्।
सक्रिय शासनमा उत्रिएपछि राजतन्त्र कति हदसम्म सस्तो विषय बन्न पुगेको छ भन्ने प्रमाण पनि हो यो गीत। अरु देशमा राजतन्त्रले मानिसको ह्रदयमा शासन गर्छ। राजतन्त्र निकै सम्मानित संस्था हुन्छ र यसलाई हत्तपत्त विवादमा ल्याइँदैन। तर सक्रिय शासन गर्ने राजाको महत्त्वाकांक्षाले राजतन्त्रलाई निकै सस्तो विषयमा परिणत गराएको छ। आज सडकमा लाग्ने नाराहरुले पनि यसलाई प्रष्ट पार्ने गरेको छ। र, यस्तो प्रवृत्ति तुलसी गिरीहरुले जस्तो कराएर वा अझ कठोर कदम चालेर परिवर्तन हुने हैन, यसका लागि त व्यवहारमा नै परिवर्तन हुनुपर्छ।
जहाँसम्म गीतको प्रश्न छ, त्यो पनि एउटा अतिवाद नै हो। कसैलाई काटेर वा सिध्याएर समस्या समाधान हुन्छ भनेर सोच्नु मूर्खता बाहेक केही हैन। जसले यसलाई बनायो, त्यसले हिंसालाई बढावा दिने काम गरेको छ, ठट्टामा पनि त्यसो गर्नु अपराध हो।


K Nepali Army jastai Gyanendra ko mantri parisad ka Upadhekchhe Dr.Giri pani bahulayakahun? yasto Avhibekti le Aba Desh purai uddha ko tayari ko sanket dekhinchha.
Comment by Arjun — December 20, 2005 @ 11:12 pm
प्रतिनिधि सभाको त कुरै छाडौं वडा सदस्यको चुनावमा उठेमा पनि जमानत जफत हुने, भाग्यमानी उपाध्यक्ष तुलसी गिरीले चुनावको कुरा गर्नु आफैमा हास्यापद त छदैछ साथै प्रजातन्त्र र शान्तिको लागि उर्लेको जनसागरलाई कम देख्नु उहाँको दृष्टी भ्रम या चश्माको कमजोरी
Comment by uttam — December 20, 2005 @ 11:29 pm
I am in total love with this song!! Nepal rappers to go! Where did you get this song! kudos to you for putting it here and kudos to the artists!! you guys are awesome!!
Comment by Mukti Sir — December 21, 2005 @ 3:23 am
aarko kura… tyo kere… chunab bhaneko chai ke ho?? election ra chunab bhanya eeutai ho??
Comment by Mukti Sir — December 21, 2005 @ 3:31 am
Tulsi giri le desbhaktiko katha sunauda achamma lagya; jun jantu 20 yrs desh chhoder arkoko deshma bhatuwa bayar basyo jasle ahile samma chunab ladeko chhaina usle chunab ko koora garda. Yo gadha girilai use garne words nai chhain ke bhaner gali garne…… Nepli samaj ma yo jasto moral value navako arko kunai janunai chain ke bhaner yaslai gali garne? Yo rachan( trach can) ho, yeslai nachalaudai bes, tar yad gar giri people have decided to get their goal to reach in the dawn of ruplican country, talai tetibela saile mookhama **** khashalda ke mahashus garchhas!
Comment by Binod — December 21, 2005 @ 4:11 am
Tulsi Girilai chittha pareko hola ni? Raja pradhan mantri vayako bela mantri huna payara? Gatilo buddhi vaya ta kina mantri hunchiyo ra?
Lena
Comment by Lena — December 21, 2005 @ 6:19 am
Hello Umesh Ji,
Song is really cooool. Tara … Only half is there. Could you please post full song..
Suvachintak
Ramesh
Comment by Ramesh — December 21, 2005 @ 8:40 am
जो चोर उसैको ठ″लो चोर भन्ने नेपाली उखानलाई यि अर्को देशका महा-चोरले प्रस्ट्याएको छ ।
Comment by Nilan — December 21, 2005 @ 9:36 am
chakar tulsi giriharu ho !!!!!!! janatako adhikarlai kina bal jafti rokchhau?????? ra aafna samanti malikako ma bisairakchna har kosis garchhau????????. aba ta bela bhaisakyo. Hami jantalai das banauna timi jasta tapartuiya nokar le saksainau.
Comment by rajan — December 21, 2005 @ 11:45 am
You are doing nice job. could you please, provide the link where whole geet can be listen.
Comment by basu — December 21, 2005 @ 12:08 pm
song ramro chaa ajha pura sunna paye huntyo ati nai bhayer hola katnu pare haina? umeshji malai lag cha abb neta haru bhayeko bhanda nabhaye ko nai thik haina ra? some thing better to nothing
Comment by diya rana — December 21, 2005 @ 3:43 pm
umesh jee namaskar !
TULSI BHUDO KO NIRANKUSH PRABRITI KO ABA TIKNE DIN DERAI CHAINA KINA KI RAJA 6 TA TULSHI GIRI 6 TESAIE RAJA **** **** LAI TIKAUNU NAI USAKO ANTIM UDESHYA HO.TULSI GIRI LAI ABA BUDESH KAL MA KETA KETI PRABIRTI DEKHA PAREKO MATRAI HO U MANASHIK ROGI NAI BHAISAKEKO 6 KINA KI NEPALI JANATA LAI ULLU BANAYERA RAJA KO FALANO THOK ****BASNA BAHEK ABA USAKO KAM KEHI CHAINA.
DAKA TULSHI GIRI LAI ABA FERI DESH NIKALA GARNU PARCHHA HAI SATHI HO.
Comment by br27a — December 21, 2005 @ 5:14 pm
Tulishi Griri le ..prajatantra nabhayeko dekha bhaneko cha..
khoi nepal ma prajatantra ??..rihagareko bektilai feri pakrane tei ho prajatantra ..timro ra timro malik ko prajatantra ..hoina sachikai prajatantra dine ho bhane pahila parash sarkarlai jail ma hala ..uslai pani prabin gurng lai gadile kichera mareko abhiyog lagayeko cha.natra bhane ..timro thutuno chale jastai timro malik ko sainik le goli chalai raheko cha .aba timro thutuno pani aba aune hamro naya sena le thutuno banda garne sochai rakheka chaun..
jainepal/
Comment by susan — December 21, 2005 @ 7:54 pm
atti bho,aaru lai je sukai bhana malai baal chaina, tara its our religion.respect our religion.sala euta musalte lai kehai bhayo or bhanyo bhane sara musalte haru tesko support ma utrinchan, euta christian lai kehai bhanyo bhane sab christian haru ekjut hunchan tara kina hindu haru huna sakdainan bhanda hamilai hamro religion ko baal chaina.tyo sala hapsi haru ko dekhasiki garera ,cross bhayeko locket jhundyaire hami christian banna khoje ko ho ki modern banna tyo chain malai taha chaina. i love to be hindu and am proud i am.
Comment by alok — January 13, 2006 @ 3:16 pm
HI
Comment by krishna — November 21, 2006 @ 11:37 am