काँग्रेस किन हाँडिगाउँको जात्रा देखाउँदैछ ?
२०६२ पुस ६ बुधबार
राजाको निरंकुशताविरुध्द लडिरहेको नेपाली काँग्रेसको आफ्नै संगठनभित्र भने निरंकुशता हावी हुनु लज्जास्पद कुरा हो। यस्ता कुरालाई सुधार गर्नुको साटो झन् चर्काएर काँग्रेसले किन बेमौसमको जात्रा देखाइरहेको हो, बुझ्नै गार्हो छ बा। आन्दोलन चर्काउनु पर्नेमा आफैभित्रका विवाद चर्काएर कसलाई फाइदा होला ? सन्दर्भ नेविसंघको नेतृत्वको विवादको हो। पोखरामा महाधिवेशन भाँडिएको कुरा त जगजाहेरै छ। त्यसका दोषीलाई कारबाही गरी छिटो महाधिवेशन गर्नुको साटो आफ्ना आसेपासेलाई राखेर तदर्थ समिति बनाइयो। त्यसको विरोध गर्नेलाई अब कडा कारबाही गर्ने तयारी भइरहेको रहेछ। (more…)

