December 21, 2005

काँग्रेस किन हाँडिगाउँको जात्रा देखाउँदैछ ?

२०६२ पुस ६ बुधबार
राजाको निरंकुशताविरुध्द लडिरहेको नेपाली काँग्रेसको आफ्नै संगठनभित्र भने निरंकुशता हावी हुनु लज्जास्पद कुरा हो। यस्ता कुरालाई सुधार गर्नुको साटो झन् चर्काएर काँग्रेसले किन बेमौसमको जात्रा देखाइरहेको हो, बुझ्नै गार्‍हो छ बा। आन्दोलन चर्काउनु पर्नेमा आफैभित्रका विवाद चर्काएर कसलाई फाइदा होला ? सन्दर्भ नेविसंघको नेतृत्वको विवादको हो। पोखरामा महाधिवेशन भाँडिएको कुरा त जगजाहेरै छ। त्यसका दोषीलाई कारबाही गरी छिटो महाधिवेशन गर्नुको साटो आफ्ना आसेपासेलाई राखेर तदर्थ समिति बनाइयो। त्यसको विरोध गर्नेलाई अब कडा कारबाही गर्ने तयारी भइरहेको रहेछ।

हिजो रिपोर्टर्स क्लबमा गिरिजापुत्री सुजाताले बोलेको त झन्….उनी नेविसंघमा दरबारिया र अन्य तत्व घुसपैठ भएको भन्दै आजै राति उनीहरुलाई कारबाही हुनुपर्छ भन्दै कुर्लँदै थिइन्। भलै केन्द्रीय समितिको निर्वाचनमा निर्वाचित भएकी हुन्, तर मेरो नजरमा उनी राजनीतिक व्यक्तित्व नै हैनन्।

थप समाचारका लागि स्वतन्त्र समाचार सेवाको यो समाचार हेर्नुस्।

नेविसंघ विवाद झन् चर्किने
कृष्णप्रसाद ढुंगाना/स्वससे

काठमाडौ/ तदर्थ समिति गठनपछि चर्केको नेपाल विद्यार्थी संघको विवाद मिलाउनुको साटो संघको माउ पार्टी नेपाली कांग्रेसको संस्थापन पक्ष सहमति व्यक्त गर्नेहरुमाथि कडा कारवाही गर्ने योजनामा पुगेको छ ।

तदर्थ समिति गठनप्रति असहमति व्यक्त गर्दै सोमबार पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई कालोझण्डा देखाउने विद्यार्थीहरुलाई कारवाही गरिने चेतावनी पार्टी प्रवक्ता कृष्ण सिटौलाले दिएका छन ।

‘सभापतिलाई हतोत्साहित पार्न निवासमा अभद्र ब्यबहार प्रदर्शन गर्नमा बाहिरिया तत्वहरुको समेत घुसपैठ रहेको’ आशंकामा पार्टी त्यसमा संलग्न ब्यक्तिका बारेमा अनुसन्धान सुरु गरिरहेको जानकारी उनले दिए ।
संघको विवादको बहानामा पार्टीद्वारा सञ्चालित लोकतान्त्रिक आन्दोलन कमजोर बनाउने षड्यन्त्र शुरु भएको दावी उनले गरे ।

पोखरामा आयोजना गरिएको संघको केन्द्रीय महाधिवेशनमा विद्यार्थीबीच नै विवाद भएपछि पार्टी संस्था जोगाउन हस्तक्षेप गरेको र तदर्थ समिति गठन पनि बिद्यार्थीले बाध्यता सिर्जना गरेपछि भएको दावी सिटौलाको छ ।

जतिसुकै विरोध भए पनि तदर्थ समिति गठनको निर्णय पार्टी पुनर्विचार नगर्ने जानकारी उनले स्वतन्त्र समाचार सेवालाई दिए । मनोनयनको विवाद गर्नेहरु आगामी महाधिवेशन पनि भाड्ने दाउमा रहेको उनले आरोप लगाए । उनले पार्टी समन्वय विभागको सिफारिसमा तदर्थ समिति गठन गरिएको दावी गरे ।

विवादका कारण पोखरा महाधिवशेन भाँडिएपछि छानवीनका लागि पार्टी कोषाध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा समन्वय विभाग प्रमुख दिलेन्द्र वडु र केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना सम्मिलित समिति गठन भएको थियो ।

समितिले विवादको विषयमा अनुसन्धान गरी पार्टी प्रतिवेदन पेश गरिसकेको बताइए पनि हालसम्म प्रतिवेदन गोप्य नै राखिएको छ ।

‘त्यस्तो प्रतिवेदन र्सार्वजनिक गर्ने तथा छलफलमा ल्याउने परम्परा नै छैन’ प्रवक्ता सिटौलाले प्रतिवेदन र्सार्वजनिक नहुने उल्लेख गर्दै भने ।

यता पार्टी केन्द्रीय सदस्य नरहरी आचार्यले केन्द्रिय समितिको बैठकमा प्रतिवेदननै पेश नगरी पार्टी नेताहरुले ‘कोठे निर्णयको आधारमा संघको तर्दथ समिति गठन गरेकोमा आपत्ति जनाएका छन् । पोखरा महाधिवेशनको विवाद समाधान केन्द्रिय समितिको बैठकबाट गराउने भन्ने पार्टीको निर्णय उल्लंघन भएको दावी पनि उनले गरे ।

महाराजगंजस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै आचार्यले तदर्थ समिति प्रक्रिया असंवैधानिक दावी गर्दै केन्द्रिय समितिमा प्रतिवेदन पेश गरी नयाँ समिति गठन गर्न माग गरे ।

उता केन्द्रीय समितिको मनोनयनसँगै असन्तुष्ट बनेका विद्यार्थी नेताहरु भने भावी रणनीति तय गर्न कोठे बैठकमा व्यस्त छन् । संघका पूर्व महामन्त्रीद्वय गगनकुमार थापा र बासु कोइराला र्समर्थक गरी ६० प्रतिशत भन्दा बढी सदस्यले राजिनामा दिने तयारी गरेका छन् । थापा र्समथकहरुले मंगलबारनै पार्टीभापति समक्ष राजिनामा दिने तयारी गरेको भएपनि कोइराला पक्षधरलाई समेत समेट्न खोज्दा ढिलो भएको सूत्रले जनाएको छ ।

मनोनयनप्रति असन्तुष्ट ६२ जिल्लाका सभापतिहरुले राजिनामा दिने घोषणा गरिसकेका छन् भने उपत्यकाका २४ वटा इकाईहरुले पार्टी निर्णय पुनःविचार गर्न पार्टीभापति गिरिजाप्रसाद कोइरालालाई आग्रह गरिसकेका छन् ।

स्वतन्त्र समाचार सेवा निजी समाचार सेवा हो। तर नयाँ सञ्चार अध्यादेशले राससबाहेक अरु समाचार सेवालाई वैध मानेको छैन। त्यस्ता समाचार सेवाको सेवा पनि प्रयोग नगर्न चेतावनी दिइएका कारण ठूला दैनिकहरुले निःशुल्क रुपमा वितरित यसका बुलेटिनको प्रयोग गर्ने गर्दैनन्।

यो पनि हेर्नुस्
१ नेविसंघको महाधिवेशनमा घमासान

२ गगन थापाको हत्या गर्ने प्रयास

३ गिरिजाले त्यसो भनेका हैनन् रे

2 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/12/21/nebi-sangh/trackback/

  1. You know,

    Congress is not a democratic party, its a private company run by Mr. Girija Prasad Koirala.

    Comment by narayan — December 22, 2005 @ 7:50 pm

  2. I agree with Narayanji. Unless such dictatorial leadership is ousted from the party, Neapli Congress shall never be a political party. It cannot lead current people’s movement for inclusive democracy.

    Comment by Karna — December 22, 2005 @ 10:41 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.