उफ् ! हामी फेरि द्वन्द्वको मारमा फँस्दैछौं
माअोवादीले सात दिन नेपाल बन्द गर्ने
२०६२ पुस ७, बिहीबार
आज प्रत्येक शान्तिप्रेमी नेपाली निराश होला। किनकि चार महिनाको तुलनात्मक शान्तिपछि अब नेपाल फेरि भयङ्कर द्वन्द्वको मारमा फँस्ने निश्चित छ। माअोवादीले सुरुमा तीन महिना र पछि एक महिना एकपक्षीय युध्दविराम गर्दा सरकारले कुनै प्रतिक्रिया दिएन। अब यो युध्दविराम सकिन १० दिनमात्रै बाँकी छँदा आज माअोवादीका तर्फबाट जारी विज्ञप्ति हेर्दा युध्दविराम भङ्ग हुने मात्रै हैन, नराम्रोसित नेपाल हिंसा-प्रतिहिंसाको चक्रमा फँस्ने देखिएको छ। यसका लागि सरकार धेरै हदसम्म दोषी छ। सरकारले शान्तिको प्रयासै गर्न चाहेन। दल-माअोवादीको ऐतिहासिक १२ बूँदे सम्झौतालाई अस्वीकार गर्यो र निर्वाचनको एकोहोरो रट लगाएर बस्यो। माअोवादीले आज जारी गरेको विज्ञप्तिमा घोषित निर्वाचनलाई असर पार्ने गरेर माघ २३ गतेदेखि २९ गतेसम्म सात दिन नेपाल बन्द गर्ने जस्तो कडा कार्यक्रम दिइएको छ।
उनीहरुको कार्यक्रममा निर्वाचनमा संलग्न पदाधिकारी र उम्मेदवारहरुलाई कारबाही गर्ने पनि उल्लेख गरिएको छ। राज्यले गराउन खोज्ने र विद्रोहीले रोक्न खोज्ने क्रममा बिचरा कति निर्दोषको ज्यान जाने हो !
माअोवादीको यो नयाँ कार्यक्रमको घोषणाले सात दललाई पनि असर पार्नेछ। त्यसो त उनीहरुले माअोवादीहरुले हतियार नत्यागेसम्म सहकार्य नहुने घोषणा गरेका छन्। तर राज्यलाई भने निर्वाचन सशस्त्र बहिस्कार गर्न खोज्ने माअोवादी र शान्तिपूर्ण सशक्त बहिस्कार गर्न खोज्ने दलहरुलाई एउटै कित्तामा धकेलेर दमन गर्न सहायता हुनेछ।
सात दलका कार्यक्रमहरुमा पनि यसले असर पार्न सक्छ। राज्य त्यसै पनि दमनतर्फ उन्मुख भइरहेको बेला माअोवादीले आफ्नो वक्तव्यमा खुला रुपमा नै सात दलको कार्यक्रमलाई सहयोग गर्न आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरेकाले राज्यलाई उनीहरुको शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध लगाउने बहाना प्राप्त हुनसक्छ। अब दलहरुले राजधानीमा माघ ७ गते पाँच लाख जनता उतार्ने भनी दिएको कार्यक्रम पनि हुने हो कि हैन मलाई त शंकै लाग्छ।
माअोवादीको यो वक्तव्यले पक्कै पनि नेपालको राजनीतिमा नयाँ तरङ ल्याइदिएको छ। अबका केही दिनहरुमा नेपाली राजनीतिले निर्णायक मोड लिने पनि अब प्रष्ट भएको छ।
हामी आशा गरौं र कामना गरौं- शान्तिको। द्वन्द्वरत पक्षहरुलाई सदबुध्दि प्राप्त होस्। केही चमत्कार होस् र हामी हिंसा-प्रतिहिंसाको मारमा नफसौं !


I don’t think there is anyway to thwart understanding of seven parties and Maoist except that KG bows down before people’s power. Parties should not hesitate to work with maoist to fight against king. Maoist are not good but at least they are much better than king. Working with mainstream parties maoists will also learn to believe in non violance and democratic polity.
Comment by Rakesh — December 23, 2005 @ 12:17 am
pashupatinath le hami sabai ko rakhsya garun!
Comment by Mukti Sir — December 23, 2005 @ 9:21 am
darayera kranti hunchha ra bro? rajya le dabauchha bhanera julush nagarne, royal palace nahanne, paraseko jiujiu garne ho bhane tei hatyarale sadhai deshkhai rakhchha. Baru ek chot dinai parchha aba party harule.
Comment by chintamukta — December 23, 2005 @ 11:05 am
aasha ra kamana matra garne ta ho ni umeshji shantiko tar paine kahile hoina. deshko lagi netaharule kehi garna nasake pani kamse kam janta lai khushi ra shantile basna diye hune aafu haru mathi baschan marne ta janta nai ta honi tar ke garnu haminai ya bhanau hamrai ta galti honi haina ra? ei neta haru lai vishwash garnu tyestai ho umeshji jaslai badhi viswash garyo usaile dhokha dincha…….. hare netaharu timro man mahan chaaa………..
Comment by diya rana — December 23, 2005 @ 11:39 am
Neta haru ko biswas chaina. Maobadiko jhan chaina. Rajako ta chadai chaina, etro 250 barsha sasan garera janatalai bheda bakhra banaune raja, 20th century ma pani raja, bhagawan ko avtar re (but he has refused himself as a god once in a interview) ha ha …….
e sabai herda ta comparatevely political party nai kehi had samma ramro ni. party lai refine huna ta time laagcha ni. 2-4 barsa mai sabai europe, america baneko ho ra. tara girija koirala, cheparo makune le party lead garesamma ta testai ho. tai pani dharatal ta ehi ho. sudhar gardai jaana ta sakincha. tesaile hami sabai le party lai saath ta dinai parcha. bholi ko kalpana garau, kunai gagan thapa ta niklela ni, jaslai haami bharosha garna sakau.
Comment by narayan — December 23, 2005 @ 2:13 pm
Nice padcast and great effort to know to use truth news and situation of Nepal.
Thanks your work!
Comment by Nilan — December 24, 2005 @ 4:20 pm
Its a good move by Maoist.
There should be more than a week Banda so that election is impossible.The parties should give like that program and n’t wait for king to call and follow durbar’s lagauti.
Comment by Subba KC — December 25, 2005 @ 4:15 am