नेपाली लिनक्सः नेपालीनक्स चलाउने हैन त
२०६२ पुस ७, बिहीबार
दुई वर्षको मेहनतपछि लिनक्सको नेपाली संस्करण नेपालीनक्स सार्वजनिक त भयो, तर पाइरेटेड “झिल्के” सफ्टवेयर चलाउने बानी भएका हामीजस्ता मध्ये कतिले सोझो पाराको “लुक” देखिने यसको प्रयोग गर्लान् त ? आज आफ्नै कम्प्युटरमा नेपालीनक्स पहिलो पटक चलाएर हेर्दा यसप्रति रहेको उत्सुकता, जिज्ञासा एक घण्टामा नै धेरै हदसम्म हरायो र मेरो प्रारम्भिक निश्कर्ष रह्यो- नेपालीनक्स अहिलेको लागि मेरो लागि हैन। भविष्यमा सुधार भएपछि यसको प्रयोग गर्छु होला, तर अहिलेलाई बिल गेट्सले सरापे पनि पाइरेटेड माइक्रोसफ्ट विण्डोज नै म चलाउनेछु।
आज लामो समयपछि राजनीतिका घिनलाग्दा कुरा छाडेर आफूलाई मनपर्ने विषयमा लेख्न पाएको छु। लिनक्सको नेपाली संस्करण, जसलाई नेपालीनक्स नाम दिइएको रहेछ, को लोकार्पण समारोह आज पाटनको अशोक हलमा हुने भन्दै इमेलमा निमन्त्रणापत्र प्राप्त भएको थियो। ब्लगरका हैसियतमा कुनै पनि कार्यक्रमको निमन्त्रणा पाएको पनि यही नै पहिलो हो। त्यसो त कम्प्युटरसम्बन्धी कुनै महत्त्वपूर्ण कार्यक्रम भयो भने बिना निमन्त्रणा पनि म पुग्ने गर्छु। अस्ति भर्खर अनलिमिटेडले माइक्रोसफ्ट विन्डोज एक्सपी र अफिसको नेपालीकरण सार्वजनिक गर्दा पनि म बीआईसीसीमा पुगेकै थिएँ।

बीआईसीसीमा माइक्रोसफ्टको नेपालीकरण सार्वजनिक गरिँदाको कार्यक्रम। फोटोः उमेश
माइक्रोसफ्टको कार्यक्रम ज्यादै भडकिलो किसिमको थियो। मैले त्यो नेपालीकरणलाई अझै पनि आफ्नो कम्प्युटरमा चलाएर हेर्न पाएको छैन। अब आफ्नो पर्यो पाइरेटेड, त्यसलाई चाहिने सक्कली। २५० रुपैयामा बजारमा पाइने सीडी भने पाइरेटेड सफ्टवेयरमा पनि चल्छ रे भन्ने सुनेको थिएँ। तर मैले प्रयोग गरेको छैन।
कुरा आयो लाइनक्स वा लिनक्सको। १ बजे थियो कार्यक्रम। १५ मिनेट ढिला पुग्दा पनि कार्यक्रम सुरु भइसकेको थियो। झण्डै तीन घण्टा चल्यो कार्यक्रम। पान लोकलाइजेसन प्रोजेक्टका क्षेत्रीय निर्देशक सार्माद हुसेनले लोकलाइजेसनको बारेमा अनि रिचर्ड इसिदाले वेबलाई अन्तर्राष्ट्रियकरण गर्ने बारेमा प्रवचन दिए। इसिदाको प्रस्तुति प्रभावकारी थियो। मदनमणी दीक्षितले सञ्जीव राजभण्डारीलाई हस्तान्तरण गरेर नेपालीनक्सको अौपचारिक लोकार्पण गरियो।

सञ्जीव राजभण्डारी (बायाँ) नेपालीनक्सको अौपचारिक लोकार्पणपछि। फोटोः उमेश
त्यसपछि केदार शर्माले नेपालीनक्समा के-के छ भनी बताउन थाले। उनले पैसा तिरेर किन्नुपर्ने प्रोपाइटरी सफ्टवेयरलाई बोतलबन्द पेयपदार्थ कोक फ्यान्टा जस्तो र अोपन सोर्स कोड सफ्टवेयरलाई कागती पानीको संज्ञा दिए। उनले नेपालीनक्सको यो सीडी लाइभ सीडी अर्थात् जडान वा इनस्टल नगरीकनै सीधै सीडीबाट नै चलाउन सकिने भनेकोले मलाई अलि बढी यसमा रुचि जाग्यो। किनभने इन्स्टल गरेर फेरि हटाउने झण्झट मलाई बेहोर्न गार्हो लाग्छ। फेरि यसमा नेपाली चलाइरहेका बेला अँग्रेजीमा चलाउन पर्यो भने लगआउट गरे हुने रहेछ। उनले लिनक्स अपरेटिङ सिस्टममा भाइरस अहिलेसम्म नलागेको पनि जानकारी दिए।
महेन्द्र मदन पुरस्कार पुस्तकालयको दुई वर्षको मेहनतको फल रहेछ यो नेपालीनक्स। नेपालीनक्सको सीडीको मूल्य १ सय ९० रुपैया रहेछ। आज भने १०० रुपैयाँमा दिइएको थियो। उत्सुकता भएकोले हतारमा किनिहालेँ तर पत्रकारहरुलाई निःशुल्क पनि दिइने रहेछ। एकछिन पत्रकार सम्मेलनमा पनि बसेँ। तर एउटा पनि गतिलो खालको प्रश्न र उत्तर सुन्न पाइएन।
लिनक्स एउटा वैकल्पिक अपरेटिङ सिस्टम हो भनेर धेरै पहिले नै थाहा पाएको भए पनि अहिलेसम्म मैले कतै चलाएको देखेको थिइनँ। त्यसैले आफ्नै कम्प्युटरमा चलाएर हेर्ने उत्सुकता थियो।
घर आएर त्यो सीडीको प्याक खोलेँ। त्यसमा म्यानुअल, पोस्टर, स्टिकर आदि पनि राखिएको रहेछ। सीडी राखेर बुट त गरेँ तर अहँ तीन चार पटक गर्दा पनि मनिटरले लिँदै लिएन। मनिटरले H.V FREQUENCY OVERRANGE भन्थ्यो अनि बन्द हुन्थ्यो। के रहेछ भनी एकछिन म्यानुअल पढेर हेरेपछि बल्ल थाहा भयो- बुट हुनुअघि नै अप्सनमा गएर रेजोल्युसनलाई 800*600 मा राख्नुपर्ने रहेछ। त्यो गरेपछि बल्ल मेरो कम्प्युटरमा पहिलो पटक लिनक्सको दर्शन गर्न पाएँ।

पहिलो दर्शन नै त्यति प्रभावकारी भएन। डेस्कटप, पोस्टर, सीडी कभर जति झिल्के पाराको थियो, मेनु बार, टाइटल बार सार्है कमजोर डिजाइनको अप्रभावकारी थियो। हरेक प्रोग्राम एकदमै सादा- हामी झिल्के पाराको चलाउनेहरुलाई बानी नै नहुने।
फेरि टाइटल बारमा अक्षर पनि पूरा नआउने रहेछ। किन हो मपुपुले यसमा ध्यान नदिएको ? हतार भएर पो हो कि ?
उदाहरणका लागि तलको फोटोको टाइटल बारमा मिति र समय घुसाउनुहोस् हुनुपर्ने ठाउँमा मिति र समय घसाउनहोस भएको छ। तलतिरका सबै चिह्नहरु जस्तै ु ू हराएका छन्।

ठूलो पारेर हेर्न फोटोमा क्लिक गर्नुहोला।
फेरि युनिकोडमा पनि ट्राडिसनल कीबोर्डबाट टाइप गर्दा हाल चलनमा रहेको जसरी टाइप गर्दा ट छ जस्ता अक्षर नआउने रहेछन्। अनि फन्टहरु पनि त्यति राम्रो नदेखिने रहेछ।
अडियो, भिडियो फाइल चलाएर हेरेँ। टोटेम प्रयोग गर्दा एमपीथ्री खुल्यो तर डब्लुएमभी भिडियो फाइल खुलेन। यसका लागि अर्कै कुरा थप्नु पर्ने रहेछ।

अरु मैले त्यति चलाएर हेर्न पाएको छैन। नोटप्याड जस्तो पाठ सम्पादक एक पटक प्रयोग गरेर हेरेँ तर हिज्जे परीक्षण र पर्याय शब्द चाहिँ हेर्न पाइनँ। यसमा डकमा सेभ गरिएका फाइल विन्डोजमा पनि मजाले खुल्ने रहेछ। मलाई खुल्दैन कि भन्ने शंका थियो।
फोटो एडिटर गिम्प खै के पो होमा गएर हेर्दा त झन् केही बुझिनँ। के-के हो के-के। सबैभन्दा दिक्कलाग्ने कुरा भने मेनुबार र टाइटलबारको नरमाइलो डिजाइन थियो। कहाँ मिडिया प्लेयरको झिल्के डिजाइन हेरिरहेको बानी, कहाँ मेकअप नगरिएकी केटीको अनुहार जस्तो टोटेम प्लेयर।

सबै कुरा नेपालीमा मात्रै आउने हैन, अंग्रेजीको पनि दर्शन पाइने रहेछ।
कार्यक्रममा भनिएअनुसार मोजिला नेपाली ब्राउजर पूरै युनिकोड कम्प्याटिबल छ। तर मैले चलाएर हेर्न पाएको छैन। अहिले त मोजिलामा युनिकोड अक्षर हेर्दा बिग्रेको आउने गरेको छ।

अर्को बानीको कुरा भनेको अक्सर विन्डोजमा म राइट क्लिक गरी रिफ्रेस गर्ने गर्छु। तर यसमा त्यस्तो सुविधा छैन रहेछ। तल तिर हुनुपर्ने स्टार्ट पनि नहुने रहेछ। त्यसको बदलामा माथितिर केही मेनु हुने रहेछ। अनि केही ढिला भयो भने ctrl+alt+del थिचिहाल्ने बानी, यसमा त्यस्तो नहुने रहेछ। केही शब्द भने अंग्रेजीमा चलनचल्तीमा आइसकेकाले नेपालीमा सुन्दा अनौठो लाग्ने रहेछ।
जस्तै
Save बचत
add घुसाउनुस्
Install जडान
windows सँझ्याल
एक घण्टाजति लाइभ सीडीमा नेपालीनक्स चलाउँदा मैले यति अनुभव गरेँ। बाँकी कुरा अझै चलाउँदै जाँदा थाहा हुँदै जानेछ। तर एउटा कुरा चाहिँ के प्रष्ट भयो भने तत्कालका लागि मैले नेपालीनक्स चलाउनेवाला छैन।
लिङ्कहरु
नेपालीनक्स
नेपालीनक्स डाउनलोड (नेपालभित्र मात्र त्यो पनि झण्डै ७०० एमबीको फाइल ! बरु सीडी नै किन्नु जाति, कि कसो ?)
मदन पुरस्कार पुस्तकालय



उमेशजी,
माथि छैठौं हरफको पहिलो लाइनमा ‘मदन पुरस्कार पुस्तकालय’ हुनुपर्नेमा तपाइले ‘महेन्द्र पुरस्कार पुस्तकालय’ टाइप गर्नुभएको रहेछ। सच्याई पाउँ न!
***************
(हरेक कुरामा अरुलाई दोष दिने नेपाली बानी अनुसार चिप्लेर अर्कै थोक टाइप गरेकोमा कीबोर्डलाई बित्थामा दोष दिँदै (वास्तवमा आफूले आफैलाई गाली गर्दै) तपाईँको सच्याइ पाउने जायज माग पूरा गरिदिएको छु ल। -उमेश)
Comment by WM — December 23, 2005 @ 1:06 am
हामी बिदेशमा बस्नेले कसरी पाउने नि उमेश जी नेपाली नक्स
जानकारी दिनुस है।
Comment by Ramahari Koirala — December 23, 2005 @ 2:11 am
GNOME ko thau ma KDE install garyo bhane windows ma bani pareka haru lai dherai sajilo hunchha. Nepali linux ma KDE ta pakkai hola ni … Almost everything windows sanga ditto parchha.
GNOME chahi Solaris ma bani pareka haru lai better ho.
***************
नेपाली लिनक्समा मैले KDE इन्सटल गर्ने त कतै देखिनँ। जिनोमको बारेमा मात्रै लेखेको छ म्यानुअलमा त। गर्न त उनीहरुले केडीई पनि गर्नुपर्ने थियो नि, हैन र ? धन्यवाद वीरेन्द्र जीलाई लिनक्सको बारेमा तपाईँले थाहा पाउनु भएको कुराहरु बाँड्नु होला है, मलाई त केही थाहा छैन यसबारेमा- मेरो संसार
KDE को बारेमा मैले यहाँ केही देखेँ। इच्छुकहरुले हेर्नसक्नु हुन्छ। मलाई त यसबारेमा त्यति धेरै थाहा छैन। थाहा हुनेहरुले बुझाइदिनु होला है- मेरो संसार
Comment by Birendra — December 23, 2005 @ 3:32 am
katai yesle pani(मोजिला नेपाली ब्राउजर )le jasto dukha ta dine hoina br0 ,(मोजिला नेपाली ब्राउजर )kehi mahina aghadi maile mero sansar bata download gareko thaya, kya dukha paiyo ni br0
Comment by prakas — December 23, 2005 @ 5:40 am
मदनमणि दीक्षितको सट्टा कमलमणि दीक्षित हुनु पर्ने होइन र?
Comment by deep — December 23, 2005 @ 10:30 am
नेपालीनक्समा केडिई राखिएको छैन। मेरो बुझाईमा नेपालीनक्समा केवल जिमोन डेस्कटप इन्भाइरोमेन्ट मात्र समाबेश गरिएको छ। तर, मेनु र थिम लाई ‘मेकअप नगरेको केटी’लाई पार्लरमा लगि सजिसजाव गर्न सकिने व्यावस्था नभएको पनि होइन। थिम र स्किन डाउनलोड गर्नाका निम्ति http://www.gnome-look.org/ मा जान सक्नु हुन्छ।
मलाई मन परेको स्किन http://www.gnome-look.org/content/show.php?content=28352 हो। केडिई र जिनोमका लागि छुट्टा छुट्टै डाउनलोड गर्न सकिने यसले माइक्रोसफ्टले आगामी बर्ष रिलिज गर्न लागेको Windows Vista जस्तै वातावरण बनाइदिन्छ।
माथीको लिङ्कबाट जिनोमलाई tweak गर्ने थुप्रै थिम, स्किन, आइकोन, वालपेपरहरू डाउनलोड गर्न सक्नु हुन्छ।
Umesh Ji, Happy Linuxing.
Comment by symlyn — December 23, 2005 @ 11:16 am
hello Umeshji,
tapailai ta sarai garho laye jasto cha ni ho yo nepali nusk ho………… galti bhane kya hai ……..naamai yati garo cha ke garnu …….naam ta ali sajilo rakhnu parne ni hai nepali daju bhailai naamai bujhna garo hola jhai cha. ani yoo kehi pani english word naaayne lai ta thikai hola jhai lagyo tarr hami jasta na yata ko na uta ko lai ta khoi chalai paso hola jhai cha hai umesh ji……….. tarr ma koshis chai garchu hola ………tapai ni
Comment by mira — December 23, 2005 @ 11:22 am
umesh jee jhyau yo ta nepali na english
mula haru kunai software chaldaina tyasma .Aaba kahile aaune ho linux ma chalne photoshop,autocad ,coreldraw haru ra majjale chalaune
ma ta windows nai chalauchhu
Comment by deelip — December 23, 2005 @ 12:31 pm
By the way, users can switch to all English desktop environment or Nepali environment while logging in. There is a choice under Language Menu that appears in Login screen.
Some the strings are yet to get translated into Nepali. That’s what I found as well. May be MPP will work on that in their next release. I personally think Nepali Langauge Interface, whether it be WindowsXP or NepaLinux, is useful for non-English speaking Nepali people or fresh computer users. It certainly adds complication to people who had already been using computer in English. I won’t try to complicate my simple life
) I am comfortable with my English environment of SuSE 9.3 and pirated version of WindowsXP.
Deelip Ji, I am not into graphics designing. But you can work with GIMP as an alternative for PhotoShop. I am sure you might alternatives for CorelDraw and AutoCAD as well.
Happy Linuxing folks.
Comment by symlyn — December 23, 2005 @ 1:53 pm
दिलिप जी !
नेपालीनक्स मैले पनि यसो चलाउने मौका पाएँ। विकासकर्ता साथीहरूलाई साधुवाद छ। साथीहरूले भने जस्तो नेपाळी मा मात्र नभई तपाई हामी जस्ताा पहिले कम्प्युटरमा हात बसी सकेका अंग्रेजीमा अभ्यस्तहरूका लागि लगआउट गरेेर Language परिवर्तन गरेर पुरै अंग्रेजीमा चलाउन सकिदो रहेछ । लोकलाईजेशन भन्दा डिस्ट्रिव्युशन वाइज चाहिँ गजबै रहेछ ।
काजीमान
Comment by kajiman — December 23, 2005 @ 6:05 pm
umeshji maile euta kura bujhina ni 2 jana sathiharule dilip lekhnu bhayeko chaa yo ko ho lekhanama galti ho ki maile nabujheko ho batai duni huncha ?ra sathi haru narisaunu hai maile bujhna nasaker matra ho .
Comment by meena — December 26, 2005 @ 11:38 am
how to download this file. i need one software.
Comment by ghimire — December 28, 2005 @ 1:44 pm
hello umesh ji thanks for ur courage to give advice for the nepali those who are out of country .i think u have to give more abbout nepali windows that how n where u can find to down load.
Thanks
Deepak Lamichhane
Norway
Comment by Deepak Lamichhane — January 1, 2006 @ 8:43 pm