शहीद मञ्च सडक बन्यो

२०६२ पुस ११ सोमबार
यो फोटो कहाँको हो चिन्नुभयो ? हो, यो खुल्लामञ्च हो जसलाई २०४६ सालको जनआन्दोलनमा शहीद हुनेहरुको स्मृतिमा शहीद मञ्च पनि नामाकरण गरिएको थियो। तर अब यो ऐतिहासिक स्थानको महत्त्वलाई समाप्त पारिएको छ। राजनीतिक वा अन्य ठूला खुला सभा समारोह हुने खुलामञ्च अब सडकमा परिणत भएको छ।
सन् २००२ मा दलहरुले आयोजना गरेको आमसभाको दृश्य हो माथिको तस्वीर। यहाँ यस्ता थुप्रै सभा भए। तर मुलुकमा निरंकुश साशन सुरु भएसँगै राजनीतिक कार्यक्रम हुन नदिने षड्यन्त्रस्वरुप यसअघि पार्किङ क्षेत्र बनाइएको खुलामञ्च सोमबारदेखि सडकमा बदलिएको छ।

माअोवादीहरुले पनि पछिल्लो शान्तिवार्ताका बेला यही खुलामञ्चमा सभा गरेका थिए। फाइल फोटो साभारः नेपाली टाइम्सबाट
स्वतन्त्र समाचार सेवाका अनुसार सोमबार पूरै पूर्वपश्चिम वारपार गर्न सक्ने गरी धेरै सवारी साधनहरु घुलो उडाउदै त्यहाँ गुडेका थिए। वीर अस्पतालबाट सिधैं पुरानोबस पार्क, विद्युत प्राधिकरणको अगाडि तिर ती सवारी साधन गुडेका थिए। सोमबारदेखि खुलामञ्च खुला क्षेत्रका रुपमा रहेन। जनसभा, भेला, बैठक गर्ने र आपतविपत पर्दा र्सवसाधारण जम्मा हुने मुलुकको राजधानीको केन्द्रमा रहेको एउटा खुलामञ्चलाई समाप्त पारिएको छ।
दलहरुलाई आफ्नो कार्यक्रम गर्न नयाँ बानेश्वरको सडक रोज्न बाध्य पारिएको छ। बिचरा खुलामञ्च ! बिचरा नेताहरु ! अनि मुस्कुराइरहेको होला निरंकुशतन्त्र….उसले रत्नपार्कको प्रजातन्त्रको भित्तो पनि भत्कायो, सान्त्वनाका लागि अर्जुन पराजुलीले प्रजातन्त्रको भित्तो नभत्काए गणतन्त्रको भित्तो कहाँ बनाउने ? भनी कविता बनाए। रत्नपार्क कै अखिलको कार्यालय रहने रातो घरमा सशस्त्र प्रहरीको कार्यालय बस्यो तर विद्यार्थीहरु टुलुटुलु हेरी बस्न बाहेक केही गर्न सकेनन्।


खुलामंचको सपना
उत्तम बाबु श्रेष्ठ
काठमाडौको छात्तीमा देब्रे खुलामंच
काठमाडौ कै छात्तीमा दाहिने सैनिकमंच
हर्ेर्नै लाई उस्तै उस्तै लाग्छन्
तर बुझ्नेलाई फरक लाग्छन्
खुलामंच सैनिक मंचलाई पिठ्यू र्फाउछ
दरवार तिर फर्केर स्वतन्त्रको गीत गाउछ ।
तर सैनिक मंच शहिद गेट हर्ेर्दै तर्सन्छ
अनि निरंकुशताको भजन गुन्गुनाउछ ।
एकदिन मैले देखे,
सैनिक मंच खुलामंचलाई गाली गर्दै थियो ।
अर्को दिन मैले देखे,
सैनिक मंच खुलामंच माथि फोहर फ्याक्दै थियो ।
उसको छात्ती भरी थोत्रा गाडिहरु राख्दै थियो ।
तर खुलामंच चुप थियो ।
अर्को दिन त झन् उ हौसिएर
खुलामंचको अस्तित्व नै मेट्दै थियो ।
र हास्दै थियो । विजयोत्सव मनाउदै थियो ।
अनि मैले खुलामंचलाई भने
खुलामंच यो त अति भयो
Comment by uttam — December 27, 2005 @ 3:59 am
Thats not good..
Comment by bhanda12 — December 27, 2005 @ 5:22 am
उमेशजी
तपाईको लेख खुबै राम्रा छन्।
म त दिनदिनै पढ्छु।
सबैभन्दा Reliable नेपाली News नै तपाईको ब्लग लाग्छ । केजी लाई ठिक पार्नुपर्छ।
रत्नपार्क होईन
Civic Park नागरीक पार्क हुनुपर्छ।
जीपी वेस्ट भर्जीनीया अमेरीका
Comment by Gyane — December 27, 2005 @ 9:24 am
hun ta hami studenka lagi jaha pani jahile pani hernu bahek ke nai chaa ra chahe tyo tulu tuu hos ya twal twalti nai hos feri sadhai nai netale hos ya kunai pati use ta sadhai hami nai hune gar chau .ani yaha bhane jasto bhayema desh ta nachodne khulamanch ke chodla haina o umeshji thaha paunu bhachaina ra ? hamro deshma je gare pani suhauchaa ke ……….ha ha ha ha ha ha kehi ta chodnu parcha ni yaar
Comment by diya — December 27, 2005 @ 11:07 am
What the hell? It is all the tyrant’s ploy to thwart peaceful agitation…Gyane is going too much crazy…I think he want to park his limo (purchased from tax of Nepali people) at Khulamanch…
Comment by Chandan — December 27, 2005 @ 3:21 pm
nameste umeas jee
ma thapi ko yo side na hare ta bhat pane khanna dhari ramro chha
Comment by binod neupane — December 27, 2005 @ 5:35 pm
Yo yeuta nirnkushtako arko example ho. Jaha pani nirankusta tikeko chhaina.
Gyane sarkar pani chhittai nai patan hudai chha.
Itihas ko dharohar tyo “KhulaManch” le kasko k bigareko thiyo ra ?
Comment by Veem Gurung — December 27, 2005 @ 7:57 pm
Dear Umesh,
Did you edit my poem. It is only half, of that. If there is no space it would be better to remove from here. It doesnot make sense what i mean. It is totally unfair.
***********************
मैले जति प्राप्त भएको हो, त्यति युनिकोडमा परिणत गरी राखिदिएको हुँ। तपाईँले पछि ईमेलमा पठाउनु भएको पूर्ण अंश भने तल राख्दैछुः मेरो संसार
खुलामञ्चको सपना
उत्तमबाबु श्रेष्ठ
काठमाडौको छातीमा एकातिर खुलामञ्च
काठमाडौ कै छातीमा अर्कातिर सैनिकमञ्च
हेर्नेलाई उस्तै उस्तै लाग्छन्
तर बुझ्नेलाई फरक लाग्छन्
खुलामञ्च सैनिकमञ्चलाई पिठ्यू फर्काउँछ
दरवार तिर फर्केर स्वतन्त्रको गीत गाउछ ।
तर सैनिकमञ्च शहिद गेट हेर्दै तर्सन्छ
घोसेमुन्टो लगाएर निरंकुशताको भजन गुन्गुनाउछ ।
एकदिन मैले देखे,
सैनिकमञ्च खुलामञ्चलाई गाली गर्दै थियो ।
अर्को दिन मैले देखे,
सैनिकमञ्च खुलामञ्च माथि फोहर फ्याक्दै थियो ।
उसको छात्ती भरी थोत्रा गाडिहरु राख्दै थियो ।
तर खुलामञ्च चुप थियो ।
अर्को दिन त झन् ऊ हौसिएर
खुलामञ्चको अस्तित्व नै मेट्दै थियो ।
हास्दै थियो/विजयोत्सव मनाउदै थियो ।
अनि मैले खुलामञ्चलाई भने
खुलामञ्च यो त अति भयो -
खुलामञ्च तिम्रो मैलिएको व्यक्तित्व हेर
खुलामञ्च तिम्रो भत्किएको अस्तित्व हेर
कमसेकम एक पल्ट त बोल ।
खुलामञ्चले मलाई झट्ट् भन्यो,
उत्तम भाई तिमीले देख्यौ -
वादशाहको उखेलिएको सालिक
उसले मलाई इराक संझायो
सालिकमाथि बर्सिएका असंख्य
थुक र लात्तीहरु संझायो
तिरस्कारका ती शब्दहरु संझायो
अनि जुरमुराउदै भन्न लाग्यो
सुन † सैनिकमञ्च ††
कान खोलेर सुन
इतिहासका पदचापहरुलाई
सिक्ने भए सिक
मैले जस्तै स्वतन्त्रताको गीत गाउनलाई
खुलामञ्च कड्किरहयो
सैनिकमञ्चले सुन्दै सुनेन
सैनिकमञ्चले टेर्दै टेरेन
सैनिकमञ्चले बुझ्दै बुझेन
सायद बुझ्ने कोशिस पनि गरेन
तर,
मैले खुलामञ्चको आँखामा
अर्को छयालिस साल देखे
खुलामञ्चको आवाजमा
आक्रोशको ज्वालामुखि भेटे
भत्किएको खुलामञ्चको इट्टाहरुमा
वादशाहहरुका फुटेका निधार देखे
र भने, भयो खुलामञ्च †
मैले तिम्रो महानता देखे,
मैले तिम्रो सालिनताको अर्थ बुझे
अनि मैले तिम्रो आक्रोश पनि देखे
ए मेरो आस्थाको खुलामञ्च †
तिम्रो आक्रोशलाई शुभकामना
तिम्रो सपनालाई शुभकामना
तिमीलाई मनभरीको शुभकामना ।
बोष्टन, अमेरिका
२००५ डिसेम्बर २६
Comment by uttam — December 27, 2005 @ 9:12 pm