लोकतान्त्रिक आन्दोलनमा विदेशमा रहेका नेपालीको भूमिका
२०६२ पुस १२, मंगलबार
लोकतान्त्रिक आन्दोलनमा विदेशमा रहेका नेपालीहरुको पनि कम ठूलो भूमिका हुँदैन। नेपालमा ३०-४० हजार भेला भएर गर्ने प्रदर्शनले गर्न नसक्ने दबाब विदेशका ३००-४०० जनाको प्रदर्शनले गर्न सक्छ। नेपालका नेताहरुलाई पनि यो कुरा थाहा छ। विदेशका नेपालीहरुलाई पनि यो कुरा थाहा हुनसक्छ। कतिलाई भने आफ्नो शक्ति आफैलाई थाहा नभएको पनि हुनसक्छ। हामी नेपालमा बस्नेहरुले विदेशमा रहेका नेपालीहरुको गतिविधिका बारेमा धेरै कम जानकारी पाइरहेका छौँ। सबैभन्दा बढी प्रचार राष्ट्रसंघीय महासभाका क्रममा न्युयोर्कमा भएको प्रदर्शनको भएको थियो। तर, वासिङटन डीसीमा राजाको कदमको स्वागत गर्दै नेपालीहरुले गरेको प्रदर्शनलाई सगरमाथा टेलिभिजनको सहयोगमा नेपाल टेलिभिजनले ठूलो महत्त्वका साथ प्रसारण गरेको पनि हामीले हेरेका थियौं। यसबाहेक नेपालीहरुले विदेशमा लोकतान्त्रिक आन्दोलनको समर्थनमा गरेका कार्यक्रमहरुको त्यति प्रचार भएको मैले महसूस गरेको छैन।
कार्यक्रमहरु हुँदै नभएका हुन् कि प्रचारमात्र नभएको हो, त्यो भने मलाई थाहा भएन। भिडियो ब्लग र अडियो ब्लगका लागि विभिन्न नेताहरुसँग कुराकानी गर्ने क्रममा पनि उनीहरुले प्रवासी नेपालीहरुको समर्थनको ठूलो महत्त्व रहेको बताए। प्रजातान्त्रिक काँग्रेसका मिनेन्द्र रिजालले प्रवासी नेपालीहरुले आफू बसेको देशको सरकारमार्फत राजालाई दबाब दिनसके राम्रो हुने बताए भने विद्यार्थी नेता गगन थापाले विदेशमा रहेका नेपाली स-सानो समूहमा विभाजित भएको देखेको अनुभव सुनाउँदै उनीहरु एकीकृत भएमा ठूलो शक्ति बन्ने बताए।
गगन थापाले प्रवासी नेपालीहरुको आन्दोलनको महत्त्वका बारेमा राखेको विचार सुन्न यहाँ क्लिक गर्नुस्।
यो अडियो ब्लग भने एमाले नेता प्रदीप नेपालको हो। यसलाई सुन्न यहाँ क्लिक गर्नुस्।
उनले पनि विदेशमा रहेका नेपालीहरुको आन्दोलनको महत्त्व ठूलै रहेको बताएका छन्। “हामीले राजाको कदम गलत छ भनेर पाँच लाख जनता सडकमा उतारिसक्यौं, तर राजालाई यसले छोएको छैन, राजालाई दबाब दिने भनेकै अन्तर्राष्ट्रिय समुदायले हो”, उनले भनेका छन्। युरोपेली युनियनका सदस्य राष्ट्रमा बसेका नेपालीहरुले ईयुको भावनालाई समातेर राजालाई दबाब दिन सकेमा लोकतान्त्रिक आन्दोलनलाई ठूलो फाइदा हुने उनले बताएका छन्।
अडियो ब्लगको कुरालाई यहीँ टुङ्ग्याएर फेरि लोकतान्त्रिक आन्दोलनमा प्रवासी नेपालीको भूमिकामा नै आउँ। प्रवासी नेपालीहरुले हाल हुन लागेको नगर निर्वाचन अन्तर्राष्ट्रिय समुदायको आँखामा छारो हाल्ने प्रयास मात्र हो भनेर बुझाउन सक्नुपर्छ। शान्तिपूर्ण सभाहरु बिथोल्न राज्यले गरिरहेका कारबाहीहरुको बारेमा बुझाउन सक्नुपर्छ। एकदलीय साम्यवादको स्थापना गर्ने उद्देश्य भए पनि हतियार उठाएका माअोवादी विद्रोहीहरु लोकतान्त्रिक गणतन्त्र स्वीकार्न तयार भइसकेको, संविधान सभाको निर्वाचन भएमा जस्तोसुकै परिणाम आए पनि स्वीकार्ने भनी शान्तिपूर्ण अवतरणका लागि तयार भइसकेको कुरा बुझाउन सक्नुपर्छ।
र, प्रवासी नेपालीहरुले गर्ने कार्यक्रमलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचार-प्रसार गराउनु पर्छ। अनि नेपालमा पनि त्यसको व्यापक प्रचार-प्रसार गर्नुपर्छ। त्यसो त तीतो यथार्थ के हो भने नेपालका एकलाई छाडेर सबै ठूला आकारका दैनिकहरु राज्यको प्रभावमा परेर बोली फेर्न थालिसकेका छन्। तर लोकतन्त्रको पक्षमा रहेका सञ्चारमाध्यमहरु पनि छँदैछन्।
सम्बन्धित लिङ्क
मिनेन्द्र रिजालको भिडियो ब्लग
गगन थापाको अडियो ब्लग (पूर्ण अंश)
प्रदीप नेपालको भिडियो ब्लग


नेपाल अहिले इतिहासकै अत्यन्तै गम्भिरमोडमा उभिएको छ । हजारौ नेपाली आमाका सपुतहरु द्धन्दका विविध वहानामा मारिएका छन चाहे त्यो राज्य पक्षवाट हो चाहे त्यो माओवादीका तर्फाट होस । मानिस मर्नेक्रम केही समयका लागि ओरालो लागे पनि केही दिन देखि देखिएको अन्योल ग्रस्तले गर्दा यो क्रम वढ्ने आकलन गर्न सहजै गर्न सकिन्छ । प्रतिदिन ५ नेपाली द्धन्दका कारणवाट मारिने क्रममा युद्धरत पक्ष जसलाई आतंकको विल्ला झुण्र्डाईएको छ उसको एकतफिर् युद्ध विरामका कारण अहिले हृवात्तै घटेको छ यसका विवाद छैन । यो ४ महिनाको युद्ध विरामका अवधिमा निश्चय नै नेपाली जनताले राहतको महशुष गरे । युद्ध विराम दर्ीधकालिन हुन र्ुपर्दछ यो देखावटी र स्वार्थका लागि हुनुहुदैन भन्ने कुरामा राज्य पक्ष अझै ढुक्क हुन सकिरहेको छैन र वास्तविक युद्ध विराम गर्ने पक्ष माओवादीलाई सयमा चालीस ले पनि उनिहरुको युद्ध विरामलाइै विश्वास गर्न सकिरहेका छैनन भने सत्तापक्षले यसलाई त झनै विश्वास नै गर्ने कुरै आएन किनकी माओवादीले युद्ध विरामलाई शक्ति सञ्चय र राजनैतिक दाउपेचमा विगतमा उपयोग गरे र भविष्यमा गर्दैन भन्ने आधार कुनै पक्षले दिलाउन सकेन । चाहे त्यो मानव अधिकारवादी हुन या सात दल ।
जनता अव आफुलाई प्रजातन्त्रवादी भन्न पनि चाहादैन र आफुलाई लोकतन्त्रवादी भन्न रुचाउछन भन्नेकुरा हालैका नेपाली राजनैतिक परिदृश्यका उदाहरणहरु प्रयाप्त छन । लोकतन्त्र स्थापनाका लागि विद्यमान शासनप्रणालीमा आमूल परिवर्तनको आवस्यकता टड्कारो छ । लोकतन्त्रको सर्वोपरि र र्सवमान्य सिद्धान्तका आधारमा नै राज्य संचालन हुनर्ुपर्दछ तर लोकतन्त्रका नाममा हिंसा हत्या र आंतकको मतियारहरु वैधानिक हुन नपाउन भन्ने तर्फसवै लोकतन्त्रवादीहरुले समयमा नै सचेत हुन सकेन भने मूलुकले ठूलो दुभाग्य वेहोर्नु पर्ने हुन्छ । अहिले लोकतन्त्रवादीहरुको प्रतिनिधित्व गर्ने सात दलहरु एउटा गुमाराहमा परेका छन यो उनीहरुको विवशता हो तर सातदलहरुको वाद्यताले लाखौ लोकतन्त्रवादीहरुको सुनौलो भविष्यलाई धरौटी राखेर हतियारधारी कित्तामा उभिनुु किञ्चित शोभायामान छैन । यहा एउटा परम्पराको थालनी भएको छ त्यो हो “सौताको रिसले लोग्नेको सुरुवालमा आची गरिदिने” ।
यसले द्धन्दको उचित निकास निस्कदैन । द्धन्दरतपक्षको विगतलाई पुरै वेवास्ता गर्दै सातदलले सत्ताको सपना देखेको छ त्यो यथास्थितिमा सम्भव छैन । वास्तवमा हिजो समस्याको मियो सातदल थियो भने भने मियोलाई उपयोग गर्नेहरु आजका सत्ताधारीहरु र जंगलका माओवादीहरु नै थिए यसमा कुनै दुविधा छैन ।
लोकतन्त्र कस्तो -
४ महिनाको युद्ध विराम पछि माओवादीहरुको आवाज केही फेरिएको छ । देशमा थप चिन्ता छाएको छ । उनीहरु २०६३ सालको शुभारम्भ अगावै तानाशाही शासनसत्ताको अन्त्यको धोषणा गरेका छन आन्दोलनलाई आधीवेरीको रुपमा श्रुजना गरी विद्यमान शाही सरकारको ध्वस्त पार्ने भन्ने जुन डुगार छ यो आवस्यकता भए पनि पाच्य छैन । राष्ट्रिय अन्तराष्ट्रियरुपमा मान्यता प्राप्त सातदलले निरकुंश शाही सत्ताको विरुद्धमा छेडिने आन्दोलन शान्तिपर्ूवक भैरहेको छ विगत ४ वर्षदेखि निरन्तर र्सधष गरिहेको छ होला कसैले कही वाटो विराए होलान तर मूलप्रवाहमा पुन समाहित भएका नै छन तर लक्ष छोडेका छैन लोकतन्त्रको पुनस्थापनाका लागि ।
शाही सत्ता अहिले जे छ त्यसलाई प्रजातन्त्र भन्छ लोकतन्त्र भन्न सक्दैन । सातदल भन्छ यो निरकुश तन्त्रहो आन्दोलनका माध्यमवाट जनताको जनअधिकार फिर्ता गर्नु पर्छ भनेर निरन्तर आन्दोलनरत छ । उता माओवादीहरु भन्ने गर्छन जनगणतन्त्रात्क लोकतन्त्र नै उनीहरुको अन्तिम लक्ष हो । यो परिस्थितिमा वुझ्नुपर्ने चुरो कुरा के छ भने लोकतन्त्रका नाममा हिंसात्मक गणतन्त्रको वाटो नेपाली जनतालाई स्विकार्य हुदैन । हिंसा हत्या र आंतकको सहारामा गरिने राजनैतिकको अवसान पनि हिंसा हत्या रआंतकवाट नै हुन्छ भन्ने कुरा भूल्नुहुदैन । साथै निरकुंश शासन सत्ता पनि नेपाली जनतालाई स्विकार्य छैन चाहिएको छ लोकतन्त्र त्यो पनि सुधारिएको ।
आज आन्दोलनरत सात दलका सात थरी कुरा अनि सातदलका नेताका आफ्नै आफ्नै कुरा ऐक्यवद्धता खै - यसरी गरिने आन्दोलनले उपलव्धि देला - अं हं दिदैन पक्का दिदैन । सातदलको नाडी दरवारले छाम्यो माघ १९ घोषणा भयो ।सातदलको नाडी माओवादीले मजाले छाम्यो यी सग अव दम छैन हामी जे गर्र्छौ त्यही हुन्छ भन्ने मात चढ्यौ । सातदलसग भएका १२ वुदे संझौतालाई समेत लात मार्दै माओवादीका नेताहरुले हिंसात्मक कार्यक्रम धोषणा गरे । सातदल अहिंसात्मक तवरवाट स्थानीय निर्वाचनको वहिस्कार गर्न तयार भएको वेलामा हिंसा हत्या र आंतकको पृष्ठभूमीमा खेलेको माओवादीले पुन निर्वाचनमा सहभागीहुनेहरुलाई भौतिकरुपमा नै समाप्त पार्ने सम्मका कार्यक्रम धोषणा गरेको छ । यसवाट के पनि अनुमान लगाउन सकिन्छ भने माओवादीहरु हिंसा हत्या र आंतकवाहेक राजनैतिक रुपमा जनता सामु प्रस्तुत हुनै सक्दैनन् । माओवादीको यही धोषणालाई लिएर सयुक्त राष्ट्रसघका नेपाल स्थित प्रतिनिधि इयान मार्टिनले स्प्रष्टीकरण समेत मागेर उनीहरुको आशयलाई धाराशाही वनाईदिएका छन । जनताको मत खसाउन पाउने अधिकार हो भने नखसाउने पनि अधिकार नै भन्ने मान्यतालाई माओवादीहरु व्यक्तिगत हत्या हिंसा र आंतकका माध्यमवाट छिन्न भिन्न वनाउन चाहान्छ जुन हिजो २०५६को संसदीय निर्वाचनमा यदु गौतम लगायतकालाई निर्वाचन मैदानवाट नै सफाया गरिसकेका छन ।
माओवादीले लोकतान्त्रिक गणतन्त्र मान्छन भन्ने के ग्यारेण्टी छ - माओवादी भनेका आतन्ककारीका मतियार हुन । डर त्रासका भरमा केही गर्छ र भन्नु मर्ुखाइ हो ।
हर्ेर्नुस गधालाई धोएर गाइ कहिलै हुदैन । चाहै लक्स सावुन ले नै किन नधुनुस .गधा ,गधा नै हुन्छ । राजाको कदमको म र्समर्थन गरिरहेको छैन म कुनै पनि निरकुश सत्ताको मतियार होइन म लोकतान्त्रिक राज्य व्यवस्थाको पृष्ठपोषक हु । तर मलाई हाम्रो देशका राजनैतिक पार्टर्ीीथा यसका कार्यकर्ताहरुको कुनै विश्व्ाास छैन । साला सवै घुषखोरी तस्करी हुन । हिजो सासद वन्ना साथ भाइ भतिजा साला सालीलाई विदेश पठाउन देखी लिएर ठेक्का पट्टा मा समेत अधि वढ्ने माले मसाले मण्डले तथा काग्रेस सवै देशका लागि धातक छ । नया शासन व्यवस्थाको लागि नया खालको आन्दोलन हुन जरुरी छ । कि छनै - माओवादीले साधरण गाविस अध्यक्ष तथा सचिवलाई मार्न सक्नेले के खुम वहादुरलाई गोली हान्न सके - के गोविन्द राज जोशीलाई पड्काउन सके - सकेन या गरेन - कुरा वुझ्रनुस
यस्तै हो । माओवादी भने पनि खाओवादी भने पनि । जगली माओवादी हो भने शहरका खाओवादी सात दल र दरवारीया हरु हुन । माओवादीलाई चन्दा नदिने र सवारी साधन उपलव्ध नगराउने को छ वाकी शहर मा - कस्ले दिएन माओवादीलार्य सपोर्ट । नारायणसिंह पुन ले वोकेनकी गिरीजाले । सवैले वोके र
म हरेक तानाशाहको विरोधी हू तर , यी हजारौ आसेपासे नेताहरुको दादागिरी भन्दा एकतन्त्रको अपेक्षा राख्छ ु जहा भष्टाचार भए पनि सानेा परिधिमा हुन्छ । शोषण भए पनि थोरै हुन्छ । हिजो वहुदलीय व्यवस्थामा कति शोषित गरे थाहा छ । साला पञ्चेको त कुरै छोड्नुस कति कति ।।।।।।
त्यसकारण लोकतान्त्रिक आन्दोलनलाई सफल पार्ने हो भनेपहिला माओवादीको हिंसा हत्या र आंतकलाई खतम गर्नु पर्दछ ।माओवादीलाई हतियार विहिन वनाए पछि मात्र राजाको निरकुश सत्ताका विरुद्ध ससक्त आन्दोलन गर्नु पर्छ ।शसस्त्र माओवादी भनेका रगत खाएर वसेका सिंह जस्तै हुन यीनीहरुले जस्लाई जहिले पनि मार्दछन । त्यर्सथ यसको अन्त्य गर्न सकियो भने मात्र नया नेपालको निमार्ण्र्ाार्न सकिन्छ गगन जि । माओवादीको हतियारको डर त्रास र आंतकका भरमा मूलुक नया निमार्ण्र्ााुन् छ भन्ने सपना देख्न छोड्नुस ।लोकतान्त्रिक कार्यकर्ताले ल राजाको निरकुश सत्तालार्य ल ध्वस्त पारे पनि कालान्तरमा लोकतान्त्रिक कार्यकर्ताहरुले माओवादी आंतककारीहरुसग कालान्तरमा लोकतन्त्रका लागि अवस्य लड्नर्ुपर्दछ भन्ने कुरा वुझ्नुहोला ।।।।।।।।जय देश जय जनता मर्ुदावाद नेपाली नेता गधाहरु ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
Comment by Naya Nepal — December 27, 2005 @ 10:42 pm
Umesh jee,
I think you did not know what people in America are doing. First of there was rally in DC in May apart from small rallies in NY. We handed over our memorandum to president Bush and requestd for keeping arms embargo intact. Then there was ANA convention in Dallas, Texas, where people tried to identify why democracy has been weakened, the root cause of Feb 1, and postconflict resolution. Similarly there was joint convention of ANMA/NASeA in Atlanta and nepal was discussed in length.
We wrote letter to Secretary Rice prior to her visit to India and explained to her what are the root causes of conflict in Nepal and requested her to talk openly with Indian counter part and leadership. We sent several letters to senators, and congress members.
The members of seven parties leaders held discussion not only in DC but also in Atlanta with collaboration to Emory University.
We have even communicated with Carter Center, tried to fix appointment with visiting dignitaries of Nepal, like Bar President, Human Rights Activist, Bharat Mohan Adhikar. In our own capacity several members of diaspora, like Murari Sharma, Anga R. Timilsina, Dr. Alok Bohara, me, Dr. Shiva Gautam, have written op-ed, opinion, to strengthen democratic struggle in Nepal and let politicians and King know what we feel. I think there is less publicity.
——————————————
प्रमोद जी,
प्रतिक्रियाका लागि धन्यवाद। हो, तपाईँहरुले गर्नुभएका कतिपय कुराको प्रचार भएको छैन। कतिपय कुरा त म पहिलो पटक तपाईँकै मुखबाट सुन्दैछु। कृपया यस्ता कुरालाई नेपाल र अरु देशमा बसेका नेपालीहरुमाझ पनि प्रचार गर्ने प्रयास गर्नुहोला। ताकि नेपालमा आन्दोलनरतहरुले उर्जा महसूस गरुन्, अरु देशमा रहेका नेपालीहरुले प्रेरणा लिउन्। लोकतान्त्रिक आन्दोलनका समाचारका सम्प्रेषणका लागि लोकतन्त्रपक्षधर नेपाली सञ्चार माध्यमहरु र मेरो संसार पनि सदा तयार रहनेछ- मेरो संसार
Comment by Pramod Aryal — December 27, 2005 @ 10:50 pm
I think in our country we have enough people to make delicious speech but we rarely have got one who implemented them in practical life. so we should think of sth about this rather than listening what all corrupted either financially or mentally people say for this benefit. I have not seen someone who is fighting for nepals betterment. U see like girija, madhav nepal etc they are the most serious virus for our nation first of all we should think of sth how to get rid of these guys only then we can do sth better for our nation. Just look at the back what you have said have u ever make them into practice, never ever.
Comment by prem — December 29, 2005 @ 2:24 am
Let’s have Gagan Thapa in audio weekly.
Comment by Paramendra Bhagat — January 1, 2006 @ 6:14 am
Mero Sansar,
Hope you know about UWB selecting Nepali Diaspora activites as 7th Best of 2005.
7. Nepali Diaspora in the US: For keeping the Nepal issue alive in America. Pro-democracy members of Nepali Diaspora have organized impressive rallies in cities like New York and Washington D C advocating freedom and democracy Nepal. Prominent members of the Diaspora have actively lobbied for our case among influential people in the US. In this age of Internet, our people are using every means of communication to coordinate their efforts and organizing countless discussion programs aiming at creating buzz about Nepal situation in the US.
Related Link(s):
Influencing Those Who Influence The Influential Here
Listen What This Man Has To Say
An Activist Goes To America
New York is New Road: Democracy Demanded
I Say Civil Liberties Now, Not Tomorrow
More here: http://www.blog.com.np/index.php?p=1070
Comment by Voice of Nepali Diaspora — January 3, 2006 @ 12:42 pm