युध्दविराम भङ्ग हुने बेलामा राजा पूर्वाञ्चल भ्रमणमा जाने
२०६२ पुस १३, बुधबार
राजा, दलहरु र माअोवादीले शक्ति देखाउने क्रम जारी छ। दलहरुले ठूल्ठूला सभा गरी शक्ति देखाएका थिए भने अब राजाले पनि माअोवादीको युध्दविराम भङ्ग हुने दिनदेखि नै पूर्वाञ्चलको भ्रमण गरी शक्ति प्रदर्शन गर्ने भएका छन्।
राससले आज जारी गरेको समाचारमा भनिएको छ-
श्री ५ महाराजाधिराज तथा श्री ५ बडामहारानी पूर्वाञ्चल विकास क्षेत्रको वस्तुस्थिति बुझिबक्सन केही दिनको अनौपचारिक भ्रमणका लागि २०६२ साल पुस १७ गते त्यसतर्फ सवारी होइबक्सँदैछ ।
उक्त कुरा श्री ५ महाराजाधिराजका संवाद सचिवालय राजदरबारबाट आज प्रकाशित सूचनामा जनाइएको छ ।
माअोवादीको एक महिना थपिएको युध्दविरामको अवधि सोही दिनदेखि समाप्त हुँदैछ। युध्दविराम जारी हुने-नहुने सम्बन्धमा केही बताइएको छैन। तर माअोवादीहरुले नगर निर्वाचनलाई बिथोल्ने उद्देश्यले विभिन्न किसिमका कार्यक्रमको घोषणा गरिसकेका छन्।

