January 4, 2006

चुनाव स्थगित हुँदैन, धन्दा नमान्नुस्

२०६२ पुस २१ बिहीबार
माअ‍ोवादीहरुले एकपक्षीय युध्दविराम भङ्ग भएको घोषणा अ‍ौपचारिक रुपमा हुनुअघि नै उम्मेदवार र निर्वाचन अधिकारीहरुलाई भौतिक कारबाही गर्नेसम्मको धम्की दिएका कारण कतै माघ २६ मा हुने भनिएको निर्वाचन स्थगित त हुने हैन भनी आशंका उब्जिएको थियो। यस्तो आशंका किन पनि उब्जिएको थियो भने विद्यमान निर्वाचन सम्बन्धी ऐन र नियमावली अनुसार कुनै पनि निर्वाचन क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएमा त्यस क्षेत्रको निर्वाचन स्थगित हुने प्रावधान छ। माअ‍ोवादीहरुले हत्या गर्ने त झण्डै निश्चित नै छ, त्यस्तो अवस्थामा निर्वाचन स्थगित गर्न नपरोस् भन्नाका खातिर सरकारले नयाँ अध्यादेशको तयारी गर्दै रहेको रहेछ। यस अध्यादेश अनुसार कुनै पनि उम्मेदवारको मृत्यु भए पनि उसको निर्वाचन क्षेत्रको चुनाव स्थगित हुने छैन। (more…)

“सावधान ! काठमाडौंमा आक्रमण हुनसक्छ”

२०६२ पुस २०, बुधबार
यो सावधानीको खबर कुनै अन्य ठाउँबाट हैन, स्वयं गृहमन्त्रालयबाट जारी गरिएको हो। माअ‍ोवादीहरुले चार महिनासम्मको एकपक्षीय युध्दविराम भङ्ग गरेपछि त्यसै पनि जनजीवन त्रसित छ। यस्तैमा गृहमन्त्रालयले आज एउटा सूचना जारी गर्दै यस्तो सावधानी गराएको हो।

मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा भनिएको छः केही दिनअगाडि काठमाडौंको सार्वजनिक स्थलहरूमा लुकाइराखेको अवस्थामा हतियार र गोलीगट्ठा फेला परेको तथा हत्या, हिंसा र आतङ्कको बाटो लिएका समूहले उपत्यकाबाहिरका केही जिल्लामा विस्फोटनका घटनाहरू गराएका र यस किसिमको अवाञ्छनीय कार्य काठमाडौंमा पनि गर्नसक्ने खबरहरू प्राप्त हुन आएकोले सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन उक्त कदम चाल्नुपरेको हो ।

मन्त्रालयले अब सर्च र सुरक्षा जाँच निकै कडाइका साथ गरिने संकेत गर्दै यसबाट पर्न जाने असुविधालाई सहज रुपमा लिन समेत भनेको छ। अब यसलाई सहज रुपमा लिने बाहेक अन्य उपाय पनि त छैन। असहज रुपमा लिँदैमा नहुने हैन क्यारे।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.