अशान्ति बढ्दो, आज पनि चारको मृत्यु
२०६२ पुस २२ शुक्रबार
नेपालीको चाहना, शान्तिको स्थापना भन्ने नारा अब नारामा नै सीमित हुने देखिएको छ। युध्दविराम भंग भएपछि जस्तो डर थियो, त्यस्तै हुँदैछ। अब दिनदिनै भिडन्त, हत्याका खबर सुन्ने दिन आएको छ। हिजो नेपालगञ्जमा भएको भिडन्तमा तीन सुरक्षाकर्मीको मृत्युको खबर आएको थियो। आज भने रुपन्देहीमा दुई सुरक्षाकर्मीको मृत्यु, रौतहतको भिडन्तमा एक माअोवादीको मृत्यु र धनुषामा माअोवादीले एक पूर्व प्रहरीको हत्या गरेको खबर आएको छ। (more…)

