गुरुजीको माया सम्झिने तरिका
पोखरा यात्राको संस्मरण- १

यो गुरुजी उपन्यासकार सम्राट उपाध्यायको गुरु अफ लभका गुरुजी हैनन्। थाहा छैन, कहाँबाट चलन आएको हो यो- गाडी चालकलाई गुरुजी भन्ने ! यी गुरुजी थिए हामीलाई पोखराको गन्तव्य पुर्याउने अभिभारा लिएका ट्याक्सीचालकको। उनको माया सम्झिने तरिका पनि अनौठो नै रहेछ। त्यसो त उनको मायाप्रितिको कथा पनि कम रोचक छैन रहेछ। यात्राका क्रममा ती अपरिचित गुरुजीले हामी यात्रुहरुलाई आफ्नो कथा सुनाएका थिए। तपाईँको कथामा त फिल्म नै बनाउनु पर्छ कि क्या हो भनी मैले भन्दा उनी मुस्कुराए अनि यस्तो प्रतिक्रिया दिए मानौँ साँच्चिकै फिल्म बनाउन लागेको हुँ मैले।
दिन थियो सन् २००५ को डिसेम्बर ३० तारिख, शुक्रबार। २४ घण्टाअगाडिसम्म पोखरा जाने कुरा निश्चित भएको थिएन। वास्तवमा मेरा अधिकांश निर्णय हतारमा हुन्छन्। विशेष गरी यात्राको कुरा। लामो समयदेखि योजना बनाइरह्यो भने कि त्यो यात्रा हुँदै हुँदैन कि योजना बनाउँदा बनाउँदै दिक्क लागेर बेयोजनाको यात्रातिर हिँड्छु। खासगरी पहिले हुन्थे यस्ता यात्रा। अहिले त अशान्तिका कारण सडक यात्रा पनि गार्हो र झण्झटिलो भएको छ। त्यसैले झण्डै साढे दुई वर्षपछि काठमाडौं खाल्डो छाड्दै थिएँ।
सुरुमा टिकट लिन भनी कलंकीमा बिहानै जाँदा आधा-आधा घण्टामा माइक्रो जान्छ, त्यसमा टिकट लिनु पर्दैन भनेर काउन्टरमा बस्ने मान्छेले लाइदियो। लौ न त भनी साढे ११ बजेतिर गएको त कहाँको पाउनु सिट ! टिकट नकाटेपछि जसको शक्ति उसको भक्ति पो हुने रहेछ त। तर आधा-आधा घण्टामा गाडी भने पाइने रहेछ। माइक्रोबसको यात्रा छिटो पनि हुने भएकोले धेरै मान्छे माइक्रो यात्रा नै रुचाउँछन्। केही समयसम्म पर्खेपछि माइक्रो त आएन एउटा माइक्रो जस्तै ट्याक्सी भने आयो। त्यसमा ६ जना यात्रु पछाडि सिटमा र १ जना अगाडि अट्ने रहेछ। यसरी ७ जना यात्रु लिएर हाम्रो गाडी दिनको १२ बजे हुँइकियो। मैले पोखरामा रहेका आफ्ना मित्रलाई एसएमएस गरेँ त्यहीँबाट- हामी गाडी चढ्यौं है भनेर।
बसमा भए धेरै यात्रुहरु हुने भएकोले त्यति बोलचाल, चिनापर्ची हुँदैन थियो, तर यसमा कम यात्रु भएको हुनाले सबै एकापसमा घुल्मिलिए। ट्याक्सी भने पनि सिट भने माइक्रोको भन्दा असजिलो थियो। खुट्टा सोझ्याउन नमिल्ने अप्ठ्यारो थियो। भाडा भने माइक्रोमा भन्दा २५ रुपैयाँ बढी अर्थात् ३५० रुपैया लाग्ने रे। गाडी स्याङजा जाने रहेछ। यात्रुहरु भने पोखरासम्मका मात्रै थियौं। थानकोट कटेदेखि नै एउटा हेटौडा जाने माइक्रो हाम्रो अघि-अघि बढिरहेको थियो। त्यो माइक्रोको हामीलाई त्यति वास्ता हुँदैन थियो होला तर त्यसको पछाडितिर लेखिएको वाक्यले भने हामी सबैको ध्यान तान्यो। त्यसमा लेखिएको थियो- के छ रिल्याक्स पार्टी, मुखमा हानौँ जस्तो !
नेपालमा बस्नेहरुलाई त थाहा हुनुपर्छ यो मुखमा हानौं जस्तो थेगोको कथा ! तर नेपालबाहिर बस्नेहरुलाई भनिदिउँ हालौं- यो नेपाल टेलिभिजनबाट प्रसारण हुने एउटा कमेडी सिरियल जीरे खुर्सानीको पात्रले बोल्ने चर्चित थेगो हो। (यो सिरियलको केही अंश कसैले इन्टरनेटमा पनि राखेको रहेछ। यहाँ हेर्नुस्)
आजभोलि नेपालमा चलेको थेगो नै हास्य सिरियलका पात्रहरुले बोल्ने “बेइमान” र “मुखमा हानौं जस्तो” नै हो।
माइक्रो बसको पछाडि लेखिएको त्यो वाक्य सुरुमा हाँसो ठट्टाको विषय बने पनि बारम्बार त्यही कुरा हेर्नुपर्दा हामी सबैलाई इरिटेट हुन थालेको थियो। त्यसैले हामीले भन्यौं गुरुजीलाई- कि तपाईँ यसको अगाडि जानुस् कि पछाडि- दिक्क लाग्यो यो हेर्दाहेर्दा। तर त्यो माइक्रोले हामीलाई गजुरीभन्दा परसम्म पनि पिछा छाडेन।
यात्रा रमाइलोसँग नै भइरहेको थियो। युध्दविराम भंग भइसकेको थिएन। तर संभावित भङ्ग र युध्दको संकेत भने हामीले बाटोभर देख्न पायौं। ठाउँ-ठाउँका डाँडाहरुमा सशस्त्र सेना पहरा दिइरहेका थिए। एक जमाना थियो- ब्यारेकबाट परेड गर्न निस्किएको सेनाको लहरै पंक्ति देख्दा अचम्म मानेर हेर्ने ! अहिले त सस्तो भएको छ सेना पनि। हामी बालबालिका हुँदा तेलकासा खेल्थ्यौं, अचेलका बालबालिकाहरु आर्मी-माअोवादी खेल खेल्छन्….! हिंसाले यस्तोसँग गाँजिसकेको छ मुलुकलाई। ती डाँडामा पहरा दिइरहेका सशस्त्र सेनालाई देख्दा अनुभव हुन्थ्यो- हामी युध्दरत देशमा छौं।
गजुरीभन्दा अलि पर पुगिसकेपछि हाम्रो दशा सुरु भयो। एउटा कुन चाहिँ विशिष्टको सवारी भएको रहेछ। हाम्रो गाडीलाई रोकिहाल्यो। अगाडि र पछाडि सेनाको ट्याङ्कसहितको स्कर्टिङसहित त्यो कुन चाहिँ विशिष्ट व्यक्तिको सवारीले एक लेन पूरै आफ्नो कब्जामा लिएको थियो। त्यो सवारीलाई अोभरटेक पनि गर्न नपाइने, पछाडि-पछाडि पनि जान नपाइने रहेछ। फेरि उनीहरुको गति पनि कम नै हुने रहेछ। उनीहरुको गतिमा हामी हिँड्नु पर्दा ढिला हुनु स्वभाविकै हो। गुरुजी तर्साउँदै थिए हामीहरुलाई- पछिपछि वा अोभरटेक गर्न खोज्यो भने त सीधै गोली हानिहाल्छन् नि। उनीहरुले त मलाई हान्छन् अनि तपाईँहरुलाई यस्तो ड्राइभरसँग आउने हो भनेर गाली गर्छन्।
राजमार्गमा ट्राफिक जाममा फँसेको भए पनि यस्तो विशिष्ट भनाउँदाको सवारीसँग कहिले पनि समय जुध्ने संयोग परेको थिएन। अब हाम्रो हातमा त्यो सवारी मनकामनामा गएर टुंगियोस् भनी कामना गर्नु र गति कम गर्नु बाहेक अरु विकल्प थिएन। तर त्यो सवारी मनकामनामा पनि रोकिएन। अनि हामी यात्रुहरुबीच कसको सवारी होला भनी गेसिङ गेम सुरु भयो। कतिले युवराज पारस होला भनी गेस गरे। अनि त्यहाँ युवराज पारसका करामातका कहानीहरु पनि सुन्न पाइयो। कसैले भने आर्मीका कुनै वरिष्ठ अधिकारी होला भनी गेस गरे। को रहेछ भनेर भने हामीले थाहा पाउनै सकेनौं।
मुग्लिङमा त्यो सवारी रोकिँदा पनि गाडीभित्रको मान्छे टाउको लुकाएर घोप्टो परी सुतिरहेको रहेछ। अनि हामीले विशिष्टको दर्शन गर्न पाएनौं। फेरि त्यो गाडी आउला भन्ने डरले हामी हुँइकियौं मुग्लिङबाट। गाडीको क्यासेट प्लेयर बिग्रिएकोले हल्ला गर्नु बाहेक अरु उपाय थिएन त्यहाँ मनोरञ्जनका लागि। दमौली पुगेपछि बल्ल मोबाइल केही बेरका लागि चल्यो तर फेरि बन्द भइहाल्यो।
खैरिनी पुगेपछि गुरुजीले आफ्नो प्रेमकथा सुनाउन थाल्नुभयो। वास्तवमा गाडीमा चालक छेउ रातो धागो झुण्ड्याएको (माथि फोटोमा हेर्नुस्) देखेर हामीले सोधेका थियौं- यो किन राख्नुभएको भनी। उनले यो कसैले दिएको मायाको चिनो हो भनेर भने। त्यो राख्दा र देख्दा उनलाई आफ्नो माया साथै रहेको अनुभूति हुन्छ रे। बिस्तारै उनी खुल्न थाले र आफ्नो मायाको बारेमा बताउन थाले। हामीसितै यात्रा गर्ने अर्का एक जना भने मायाले दिएको चिनो फर्काउन पोखरा जान लागेको रे। अनि सुरु भयो अर्ती उपदेशका कुरा- माया गर्नु ठीक हो तर किरेजी (गुरुजीको ठेट शब्द) बन्न हुँदैन रे। एकजना त्यसो भन्ने अनि अर्को भने मायामा त्याग गर्नु पनि माया हो भनेर भन्ने। उफ्….यो भिडियोमा अलि अर्ती उपदेशका कुरा सुनिन्छ क्यारे।
लभमा किरेजी बन्नु हुँदैन भन्ने गुरुजी आफै कम किरेजी थिएनन् रहेछ। उनको पञ्जाबी केटीसित लभ परेको रे। इण्डियामा तीन चोटी कोर्ट म्यारिज गरेर नेपाल आएको रे। एकचोटी केटीले हैन भनेर भनेको भए काट्थे रे धोतीहरुले भनी आफ्नो रोमाञ्चक अनुभव उनले सुनाउँदै गए। यसरी कुरा गर्दागर्दै बाटो सहज बनायौं हामीले।
पोखरा प्रवेश गर्न लाग्दाको विजयपुर खोलाको पुल हे भगवान् ! १२ वर्षदेखि उस्तै रहेछ- अझै बनाइसकिएको रहेनछ। त्यो फलामको मक्किसकेको पुलको मर्मत हुँदै रहेछ र गाडी खोलाबाट तार्नुपर्ने रहेछ। अनि फेरि एक पटक नेपालमा भ्रष्टाचारको कुरा भए।
विजयपुर खोला तरिसकेपछि पोखरा आइपुग्यो। पृथ्वीचोकमा हामी सहयात्रीहरु छुट्यौं। गुरुजीले सबैभन्दा रमाइलो भयो आज भनी भन्दै थिए। त्यहाँ ११ वर्षअघि पहिलो पटक भेटेका पोखराका साथी विक्रम हामीलाई लिन आइसकेका थिए। इन्टरनेट नभित्रिसकेको त्यो बेलामा हाम्रो मित्रता पत्रमित्रताबाट भएको थियो। आज ११ वर्षपछि पनि हाम्रो मित्रता कायमै छ। भलै पत्रको ठाउँ थोरै इमेल र च्याटले र धेरै एसएमएसले लिइसकेको छ। तर पत्र लेख्ने र पढ्ने जस्तो मज्जा भने न च्याटले दिन्छ, न ईमेलले, न एसएमएसले।
साढे पाँच बजे बल्ल पोखरा पुगेका थियौं हामी। त्यो दिन अरु केही गर्ने कुरा आएन। राति तीन घण्टाजति मात्रै सुतेको हुनाले टाउको दुखिरहेको थियो। पोखरामा काठमाडौंमा भन्दा निकै जाडो थियो। टाउकोमा टोपीबिना त बस्नै नसकिने। राति सुत्दा भने शायद जीवनमा नै धेरै जाडोको अनुभव भयो मलाई- सिरक अोढ्दा पनि। खुट्टा सक्दो खुम्च्याएर जाडो सही सुत्ने प्रयास गरेँ। यस्तो जाडो एक पटक सन् २००० को पहिलो सूर्योदय हेर्न फुल्चोकीमा खुला आकाशमा रात बिताउँदा भएको थियो मलाई। त्यतिबेला भोलिपल्ट मलाई हनहनी ज्वरोले समातेको थियो। (……क्रमशः)


हा हा हा !!….मलाई त जीरे खुर्सानि को सेरिअल क्या मज्जा लाग्यो…अझै अरु पनि जाओस न क्रिपया…..
Comment by जे. पुन् — January 8, 2006 @ 2:18 am
ho ma pani J.pun sanga sahamat chhu
Comment by prakas — January 8, 2006 @ 6:42 am
jeere khorsani aru pani chha hola ni….ma pardes ma besne manchhe …nepal ma huda herthe…aru pani episode hola ni..??
——————
लौ हेर्नुस् त
Comment by sabin — January 8, 2006 @ 11:02 am
Mukhama hannu jasto!!!!! Kya Umesh Jee yaar!!! aru pani 2,4 ta yastai ramailo clip rakhnus na ho yaso!!!!!
Comment by bharat — January 8, 2006 @ 11:38 am
malai jire khursani thikai lagcha tar bacchaharule dikka parcha study garnu bhanyo ki ekiachoti slc dine jire khurasanima jastai bhanchan gali ta garnu nai hudaina mukhaama ra chadyamma bhancha ke garnu bacchaharulai yesto bhannu hudaina bhanyo bhane aaaa jirele chai bhannu hune maile kin nai bhanchan ghari ghari malai pani risai uthcha…………lai dekher ani sochchu chadyamma din paye ta……………..
Comment by diya — January 8, 2006 @ 12:10 pm
Umeshji! Tapaiko blog ma nepali font ma comments lekhne kasari? tarika batai dinusna hai?
————————
www.chhahari.com/unicode मा गएर कीबोर्ड सेलेक्ट गरी टाइप गरी कपी गरेर यहाँ पेस्ट गर्नुस् न, हुन्न ? - उमेश
Comment by Luitel — January 8, 2006 @ 3:40 pm
Umesh jee,
Ke Rajnaitik sabha haruko vodeo blog sankalan bhako chaina?
chha bhane dinusna,
Comment by Arjun — January 8, 2006 @ 4:41 pm
i really emjoy jire khursani plz keep on continuing the remaining chapter of this program we will be waiting with thanks
Comment by shawn — January 8, 2006 @ 9:00 pm
मलाई त मोजा सिलाउने सेरीयल नै मन पर्यो…संधै हेरे पनि कहिले बोर नहुने anyway thanks for adding more clips
Comment by जे. पुन् — January 8, 2006 @ 11:27 pm
उमेशजी,
धेरै धेरै धन्यबाद जीरे खुसानी को क्लीपहरू पोष्ट गरी दिनु भएकोमा साह्रै मजा आयो हेर्दा अरू पनि यस्ता क्लीपहरू राखिदीनु भए हुन्थ्यो ।
नेपाली
Comment by Nepali — January 9, 2006 @ 4:23 am
Umesh ji
k ho darbar bata bolawat aye jato cha ni?
tapai jasto loktantrabadi reporter kaha i jhina masina kura haru ma adkiraheko ni?
Desh ma jaba jaba sankat auncha taba desh ka rashak bhaneka loktantrabadi patrakar haru nai hun.
Loktantrata ka lagi kalam chalunu paryo. Tapiko sano prayash le bhaye pani loktantra ko kitta ma ubhina dherai uba haru tayar hunchan.
Samsameik bisaya ma kalam chalauda alik base hune thio ki? ahile tapai ko blog writing ma break lageko dekher hairan bhayeko chou.
asha garou chadai nai loktantra badi news harule tapiko blog ma thau paune chan
Uhi
Comment by Breaking news reader — January 9, 2006 @ 12:24 pm
The works you have been doing is appreciated . I regularly go through the site updated by you . i like to help you . I am living in uk and run my own travel agency . I dont know whether you receive the message or not .If you read this please answer my mail
———————–
[हजुर, मैले तपाईँको मेसेज पाएँ। तर तपाईँले दिनुभएको इमेल ठेगाना भने गलत रहेछ। तपाईँहरुको सहयोगबाट नै मेरो संसार चलिरहेको छ। मलाई तपाईँ सालोक्य@जीमेल.कममा पनि सम्पर्क गर्नसक्नु हुनेछ- मेरो संसार]
Comment by kailash nepal — January 10, 2006 @ 3:15 am
aba taruni paye pachi k ko blogging garnu paryo ni?
taruni lai camera dakhyer pattai dine sathi. any way umeshji j hos jasto hos . u r creative human being.
go ahead. we luv to read what ever u write
Uhi
breaking news reader
Comment by breaking news reader — January 13, 2006 @ 8:36 pm
हा हा हा !!….मलाई त जीरे खुर्सानि को सेरिअल क्या मज्जा लाग्यो…अझै अरु पनि जाओस न क्रिपया…..
Thanks,
Leela Bastola
India Gurgaon,India
My Home Address-:
Leela Bastola
Morang,koshi,Ithara-7 kttanu
Nepal
My Website-http://leelash.tripod.com
Comment by Leela Bastoal,Gurgaon ,India — July 3, 2006 @ 1:42 pm
malai jire khursani thikai lagcha tar bacchaharule dikka parcha study garnu bhanyo ki ekiachoti slc dine jire khurasanima jastai bhanchan gali ta garnu nai hudaina mukhaama ra chadyamma bhancha ke garnu bacchaharulai yesto bhannu hudaina bhanyo bhane aaaa jirele chai bhannu hune maile kin nai bhanchan ghari ghari malai pani risai uthcha…………lai dekher ani sochchu chadyamma din paye ta……………..
Leela Bastola
Haryana Gurgaon India
http://leelash.tripod.com
Comment by Leela Bastola — August 2, 2006 @ 7:14 pm
good work .. but .. those clips are already missing umesh ji .. so try and upload some thing else.. it’s pretty good to get a chance to see something like jire khursani clip when u are away from home
Comment by sudhir — September 3, 2006 @ 6:34 pm
Ke nepaliharulai ramro khale natak lekhna aaundain ra!!!
NEW DELHI
INDIA
Comment by PRAKASH — December 5, 2007 @ 7:01 pm