नेपाल स्टारमा धाँधलीको आशंका ?
अपडेटः विष्णु चेम्जोङ (फोटोमा देखिएकी) नै आइतबार राति सवा ८ बजे नेपाल स्टार घोषित भएकी छिन्।
[तलको सामाग्री मेरो संसारका एक नियमित पाठक तथा शुभेच्छुक प्रसन्नको सौजन्यबाट प्राप्त भएको हो]
मेरो पूर्वानुमानमा विष्णु चेम्जोङ नै भरे बेलुका छानिने नेपाल स्टार हुनेछिन्। किनकि धरानमा नै बिहानदेखि सबै साइबर क्याफेहरू उनलाई भोट गर्नको लागि आरक्षित गरिएका छन्। त्यति मात्र कहाँ हो र एउटा ईमेलबाट एउटा मात्र भोट गर्न पाइने भए पनि केही साइटहरूबाट हुँदै नभएको ईमेल एड्रेस प्रयोग गरेर पनि भोट गर्न सकिने गरी बनाईएको छ। http://www.dharanonline.com.np यो साइट त खालि विष्णुलाई भोट गर्न मात्र बनाईएको हो। http://members.lycos.co.uk/mail यो साईट चै मैले आफै बनाएको हो। यसमा तपाइ From लेखेको ठाँऊमा From: लेखेर जे ईमेल एड्रेस लेख्नु हुन्छ पाउनेले त्यही एड्रेसबाट आएको जस्तैगरी ईमेल जान्छ। के नेपाल वान टेलिभिजनले यस्ता ठगीहरू पक्डेर सही चुनाव गर्न सक्छ? हुनत यसमा प्रतियोगीको केही दोष छैन। म मेरो साइटबाट जसलाई पनि जसको नामबाट पनि मेल गर्न सक्छु तर IP Address Track गरेर पत्ता लगाउन सकिन्छ। के नेपाल वान टेलिभिजनसँग यति धेरै समय छ?
नेपाल वान टेलिभिजनको नेपाली तारा को छनौट जनताको हातमा दिनु कत्तिको राम्रो हो, यसको वारेमा सोच्नु भएको छ ? धेरै टाडाको के कुरा गर्नु इण्डियन आइडियल मै तपाईहरूले हेर्नु भएकै होला जजहरूको फेवरेट च्वाइसका राम्रा गायकहरू कम भोट पाएको कारणलेनै प्रतियोगिताबाट बाहिरिएका छन्। के यस्तो हुनु राम्रो हो त ?
इण्डियग आइडियल भनौ या नेपाली तारा यो प्रतियोगिता जित्न राम्रो गायग मात्र भएर नपुग्ने भएको छ। जसको मोवाइल र इन्टरनेट मा वढी पहुच छ त्यसैले यो प्रतियोगिता जित्न सक्ने भएको छ। तपाईले भोट गर्नु पर्यो भने कसलाई भोट गर्नु हुन्छ ? चिनेको लाई कि गायग राम्रो भएकोलाई। तपाईमा संगितकको ज्ञान छैग भने कसरी राम्रो गायक छुट्याउन सक्नुहुन्छ। त्यसैले मेरो विचारमा जनताको भोट र तीन जना जजको भोटको एभ्रेज निकालेर राम्रो गायक छान्नु नै सवै भन्दा उपयुक्त हुन्छ होला।
मेरो पुर्वानुमानमा विष्णु चेम्जोङनै भरे वेलुका छानिने नेपाल स्टार हुनेछिन्। किनकि धरानमा नै विहान देखि सवै साईवर क्याफेहरू उनलाई भोट गर्नको लागि आरक्षित गरिएका छन्। त्यति मात्र कहाँ हो र एउटा ईमेलबाट एउटा मात्र भोट गर्न पाईने भए पनि केहि साईटहरूबाट हुदै नभएको ईमेल एड्रेस प्रयोग गरेर पनि भोट गर्न सकिने गरी बनाईएको छ। http://www.dharanonline.com.np, यो साईट त: खालि विष्णुलाई भोट गर्न मात्र बनाईएको हो। http://members.lycos.co.uk/mail यो साईट चै मैले आफै बनाएको हो। यसमा तपाइ From लेखेको ठाँऊमा From: लेखेर जे ईमेल एड्रेस लेख्नु हुन्छ पाउनेले त्यहि एड्रसबाट आएको जस्तैगरी ईमेल जान्छ। के नेपाल वान टेलिभिजनले यस्ता ठगीहरू पक्डेर सहि चुनाव गर्न सक्छ? हुनत: यसमा प्रतियोगीको केहि दोष छैन। म मेरो साईट बाट जसलाई पनि जसको नामबाट पनि मेल गर्न सक्छु तर IP Address Track गरेर पत्ता लगाउन सकिन्छ। के नेपाल वान टेलिभिजन संग यति धेरै समय छ?
यि सवै अनुत्तरित प्रश्नहरूको जवाफ म तपाई पाठकहरूमा छाडछु। मेरो सम्पर्क gn_bhandari @ yahoo.com तपाईको सुझावहरू पठाउन नभुल्नु होला।


माफ गर्नु होला मैले हतार हतारमा यो समाचार मेरो साइटमा अपलोड गर्दा केहि त्रुटिहरू भएका छन् । मेरो साईटको नाम http://members.lycos.co.uk/mail नभएर http://members.lycos.co.uk/dharanonline/mail हो। यसबाट तपाईलाई पर्न गएको असुविधा प्रति क्षमाप्रर्थी छु।
Comment by प्रसन्न — January 9, 2006 @ 9:25 am
I think, We should vote to genuine singer, if we misuse our vote then it affects to whole Nepalese socity. At this stage, we do not see the relationship or favour/support to any one. The ‘quality never die” it’s my principale. I wish you the best and good luck.
Comment by Lingden S. K. — January 9, 2006 @ 10:16 am
I respect the sentiments of DharanBashis. But, the way Mr. Prasanna openly defends what he had done and the way he presnts his pride over misusing the technical loopholes of the system available to the program, I will say it is a usual trend in Nepal. In Nepal, if you by-pass a queue, you will be considered a hero, but if you wait on queue for hours and got the same thing, its very hard to find people who will praise your great job and ethics. No one talks ethics or maintain morality when it comes yourself, and we preach morality when it comes to others. Mr. Umesh should not have replaced his daily blog by his so called fan’s uploaded page that contains completely unethical approach and open claim on his heroism by doing things that are unethical and immoral. Well, many readers might come and attack me, instead of putting a word against what PRasanna did. In any case, Umesh should let such unethical posting to replace his postings or blogs. So far, I have a high regard to Umesh who always ethically and morally maintained his blog to a new high standard.
Gyaen
Comment by Gyaen — January 10, 2006 @ 11:03 am
k bishnu NEPAL STAR huna lai yogya chaina? technical loopholes lai dekhaudai dhandhali vayo vaner unko yogyata ma sanka gareko malai chahi man paren. cyber cafe reserve garera Bishnu ko paksha bat matra kin nisha ko paksha bat pani voting vayo ni ta.
Bishnu ko lagi voting ko site hamile nai banayo ko ho. hamile voting ak din ( 3 hours) matra din milne banayako thiyo. tar http://dharanonline.com.np voting ko lagi matra banayao web site chahi hoina ni. hamile yo site lai youth portal banaune vaner suru gareko ho. hami sabaiko primary job aru nai vayako le hamile ramro time diyar site lai chalai ra chainau. tar hami chittai nai suru gardai chau.hamile yo vanda agadi ***NEPALI TARA *** ko lagi pani voting ko site banayko thiyo. mero site bat matra 20,000 vanda badhi vothing va thyo. 5 days ma. Bijaya ji (http://bijayrai.com.np) ko site ma multiple voting hune vayako le jhan dherai vothing vako thyo. tapai aafai sochunus na nepal ma 13,00,000 net user chan? yo sab online multiple vothing le garda ta vayako thiyo ni ta.
malai achamma lagcha bishnu ko pachadi kin manche lagi ra chan. yo kura ta dipak limbu ko lagi pani ta va thyo ni. Nisha Atal ko lagi pani ta va thyo ni ! unel ak hapta (?) agadi dekhi biratnagar ko cyber cafe reserve garera vote garai ra thina. Unle vabya concert pani garin . riksha ma maiking pani garain re! yo sab bishnu le garin ra? unma pratibha thiyo unle jitin. online voting ko kura nikaler dhandhali vayo vanne sathi haru ko kura hiro hune chant matra ho jasto lagyo ni hamilai.
Comment by Anish Bhattarai — January 11, 2006 @ 1:26 pm
प्रसन्न जी,
तपाईको भनाईले नै स्पष्ट पार्छ कि तपाई कस्तो व्यक्ति हुनुहुन्छ भनेर । तपाई आफै भन्नुहुन्छ कि तपाईले पनि विष्णुको पक्षमा भोट दिने साईट बनाउनु भएको थियो । अनि आफै भन्नुहुन्छ त्यो धाँधलि पूर्ण छ भनेर । तपाईलाई के लाग्छ निशा चाहि चूप लागेर बसिन् होनी ? निशा नानीको कहानी बयान गर्ने हो भने यहाँ बबाल हुन्छ । बरू सुटुक्क मलाई मात्र भन्नुस्न तपाईले निशा नानीबाट कति जति खाजा खर्च पाउनुभयो ?
द एग्री नेपलिज
Comment by खाँटी धराने — January 12, 2006 @ 8:45 pm
खाँटी धराने साथी
तपाँईले मेरो न्युज रम्ररी पढनु भएन जस्तो छ। मैले माथी उल्लेख गरेको साईट विष्णुलाई भोट गर्न नभएर त्यसरी धाँदली गर्न सकिन्छ भन्ने उदाहरणको लागि मात्र प्रयोग गरेको हो। त्यहाँ बाट तपाई जस्लाईपनि र जे ईमेलबाट चाह्यो त्यहि ईमेलबाट आएको जस्तो हुने गरी पठाउन सकिन्छ भनेर भनेको छु । राम्ररी पढनु होला । अनि मैले पैसा लिएर साईट वनाउने भए सायद तपाँईको प्रश्नको जवाफ दिनु मलाई फुर्सद नै पो हुदैन थियो होला हैन त?
Comment by प्रसन्न — January 14, 2006 @ 5:38 pm
thanks for your website with happy new years 2007.
Comment by Yagya Rai — January 6, 2007 @ 8:02 am