January 10, 2006

भक्तपुरदेखि काठमाडौंसम्म निरंकुशताविरोधी आवाज

DSCI0235
नेपाल मजदुर किसान पार्टीले मंगलबार भक्तपुरदेखि काठमाडौंसम्म निरंकुशताविरोधी आवाज घन्काउँदै पैदल यात्राको आयोजना गर्‍यो। भक्तपुरका बालबालिका, महिला, वृध्द गरी हजारौंले यसमा सहभागिता जनाएका थिए। र्‍याली नयाँ बानेश्वरको लोकतन्त्र चोकमा सभामा परिणत भएको थियो। तस्वीरमा एक बालक स्कूल ड्रेसमा प्लेकार्ड प्रदर्शन गर्दै। थप तस्वीर र भिडियो ब्लगका लागि भित्र आउनुस्।

DSCI0232

यो नेमकिपाको शक्ति प्रदर्शन थियो। निकै तयारी गरेको थियो यसका लागि पार्टीले। करिब २० हजार जनाले यसमा भाग लिएका थिए रे। माघ १९ पछि नेमकिपाले आयोजना गरेको यो पहिलो विरोध सभा थियो।

DSCI0234

पैदलयात्राका लागि आज भक्तपुरमा सबै स्कूल कलेज बन्द गरिएको हुनाले स्कूले बालकदेखि लिएर शिक्षकहरुको पनि यसमा सहभागिता थियो। ६-७ वर्षकादेखि ७० वर्षसम्मका मानिसहरु यसमा सहभागी थिए। निकै व्यवस्थित रहेको यो र्‍यालीमा पैदल यात्रीको सुविधाका लागि पुरुष र महिलाका लागि अलग्गै घुम्ती शौचालय, पानी पिउनका लागि पानी राखिएको गाडी, एम्बुलेन्स साथै ल्याइएको थियो।

DSCI0238
उनीहरुले आफूसित खाजाका लागि दालमोठ र चिउरा पनि बोकेर आएका थिए। म सभाको मध्यतिर त्यहाँ पुग्दा धेरैले पिकनिक मनाए जस्तै गरी आ-आफ्नो समूहमा बसी खाजा खाइरहेको देखिएको थियो। त्यहाँ निकै फोहोर पनि देखिएको थियो। तर पछि उनीहरुले सफा समेत गरेर गए रे। उनीहरु फर्कनका लागि ८०-९० गाडीको समेत व्यवस्था गरिएको थियो।
DSCI0231

DSCI0239
एक वृध्द सहभागी आफ्नो प्यास मेटाउँदै।

DSCI0240
भाषण त के सुन्नु र, पहिले पेट पूजा गरौं नः वृध्दहरुको समूह चिउरा खाँदै।

DSCI0233
युवायुवतीको यो समूह पनि पेटपूजामा नै व्यस्त देखिन्छ।
अरु कार्यक्रममा भए नेताहरुको भाषणलाई ध्यान दिनुपर्ने भएकोले उपस्थित भीडको बीचमा नियाल्न पाइँदैन थियो। फेरि भीडतिर गयो भने अगाडि फर्कन गार्‍हो हुन्थ्यो। आज भने नेताहरुको भाषण हैन, भीडलाई नै हेर्ने भन्दै पछाडिको पंक्तिमा रहेका स्रोताहरुतिर म बढी घुमिरहेको थिएँ।

DSCI0223
जसोतसो भीडलाई छिचोल्दै खिचेको भीडको फोटो।


मञ्च अगाडि जसोतसो पुगेर हेर्दा त एन्टिलाइट पर्ने भएकोले त्यति फोटो राम्रो नआउने रहेछ। तैपनि खिचेको फोटो।

DSCI0215
र्‍यालीमा सहभागी ट्र्याक्टरमा प्रतिगमनविरोधी नारा।


सात दलका कार्यक्रममा गणतन्त्रका चर्का नारा लाग्थे, तर यहाँ त्यस्तो भएन रे। सहभागीहरुले माअ‍ो, लेनिन, स्टालिनसहितका कम्युनिस्ट नेताहरुको तस्वीर बोकेका थिए। जर्ज बुसलाई एक नम्बरको आतंककारी भनी लेखिएको प्लेकार्ड पनि थियो रे भन्ने सुनियो तर मैले भने यस्तो प्लेकार्ड मात्रै देखेँ-


भाषणको मतलब नभएका बालबालिकाहरु र्‍यालीसित आएको गाडीभित्र खेलेर रमाउँदै।

[सबै फोटो म आफैले खिचेको]


यसलाई डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला।

1 Comment »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2006/01/10/bhaktapur-kathmandu-rally/trackback/

  1. Govt. is responsible for every problems that are hindering the overall development of nepal..Govt. should answer all those questions, raised by.. NWPP..
    Pratinidhi sabha sarbochcha adalat bata nabhaye samma, Nepal Majdoor Kisan Party ra anya dalharuko andolan jari rahanechha..
    Long Live Socialism, Down with Imperialism..
    Prajatantra hi hi, Pratigaman bye bye…
    Nirankus raja chahidaina, sambidhan michchna paidaina…
    Kalapani bata bharatiya sena firta gara…
    Bharatiya bistarbad murdabad, american samrajyabad murdabad..
    Thank You

    Comment by Ujwol Shrestha — January 11, 2006 @ 6:44 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.