भिडियो ब्लगः पोखरामा नयाँ वर्ष
आजभोलि सार्है अल्छी भएको छु। खै किन हो कुन्नि। ब्लग गर्नका लागि खासै कुनै विषय पनि छैन। २८ गते जनकपुरमा सात दलको शक्ति प्रदर्शन हुँदैछ। त्यसअघि आज नेमकिपाले भक्तपुर-काठमाडौं जुलुस गर्न लागेको छ क्यारे। सँधै राजनीतिका कुरा लेख्न पनि झण्झट लाग्छ। फेरि आफूलाई राजनीति त्यति मन पनि नपर्ने। कतै कार्यक्रम भयो भने जे देख्यो त्यो लेख्ने र देखाउने मात्र हो मेरो काम। पोखरा यात्राका संस्मरण लेख्छु भनेको पनि यत्तिकै रहेको छ। बरु आज मैले पोखराको भिडियो ब्लग लिएर आएको छु। यसमा फेवातालमा बोटिङ गर्दाका दृश्य, लेकसाइडमा स्ट्रिट फेस्टिभलका क्रममा घैँटो फुटाउने प्रतियोगिता, लेकसाइडमा नयाँ वर्ष मनाउँको क्षण आदि समावेश गरिएको छ। भिडियो हेर्न भित्र आउनु होला।


मलै त च्यंग्बा को गीत मन पर्यो बरु…..rest of them boring…..n it was so boring…..दीजे राजु rocks!!!
Comment by जे. पुन् — January 10, 2006 @ 5:31 am
Janakpor ma huna lageko 7 Rajnitik Dal haruko video blog Mero sansar ma rakhana nabhulnu hola. ke tapain lai katai bata Dhamkita Ako chhaina Tike bharaute haruko? Umesh jee kasaile Dhamkyako bhaya pani nadaraunus. Aba chhitai Ganatanta audai chha Neoal ma.
Comment by Arjun — January 11, 2006 @ 12:47 am
Umesh zee, eso Dhangadi Dang jasta hot spot ma gayera war seen haru khchera rat rat rat goli padke machane la dead body haru gireko ko hot video blog haru rakhe po site pani hot hunthyo ta .
[अनि रटरट पडकेको गोली भटभट छातितिर लागेर ठहरै भइयो भने नि ? बरु तपाईँलाई म त्यहाँको रिपोर्टर नियुक्त गर्छु जानुस् अनि खिचेर ल्याउनुस्, म हालिदिन्छु नि है
]
Comment by Sojo — January 11, 2006 @ 10:23 pm