जनकपुरमा शाही आतंक सुरू
२०६२ पुस २७ बुधबार
[अपडेटः नेपाल दुरसंचार कार्यालय जनकपुर प्रमुख श्याम श्रेष्ठले स्विचिङ्ग शाखामा मुसा पसेकाले टेलिफोन र मोबाइल अवरुद्ध भएको स्वतन्त्र समाचार सेवालाई जानकारी दिएछन्। टेलिफोन विहान ११ बजेदेखि १ः३० सम्म र मोबाइल ११ बजेदेखि साढे १२३० सम्म अवरुद्ध भएको थियो]
शाही सरकारले जनकपुरमा भोलि बिहीबार हुन लागेको शान्तिपूर्ण सभाको पूर्वसन्ध्यामा आज बिहानदेखि टेलिफोन सेवा बन्द गरी आफ्नो निरंकुश चरित्र देखाएको छ। यसअघि बाग्लुङको सभामा पनि माअोवादीको भेषमा सेनालाई पठाएर ठूलै घटना गराउने असफल प्रयास गरिएको थियो। भोलि जनकपुरमा पाँच लाखलाई सडकमा उतार्ने दावी गरिएको छ।
थप समाचार स्वतन्त्र समाचार सेवाबाट-
राजाको निरंकुशता विरुद्ध संघर्षरत सात दलले जनकपुरमा गर्न लागेको विशाल सभाको पूर्वसन्ध्यामा सरकारले यहाँको सञ्चार सेवा अवरुद्ध पारेको छ।
बुधबार बिहानैदेखि टेलिफोन सेवा अवरुद्ध पारिएको छ भने मोबाइल ११ बजेमात्र खुलेको छ । यद्यपि मोवाइल सेवामा गडबडी छ।
दूर संचार कार्यालयका प्रमुख श्याम श्रेष्ठले टेलिफोन सेवा अवरुद्ध हुनुको कारणबारे केही बताउन चाहेनन्। श्रेष्ठको मौनताले सात दलको सभालाई लक्ष्य गरी सेवा अवरुद्ध पारिएको अनुमान गर्न सजिलो बनाएको छ।
सात दलले बिहीबार यहाँ विशाल सभा गर्दैछन्। सभाको सम्पूर्ण तयारी पूरा भएको छ । तराई क्षेत्रमा अहिलेसम्मकै सभामा यो ठूलो हुने अनुमान गरिएको छ। यहाँ जिल्लाजिल्लाबाट सर्वसाधारण सभामा भाग लिन आउने क्रम सुरु भैसकेको छ। सुरक्षा निकायले कतिपय स्थानमा चेकजाँचका नाममा सर्वसाधारणलाई रोक्न थालेको राजनीतिक दलका नेताहरुले बताएका छन्।
संयुक्त जनआन्दोलन केन्द्रीय संयोजक समितिले बिहीबार हुने आमसभा बिथोल्न असंवैधानिक रुपमा नियुक्त प्रशासकहरु सक्रिय रहेको भन्दै त्यसको भर्त्सना गरेको छ।
सात पार्टीका केन्द्रीय नेताले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ-
‘निरंकुशताको अन्त्य गरी पूर्ण लोकतन्त्रको स्थापनाका लागि २०६२ पुस २८ गते बिहीबार आन्दोलनरत सात राजनीतिक दलबाट मिथिलानगरी जनकपुरमा आयोजना गर्न लागिएको विशाल विरोध सभाको सफलता अब सुनिश्चित भइसकेको छ ।
जनताको व्यापक समर्थन र प्रोत्साहन निरन्तर प्राप्त भइरहेको छ । कोशीदेखि बागमतीसम्मका जिल्लाहरुबाट ठूलो संख्यामा तथा अन्य जिल्लाहरुबाट उल्लेख्य संख्यामा सहभागीहरु आउने जानकारीहरु प्राप्त भइरहेका छन् । धनुषा, महोत्तरी र र्सलाहीका हरेक गाविसमा स्थानीय स्तरका सम्पूर्ण तयारी भइसकेका छन् एवं पदयात्री हिडिसकेका छन्।
यी सबै सूचनाका कारण सर्वसत्तावादी असंवैधानिक सरकारको जग हल्लिएको छ । प्रशासनतन्त्र आत्तिएर रातीराती प्रचार सामग्रीहरु च्यात्ने, हटाउने, बाटामा हिडिंरहेकाहरुलाई आतंकित र तर्साउने जस्ता कार्यहरुमा लागेका छन्। निर्वाध आवतजावत गर्ने, शान्तपूर्वक भेला हुने तथा राजनैतिक रुपमा संगठित हुने जन्मसिद्ध र संविधान प्रदत्त मौलिक अधिकार खण्डित गर्ने यस कृष्कृत्यको हामी घोर भर्त्सना गर्दछौं’ ।
यस्ता दुष्चक्रले हाम्रो विरोध सभाप्रति जनताको प्रतिवद्धता र समर्थन अझ बढनेमा हामी ढुक्क छौ। विशाल विरोध सभामा अझ सक्रियतासाथ सहभागी हुन अपील छ ।


Unicode ma rakhnubhayeko bhaye hune thiyo. Hami lai aru font herna garo hunchha
Comment by Sk, ITC — January 11, 2006 @ 6:22 pm
ke ho yesto letter?
[आज दिउँसो म युनिकोड नभएको कम्प्युटरमा थिएँ, त्यसैले प्रीति फन्टको प्रयोग गरेको थिएँ- मेरो संसार]
Comment by rame — January 11, 2006 @ 6:37 pm
Umesh ji,
Should you type in Preeti font because of lack of the Unicode Typing Software, you may use http://www.geoguru.com/GyaNeX/GyaNeX.php for translation of Preeti font based Nepali into Unicode based Nepali. Though its not 100% accurate, but its above 99% accurate. All this can be done online and you don’t need any additional software except Unicode fonts in the computer you are using.
For direct unicode Nepali typing, you may use
http://www.geoguru.com/GyaNeX/index.php
Read the instructions carefully. There will be pop-up window and that may look irritating, I suggest you to put on side window. I had to use it to let you type and see at the same time. It updates only when you press a new space key “space bar” i.e. at the end of each new word. If you don’t see you have to add extra space at the end of document. Happy Unicode Online Typing.
GyaNeX Solutions.
Comment by GyaNeX — January 11, 2006 @ 9:50 pm
युनिकोड मा राख्नु भएकोमा धन्यवाद छ । हामीहरुलाई फन्ट install गर्ने अनुमति हुदैंन तेसैले GyaNeX ले दिनुभएको सुझावले काम गर्यो भने साप्ताहिक पत्रिका पढन मिल्ने भयो । GyaNeX लाई पनि धन्यवाद छ
Comment by श्री, ITC — January 11, 2006 @ 11:44 pm
Sri-ji,
My GyaNeX Solutions works very well in translating Preeti Fonts. I always read nepali news papers and http://www.nepalipost.com/ news views eventhough the computer does not have Preeti font. You just have to copy and paste on my GyaNeX.php (please make sure that you are typing upper case and lower case characters correctly).
Happy Unicode nepali reading.
GyaNeX
You may also use: http://www.chhahari.com/unicode/
developed by Rajesh Shrestha. He had kindly endorsed my
keyboard in his website.
GyaNeX Solutions
Comment by GyaNeX — January 12, 2006 @ 5:24 am