January 12, 2006

जनकपुरमा उर्लियो जनसागर


निरंकुशताको अन्त गर्न सात दलद्वारा आयोजित विरोध सभामा जनसागर उर्लिएको देखेर स्वयम आयोजकहरुले जिब्रो काढे। लाखौलाख नागरिकले उत्साहसाथ जनसभामा भाग लिए।

मिथिला क्षेत्रमा भएको विरोध सभामा जनसागर उर्लेको देखेर नेताहरु दंग पर्दै चर्का भाषण गरे। उनीहरुले भनिदिए-अब राजाको शासन समाप्त हुन्छ।

राजाको शासनलाई लम्ब्याउने सोचाई बोकेका दलाल पिछलग्गु तथा चम्चाहरुले विरोध सभालाई बिथोल्न गरेको प्रयासलाई निस्क्रिय पार्न नागरिक सञ्जाल सक्रिय रह्यो। सुरक्षा बेस क्याम्पमा पाँच वटा बसलाई भने सुरक्षाकर्मीले रोकिदिए। भिमवान क्याम्प नजिक बसहरुलाई रोक्दै झण्डा, ब्यानर र तुल खोसियो।

पूर्ण लोकतन्त्र हाम्रो जन्मसिद्ध अधिकार भन्ने नाराका साथ आयोजित विरोध सभामा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले जनतामाझ चार वटा प्रश्न राखे- ‘तपाईहरु निरंकुशतन्त्रको अन्त चाहनुहुन्छ कि हुन्न - पूर्ण प्रजातन्त्र चाहनुहुन्छ कि हुन्न - शान्ति चाहनु हुन्छ कि हुन्न - र स्वतन्त्रता स्वाभिमान चाहनुहुन्छ कि हुन्न -’



भिडियो हेर्नका लागि माथिको प्ले बटनमा क्लिक गर्नुस्।

उनको प्रश्न नसकिँदै लोकतन्त्रवादीहरुको जमघटबाट एकै स्वरमा आवाज निक्लियो-चाहन्छौं। कोइरालाले यही उत्तरका साथ सात दल माओवादीसित सहकार्यमा जुटेको जानकारी दिए।

जनकपुरको विरोध सभामा ओर्लेको जनसागर देखेर आफूलाई काठमाण्डौंमा माघ ७ गते हुने विरोध सभाबाट राजतन्त्रको अन्त हुने विश्वास लागेको बताए।

‘हामी गणतन्त्रमा जान्छौं कि प्रजातन्त्रमा रहन्छौं’ भन्ने निर्णय गर्ने सम्पूर्ण अधिकार जनतामा रहेको भन्दै कोइरालाले थपे- ‘राजा आफूलाई दैवीशक्ति भन्छन्। तर राजा दैवीशक्ति रहेनन, दरबार हत्याकाण्डसँगै समाप्त भयो।

एमालेका महासचिव माधवकुमार नेपालले विशाल सभा देखेर हौसिदै भने-राजतन्त्रको अन्तिम दिनगन्ती सुरु भैसकेको छ। त्यो दिन टाढा छैन। माघ ७ गते जनताले ढाड भाँच्ने छन् र त्यसपछि हामी डाँडा कटाइदिनेछौं।

मधेशीको अधिकार, महिलाको समान अधिकार उत्पिडीत सबैलाई अधिकार पुरानो संविधानले दिन नसकेको उल्लेख गर्दै नेपालले यही कारण नयाँ संविधान आवश्यक भएको बताए।

‘नयाँ संविधानमा क्षेत्रीय भावना, जातिय भावनालाई कदर हुने र छुवाछुत जस्ता समस्या समाप्त हुने’ उनले बताए।

प्रजातान्त्रिक काग्रेसका कार्यवाहक सभापति गोपालमान श्रेष्ठले आफ्नो दलको महाधिवेशनले विधानबाट राजतन्त्र शब्द सर्वसम्मति झिकिदिएको उल्लेख गर्दै निरंकुश राजतन्त्र समाप्त पार्न संविधान सभाका लागि सक्रिय हुन उद्योगी, व्यावसायी तथा किसानसँग आग्रह गरे।


जनमोर्चाका अध्यक्ष अमिक शेरचनले नेपाली जनता अब लोकतन्त्रको दिशामा बढिसकेकाले मुलुकमा गणतन्त्र आउनलाई कसैले छेक्न नसक्ने बताए।

मानव जनसागरअगाडि गोली बारुदका केही काम छैन भन्दै शेरचनले ‘नगर निर्वाचनका उम्मेदवारलाई समर्थन नगरौं, भोट नखसालौं’ भन्ने सन्देश घरघरमा पुर्‍याउन सके निरंकुशता त्यसै थला पर्ने बताए।

नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले मुलुकमा प्रजातन्त्र विदेशीको भरमा होइन नेपाली जनताको खुट्टामा उभिएर आइरहेकाले संकिर्ण राष्ट्रवादीले जनताको ध्यान मोडनको लागि नगर निर्वाचनको चालबाजी रचेकाले त्यसको विरोध अनिवार्य बनेको तर्क गरे।
नेसपाका उपाध्यक्ष भरतविमल यादवले राष्ट्रघाती काम जनता र नेताबाट होइन राजाद्वारा हुने गरेको बताए।

वाम मोर्चाका अध्यक्ष नन्दकुमार प्रसाईले लोकतन्त्रको संस्कारलाई बलियो बनाउन नगर निर्वाचनको विरोध गरौं भन्ने आग्रह गरे।

बाह्रविघामा १२ बजे आउन जनतासँग आव्हान गरिएपनि दस बजेदेखि नै भीड सुरु भएको थियो।

गाउँका किसानहरु युवा संघको अगुवाईमा एक सय एक गाडामा कृषि ज्यावल प्रदर्शन गर्दै विरोध सभामा सहभागी भएका थिए।
समाचार स्रोतः स्वतन्त्र समाचार सेवा फोटो स्रोतः विनोद जोशी/एपी

6 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2006/01/12/janakpur-rally-video/trackback/

  1. यति धेरै नेपालीको आवाजलाई दरवारले उपेक्षा गरेर कति दिन थेग्न सक्छ ? चाउचाउस्कु पथमा जान उक्साउनेहरु ले ४६ सालमा हाब्रेको गति बिर्सेजस्तो छ । राजा तिमी नांगो छौ है, चेतना भया । जनताको आवाज नसुनेर भाट्हरुको पछि लाग्दा कहाँ पुगिन्छ ईतिहासमा धेरै ठाउँमा लेखिईसकिएको छ। कहिलेकाँहि दुःख लाग्छ, अर्को लेखिने नाउँ नेपाल हुनेभयो ।

    Comment by श्री, ITC — January 12, 2006 @ 11:09 pm

  2. Great!

    Comment by Paramendra Bhagat — January 13, 2006 @ 1:41 am

  3. अहिले को जन सकती को प्रदशन को अगदि एसो हेरदा नीब्ने बेलामा चम्केको बती झै छ राजा तिम्रो सत्ता………

    Comment by जे. पुन् — January 13, 2006 @ 4:21 am

  4. अब त्यो राजाको दिन गए । अब हामी जनताका दिन आए। यो सत्यता कसैले लुकाएर लुक्दैन। आजभोलीका दिनका समारोहमा देखीएका सहभागीको संख्या ले खुलस्त पार्दै आएको छ।

    GyaNeX

    Comment by GyaNeX — January 14, 2006 @ 6:55 am

  5. Gyanex dai,

    tapai kahile dekhi bahudal ko supporter ni? I thought you were always king’s supporter.

    Comment by pyare — January 16, 2006 @ 1:51 pm

  6. marde marde ****lai…..
    katde…. nachhod teslai….
    aba arko jeth 19 chahiyeko chha yeha….

    maobadi haru… maro na yar…. *** dai lai…
    all the best

    Comment by apildev neupane — January 24, 2006 @ 9:42 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.