January 12, 2006

नयाँ दिल्लीमा गणतन्त्रको पक्षमा प्रदर्शन हुने

नेपालमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा भारतको राजधानी नयाँ दिल्लीमा एक महिनापछि फेब्रुअरी १२ मा विशाल प्रदर्शन हुने भएको छ। तर, भारतका प्रवासी नेपालीहरुको विभिन्न संगठनबीच मतभिन्नता रहेकोले सबै मिलेर संयुक्त प्रदर्शन गर्न लागेका भने हैन रहेछन्। दुःखलाग्दो कुरा !

मेरो ईमेलमा प्राप्त भएको नेपाली जनअधिकार सुरक्षा समिति, भारतका अध्यक्ष लक्ष्मण पन्तले जारी गरेको प्रेस विज्ञप्ति पढ्न भित्र आउनुहोला।

नेपाली जनअधिकार सुरक्षा समिति, भारत
केन्द्रीय समिति
नई दिल्ली १० जनवरी २००६
प्रेस विज्ञप्ति

सामन्ती राजतन्त्रका विरुद्ध नेपाली जनताको संघर्ष आज निर्णायक चरणमा प्रवेश गरेको छ । नेपाललाई आत्मनिर्भर स्वतन्त्र र र्सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्ने नेपाली जनताको चिरप्रतिक्षित आकांक्षा साकार हुन थालेको यस घडीमा नेपाल कम्युनिष्ट पार्टी माओवादी) र सात दलबीच मंसिर ७ गते भएको समझदारीले राजतन्त्र विरोधी आन्दोलनमा थप उर्जा प्रदान गरेको कुरा र्सवविदितै छ । यसका साथै इतिहासलाई दोहोर्‍याउ“दै फुटाऊ र राज गरको आफ्नो नीतिमा कायम रह“दै जनताको ऐतिहासिक एकतालाई टुक्र्याउने कामलाई सामन्ती शाहीले अझ तीव्रता दिने पनि स्पष्ट छ । विशाल गाम्रीण भू-भागहरु हिजोका दिनहरुमै गणतन्त्रमय बनिसकेको र अब शहरहरु पनि गणतन्त्रको पक्षमा लामबद्ध भएकाले सामन्ती कित्तामा बैचैनी र घडबडाहट हुनु नितान्त स्वाभाविक हो । विभिन्न विचारधारा र राजनीतिक कित्ताका बा“डिएका नेपाली जनता एकढिक्कामै राजतन्त्रविरुद्धको संघर्षलाई अघि बढाउन चाहन्छन् तर जनविरोधी दरवारियाहरु भने जनताको यस ऐतिहासिक एकतालाई हरहालतमा तोड्न चाहन्छन् । सिंगो देश संविधान-सभाको निर्वाचनमार्फ् राष्ट्रकै प्रमुख जनप्रतिनिधिहरुको निर्वाचन चाहेको छ तर राजाले जनतालाई मूर्ख बनाउनका लागि नगर निकायहरुको निर्वाचनको घोषणा गरेका छन् ।

लोकतान्त्रिक गणतन्त्रको पक्षमा लामो समयदेखि भारतका नेपालीहरुबीच काम गर्दै आएको हाम्रो संगठन नेपाली जनअधिकार सुरक्षा समिति, भारतले विगतमा लाखौं जनतालाई गणतन्त्र नेपालको पक्षमा संघर्षको मैदानमा उतारेको छ । हजारौंहजार जनताको उपस्थितिमा मुर्म्बई र कोलकातामा हालै सम्पन्न आमसभाहरुमा क्रान्तिकारी कित्ताबाट मात्र नभएर सात दलको पनि प्रतिनिधित्व गराउ“दै बाह्र बु“दे समझदारीको भावनालाई व्यवहारमा रुपान्तरण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न संगठन सफल रहेको छ । संविधान-सभामार्फत् लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि संयुक्त आन्दोलन उठान गर्न सरकारद्वारा घोषणा गरिएको नगर निकायहरुको निर्वाचनलाई ध्वस्त पार्ने र सशक्त बहिष्कार गर्ने नेपाल कम्युनिष्ट पार्टी माओवादी र साल दलको आह्वान र अपिललाई स्वीकार गर्दै हाम्रो संगठनको पहलमा प्रवासी नेपाली संघ-भारत, नेपाली जनसर्म्पर्क समिति-भारत र लोकतान्त्रिक आन्दोलन सहगोग समितिस“ग २८ डिसेम्बर, ४ जनवरी र ८ जनवरीमा तीन चरणको वार्ता सम्पन्न भएको थियो । तीनै चरणको वार्ताको दौरान र त्यसको अघिपछि पनि चारवटा संगठनबीच लामो बहस र छलफलपछि अन्ततः ५ फेवु्रअरीमा दिल्लीमा संयुक्त बृहत् जनप्रदर्शन गर्ने निर्णय गरिएको थियो । तर संयुक्त प्रदर्शन गर्ने सहमति भएको १० घण्टा बित्दानबित्दै ९ जनवरीको विहान प्रवासी नेपाली संघका तर्फाट संयुक्त संघर्षमा जान नसकिने भनी खेदसहितको सूचना हाम्रो कार्यालयमा फोनमार्फत् प्राप्त भयो । संयुक्त कार्यक्रम गर्ने पूर्वसहमतिलाई तोड्ने यस निर्णयलाई हामीले गम्भीर र दुर्भाग्यपूर्ण ठानेका छौं । त्यसैले हाम्रो संगठनले आफ्नो बलबुतामा लोकतान्त्रिक गणतन्त्रको पक्षमा आगामी फेवुअरी १२ शनिवार दिल्लीमा बृहत् जनप्रदर्शन गर्ने निर्णय गरेको छ । हामी अझै पनि प्रनेसंघ, नेजस र लोगससप्रति आशावादी छौं र ती संगठनका नेतृत्वलाई उहा“हरुको उक्त दुर्भाग्यपूर्ण निर्णय बाह्र बु“दे समझदारीबाट पछि हटाइ होइन भने १२ फेब्रुअरीमा जनअधिकारले दिल्लीमा आयोजना गरेको जनप्रदर्शनमा उक्त संगठनहरुको जनतासहितको सहभागिता रहनेछ । हामी यसै अपिलमार्फ् हाम्रा सबै समितिहरुलाई १२ फेवुअरीको जनप्रदर्शनलाई दिल्लीमा लाखौं जनता उतारेर सफल पार्नका लागि हार्दिक अपिल गर्दछौं । यसैगरी देशभित्रको चुनाव बहिष्कारको आन्दोलनस“ग जोड्दै १४ जनवरी २००५ देखि नगर/जिल्ला स्तरमा आमसभा, गोष्ठी, पत्रकार सम्मेलन, कोणसभा, भित्तेलेखन आदि संघर्षका विविध रुप अंगाल्दै संघर्षलाई अघि बढाउन अपिल गर्दछौं । यसैगरी हामी भारतस्थित नेपालीका विभिन्न संगठनहरुमा आबद्ध जनता र कार्यकर्ताहरु तथा भारतीय विभिन्न दल र संघ, संस्थाहरुलाई पनि १२ फेवुअरीको दिल्लीको जनप्रदर्शन र अन्य स्थानीय संघर्षका कार्यक्रमहरुमा सहभागिता जनाउन हार्दिक आग्रहसमेत गर्दछौं ।
लक्ष्मण पन्त
अध्यक्ष
केन्द्रीय समिति
नेपाली जनअधिकार सुरक्षा समिति, भारत

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2006/01/12/protest-planned-in-indian-capital/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.