नेताहरुलाई मण्डेला सहयोगीको गोप्य प्रशिक्षण
अफ्रिकी नेशनल कांग्रेसका नेता नेल्सन मण्डेलाका सहयोगी नेता इब्राहिम इब्राहिमले नेपालका राजनीतिक दलका नेताहरुलाई गोप्य प्रशिक्षण दिएको खुलासा स्वतन्त्र समाचार सेवाले गरेको छ। उनले आन्दोलनरत सात दलका साथै राप्रपाका नेतालाई गोदावरीमा तीन दिनसम्म प्रशिक्षण दिएका रहेछन्।
प्रशिक्षणमा इब्राहिमले शान्तिपूर्ण प्रजातान्त्रिक संर्घष सञ्चालन विधि र द्वन्द्व समाधानका विषयमा प्रशिक्षण दिएको बताइएको छ।
शान्तिपूर्ण आन्दोलनबाट अफ्रिकामा जारी सशस्त्र द्वन्द्व समाधान गर्न सफल अहिंसावादी नेता मण्डेलाका सहयात्रीले दिएको सो प्रशिक्षणमा आठ दलको तर्फबाट तीन/तीन जना नेताले भाग लिएका थिए। प्रशिक्षणको विषयवस्तु र सहभागी नेताहरुको नाम समेत गोप्य राखिएको छ।
मण्डेलाका सहयात्री इब्राहिम अफ्रिकामा सफल भएको रंगभेद विरुद्धको अहिंसात्मक आन्दोलनका एक सक्रिय सहभागी हुन्। आन्दोलनको क्रममा उनले २० वर्ष जेल जीवन बिताएका थिए।
प्रशिक्षणमा सहभागी एमालेका नेता शंकर पोखरेलले गोदावरीमा प्रशिक्षण सञ्चालन भएको स्वीकार गरे पनि थप केही बताउन चाहेनन्। ‘यो ब्यक्तिगत प्रशिक्षण हो, त्यसैले म केही पनि बताउन सक्दिनँ’ उनले भने।


Hamra Neta haru lai satbuddi diyeko ta ramari ho, tara ke garne satta paye bane feri ustai ho……………,
Comment by Bishnu — January 14, 2006 @ 1:16 am