चक्रपथभित्र शान्तिपूर्ण जुलुस, सभामा समेत रोक
अधिकाशं नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु
कर्फ्युको घेराभित्रबाट पहिलो पडकास्टः सुन्नलाई यहाँ क्लिक गर्नुस्। यसमा काठमाडौं र ललितपुरको चक्रपथ क्षेत्रभित्र कुनै पनि किसिमका धर्ना, जुलुस, सभा गर्न नपाइने भनी नेपाल टेलिभिजनबाट प्रसारित सूचना पनि सुन्न सकिन्छ।
२०६२ माघ ३ सोमबार
(820 pm NST) काठमाडौं र ललितपुरको चक्रपथभित्रका क्षेत्रमा भोलिदेखि अर्को सूचना जारी नभएसम्म शान्तिपूर्ण सभा र जुलुस गर्न समेत रोक लगाइएको समाचार भर्खरै नेपाल टेलिभिजनबाट प्रसारण भएको छ। यसअघि अनिश्चित कालका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लाग्ने सूचना पनि जारी गरिएको थियो। त्यसैगरी गृह मन्त्रालयले माघ ७ गते हुन लागेको सात दलको सभामा भाग नलिनु भनेर सूचना जारी गरेको थियो।
Update 1 (835pm NST) सरकारले दलहरुलाई पनि माघ ७ को विरोध कार्यक्रम स्थगित गरेर वार्तामा आउन भनेको थियो। तर दलहरुले भने सरकारले जस्तोसुकै बहाना बनाए पनि पूर्व निर्धारित कार्यक्रम गरेरै छाड्ने दावी गरेका थिए। काँग्रेस प्रवक्ता कृष्ण सिटौला, एमालेका वामदेव गौतम र प्रजातान्त्रिकका मिनेन्द्र रिजालले सरकारसँग वार्ता नहुने बताएको कान्तिपुर टेलिभिजनले जनाएको थियो। तर पछिल्लो पटक भोलिदेखि अर्को सूचना जारी नभएसम्म शान्तिपूर्ण सभा र जुलुस गर्न समेत रोक लगाइएको समाचारप्रति नेताहरुको प्रतिक्रिया आउन भने बाँकी नै छ।
अधिकांश नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
शान्ति सुरक्षा सुदृढ भएकोले चुनाव गराउन लागेको भनेर डिङ हाक्ने सरकारको दावी कति फोस्रो रहेछ भनेर त आज देशका विभिन्न ठाउँमा लगाइएको कर्फ्युले नै प्रष्ट पारेको छ। राजधानीपछिको दोस्रो महत्त्वपूर्ण सहर पोखरामा त झन् ९ बजेदेखि नै कर्फयु लगाइएको छ।
साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म निम्न विभिन्न स्थानहरूमा आवतजावत गर्न, भेला हुन र कुनै किसिमको सवारीसाधन सञ्चालन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ-
पोखरा उपमहानगरपालिकाका सबै क्षेत्रहरू, पृथ्वी राजमार्गको पृथ्वीचोकदेखि तनहुँ जिल्लाको सिमाना कोत्रेसम्मको राजमार्ग र सो राजमार्गको दायाँबायाँ ५०० मिटरको क्षेत्र, सिद्धार्थ राजमार्गको पृथ्वीचोकदेखि स्याङ्जा जिल्लाको सिमाना कुभिन्डे भन्ज्याङसम्मको राजमार्ग र सो राजमार्गको दायाँबायाँ ५०० मिटरको क्षेत्र (पोखरा-बागलुङ -भूपि शेरचन) राजमार्गको जिरो किमिदेखि पर्वत जिल्लाको सिमाना नयाँ पुलसम्मको राजमार्ग र सो राजमार्गको दायाँबायाँ ५०० मिटरको क्षेत्रमा।
त्यसैगरी तनहुँको दमौली, कास्कीको लेखनाथ नगरपालिका, स्याङ्जाको पुतलिबजार र वालिङ नगरपालिका, रौतहटको गौर नगरपालिका, सुनसरीको इनरुवा र इटहरी नगरपालिका, सप्तरीको राजविराज नगरपालिका, झापाको दमक, मेचीनगर र भद्रपुर नगरपालिका क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ।


ए….., तपाईँको शाही सेना र प्रहरी बाहादुरीसंग पछी हट्दै रहेछ । डराएर हैन । कसो पिटर जी र थापा जी?
Comment by श्री, ITC — January 16, 2006 @ 8:35 pm
hi umeshji . u did a good reporting and keep on inform us the lattest news of nepal .. cause.. we r out of the country…
Comment by ssbb — January 16, 2006 @ 9:00 pm
you are a girija ko chamcha ho umesh
Comment by jon — January 17, 2006 @ 3:25 am
why would he be Girija’s chamcha… when he can be a fork!! lol…. yo jon you are freak man… come on all he does is gives us news, respect dude, respect!!
Comment by Mukti Sir — January 17, 2006 @ 3:35 am
Hey Jon!
Rather than Umesh ji the only source of fair news in present context you seems to be the real chamcha of autocratic royal government.
Dear Umesh ji Please keep it up regardless of what these shahe bhatuwa says.
Comment by Ajaya Shrestha — January 17, 2006 @ 1:50 pm