शाही सरकारलाई अर्को धक्काः ७२ पार्टीले निर्वाचनमा भाग नलिने
२०६२ माघ ३, सोमबार
मन्त्रीहरुले आफ्नो दल र आसेपासेलाई जिताउने षड्यन्त्र गरेको र शान्तिसुरक्षाको स्थिति नाजुक रहेकाले आसन्न नगरनिर्वाचनमा भाग नलिने घोषणा ७२ वटा साना दलले गरेको समाचार निजी क्षेत्रको समाचार समिति स्वतन्त्र समाचार सेवाले दिएको छ भने २८ साना पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेको समाचार सरकारी सञ्चार माध्यम राससले दिएको छ। एउटै ठाउँमा भएको कार्यक्रमलाई पनि निजी र सरकारी सञ्चार माध्यमहरुले कस्तो ठ्याक्कै उल्टो बुझिने गरी आफ्नै ढंगमा समाचार सम्प्रेषण गर्ने कार्य हाल नेपालमा भइरहेको छ भनी बुझ्न पनि तपाईँले यी दुई समाचार पढ्नु पर्ने हुन्छ।
सबैभन्दा पहिला स्वतन्त्र समाचार सेवाको समाचार
चुनावमा उम्मेदवारी दिन्नौं: साना दल
‘मन्त्रीबाट आसेपासेलाई जिताउने प्रपञ्च’
स्वतन्त्र समाचार सेवा
काठमाडौं/आरम्भमा राजाको समर्थन गर्दै ती दल निर्वाचनमा भाग लिन हौसिएका थिए । राष्ट्रिय र अन्तराष्ट्रिय जगतबाट अस्वीकार गरिएको निर्वाचन साना दलले समेत अस्वीकार गरेकाले २६ माघको निर्वाचन नहुने पक्कापक्की भएको छ ।
नगरपालिकाको निर्वाचनको तिथि आउन २३ दिनमात्र बाँकी रहेकै बेला पर्याप्त शान्तिसुरक्षा नरहेको भन्दै ती ७२ साना दलले निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन्।
आरम्भमा राजाको समर्थन गर्दै ती दल निर्वाचनमा भाग लिन हौसिएका थिए । राष्ट्रिय र अन्तराष्ट्रिय जगतबाट अस्वीकार गरिएको निर्वाचन साना दलले समेत अस्वीकार गरेकाले २६ माघको निर्वाचनमा अन्यौल छाएको छ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ती दलका नेताले निर्वाचनमा भाग लिन भनेर निर्वाचन आयोगमा पार्टी दर्ता गराएको भए पनि सरकारमा सामेल मन्त्रीहरुले आफ्नो पार्टी नजिकका मान्छेलाई मात्र जिताउने षड्यन्त्र गरेको, शान्तिसुरक्षाको स्थितिमा अझै सुधार नभएकोले उम्मेदवार खडा गर्न नसकिने बताए ।
ती दलले राजाको १९ माघको कदमलाई असफल बनाउन मन्त्रिपरिषद्का उपाध्यक्ष र मन्त्रीहरु लागिपरेको आरोप पनि लगाए ।
निर्वाचन आयोगले साना दललाई निर्वाचन चिन्ह नदिएको भन्दै साना दलले आयोगको आलोचना गरे ।
७२ दलको संयुक्त मोर्चा र्सवदलीय मोर्चाका संयोजक सुष्मा शर्माले पत्रकार सम्मेलनमा चुनावमा भाग लिन दलहरुलाई सरकारले सुरक्षा दिन नसकेको र मन्त्रीहरु आफ्नो पार्टी कार्यकर्तालाई समेत सुरक्षा दिन नसक्ने स्थितिमा पुगेको बताइन्।
नेपाल जनप्रजातान्त्रिक पार्टी तथा समतामूलह्क बहुदल गठबन्धन -तेह्र पार्टीका अध्यक्ष शेरबहादुर कार्कीले सरकारका मन्त्रीले भत्ता मात्र खाएर राजाको बदनाम गराएको भन्दै साना राष्ट्रवादी दलहरुलाई सरकारले सहयोग नगरेको तर निर्वाचन आयोगमा दल दर्ता गराएर साना पार्टी राजाको कदमलाइ सहयोग गरी सकेको धारणा राखे ।
निर्वाचनमा भाग नलिने घोषणा गर्ने साना दलको पत्रकार सम्मेलनमा कन्जरभेटिभ पार्टी अध्यक्ष दिभरतबहादुर बिसुराल, नेपाल देशभक्त प्रजातान्त्रिक पार्टी अध्यक्ष राजेन्द्रकुमार र्राई , नेपाल शान्ति क्षेत्र परिषद्का केदारप्रसाद पौडेल, शान्ति एकता राष्ट्रिय दलका कर्णबहादुर सिंह , नेपाल देशभक्त पार्टी शंकरलाल श्रेष्ठ, नेपाल को-अपरेटिभ पार्टी तोयानाथ दाहाल ,नेपाल राष्ट्रिय एकता पार्टी दयाकृष्ण न्यौपाने, बहुजन समाज पार्टी नेपालका अध्यक्ष रमेशकुमार लिङदेनको उपस्थिति थियो ।
अब सरकारी सञ्चार माध्यम राष्ट्रिय समाचार समितिले आज भएको यही कार्यक्रमको समाचार कसरी दियो हेर्नुस्
सर्वदलीय मोर्चा-निर्वाचनमा भाग लिने
काठमाडौँ, ३ माघ । नगर निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका २८ राजनीतिक दलसम्मिलित सर्वदलीय मोर्चा निर्वाचनमा सहभागी हुने भएको छ ।
मोर्चाद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा मोर्चाले शान्ति र राष्ट्रिय एकताको नारा लिएर दलमा सक्रिय सहभागी हुने जानकारी दियो ।
सो अवसरमा मोर्चाका संयोजक तथा नेपाल शान्तिक्षेत्र परिषद्का अध्यक्ष सुषमा शर्मा बडाल, राष्ट्रियता जगेर्ना पार्टी गणेश पुडासैनी, स्वतन्त्र नेपाल प्रजातन्त्र पार्टी शम्भु गजुरेल क्षेत्री, नेपाल देशभक्त प्रजातान्त्रिक पार्टी राजेन्द्रकुमार र्राई, नेपाल देशभक्त पार्टी शङ्करलाल श्रेष्ठ, बहुजन समाज पार्टीेपालका रमेशकुमार लिङ्देन, नेपाल जनप्रजातान्त्रिक पार्टी शेरबहादुर कार्की, नेपाल कन्जरभेटिभ पार्टी भरतबहादुर बिसुराल, नेपाल राष्ट्रिय जनएकता पार्टी दयाकृष्ण न्यौपाने, शान्ति एकता राष्ट्रिय दलका कर्णबहादुर सिंह, नेपाल कोअपरेटिभ पार्टी तोयानाथ दाहाल र मानवअधिकारवादी कार्यकर्ता दीपक शर्मा न्यौपानेले निर्वाचन सफल बनाउन दर्ता भएका दललाई सरकारले सुरक्षाकेा प्रत्याभूति दिनर्ुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले दलहरूको छुट्टै निर्वाचन चिन्ह दिनुपर्ने र उम्मेदवारहरूको सुरक्षाको स्पष्ट नीति तथा दुर्घटना क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सात दल र माओवादीले चुनाव सफलतापूर्वक सम्पन्न हुन दिई मुलुकलाई बचाउनुपर्नेमा जोड दिनुभयो । रासस


Announced so called municipal election is just a drama of king to legitimate his autocratic movement. So that it does not make any difference for king, whether parties or people take part in this election or not, it will be played in Magh 26. The script of this drama has already written and actors have already chosen. Excluding Nepalese people (JANTA), king is going to elect his JUNTA. Unfortunately Nepali people have to watch this denounced drama. Let see and Wait.
Comment by uttam — January 16, 2006 @ 10:57 pm
apprently, this is a classic example of TOEFL iBit test reading portion, the only diffrence, its in english…lol!
मेरो सन्सार! तपाईको सन्सार!! हाम्रो सन्सार!!!
Comment by Mukti Sir — January 16, 2006 @ 11:54 pm
** Khatiwoda Ji ko hamrosansar.com sanga NO CONNECTION hai**
;-D
Comment by Mukti Sir — January 16, 2006 @ 11:57 pm
namaste umesh jee
aak dam ramro laghyo tapaeko blog.
Comment by karma — January 17, 2006 @ 12:17 am
namskar
tapiko blog ma dari ramaila ra rochak suchna padhna payo aru pani yasti kahabar dakhna pau . danbat
madhav raj tiwari belkot 7, nuwakot
Comment by MAdhav Raj Tiwari — January 17, 2006 @ 11:08 am
tapai ko blog ramro chha.tara pani sex samandhiu aaru pani thap proggrame rakhe sun ma sugandha hune thiyo.
Comment by shingha — May 27, 2006 @ 6:46 am