January 17, 2006

भिडियो ब्लगः निषेधाज्ञाले रोक्न सकेन लोकतन्त्रका नारा

२०६२ माघ ४, मंगलबार
जनकपुरको विशाल सभाबाट आत्तिएको सरकारले काठमाडौंमा आगामी माघ ७ गते हुने भनिएको पूर्व निर्धारित शान्तिपूर्ण सभालाई रोक्न राति कर्फ्यु र दिनमा निषेधाज्ञाको घोषणा गरे पनि आज काठमाडौंमा लोकतन्त्र र राजाविरोधी नारा रोकिएनन्। आज म साढे दुई बजे नयाँ बानेश्वरमा सात दलको पूर्वघोषित मोटरसाइकल र्‍याली र एमाले अखिलले आकस्मिक रुपमा घोषणा गरेको असनबाट इन्द्रचोकसम्मको राँके जुलुसको कार्यक्रममा सहभागी भएँ। भिडियो ब्लगसहित थप विवरणका लागि भित्र आउनुस्। (more…)

निरंकुश शाही सरकारको प्रतिबन्ध उल्लं‍घन

अपडेट २: कोइराला निवासमा बसेको सात दलको बैठकले सरकारी प्रतिबन्धको निन्दा गर्दै माघ ७ को कार्यक्रम जसरी पनि सफल पार्ने प्रतिवध्दता व्यक्त गरेका छन्। एमाले महासचिव माधव नेपालले राज्यले जस्तोसुकै दमन गरे पनि कार्यक्रम गरेरै छाड्ने भन्दै शान्तिपूर्ण आन्दोलनविरुध्द सरकारले युध्द घोषणा गरेकोले अझ उच्चस्तरको कार्यक्रम घोषणा गर्ने बताए। काँग्रेस नेता अर्जुन नरसिंह केसीले सात दलले हिंसाको विरोध गर्ने बताउँदै १२ बूँदे सहमतिप्रति प्रतिवध्द रहेको बताए।

अपडेट १: जनताको शक्तिदेखि अत्तालिएको निरंकुश सरकारले आजदेखि राजधानीको कर्फ्यु अवधिलाई एक घण्टा अगाडि बढाएको छ। अब राति १० बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लाग्नेछ।

निरंकुश शाही सरकारले लगाएको शान्तिपूर्ण सभा, जुलुस र धर्नासमेत गर्न नपाउने गरी लगाएको प्रतिबन्धलाई २४ घण्टा पनि नबित्दै काठमाडौं‍ र ललितपुर दुवै ठाउँमा तोडिएको छ। बानेश्वरमा सात दलको पूर्वनिर्धारित मोटरसाइकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरी केही नेता तथा कार्यकर्तालाई पक्राउ गरिए पनि प्रहरीको आँखा छलेर जुलुस निस्केरै छाड्यो। त्यसैगरी असनबाट पनि साहसी युवा विद्यार्थीहरुले साढे चार बजेतिर राँके जुलुस निकालेर सहर घुम्दा प्रहरी जिल्ल परेको थियो। यससम्बन्धी EXCLUSIVE भिडियोहरु केही समयपछि राख्दैछु। कृपया प्रतीक्षा गर्नुहोला। फोटोमा त्यौडबाट विद्यार्थीहरुले निकालेको राँके जुलुस

माघ ७ गते के होला त ?


माघ ७ गतेको प्रदर्शनको प्रचारमा यस्ता पोस्टर काठमाडौं भर टाँसिएका छन्। यो फोटो चाहिँ मैले शनिबार नयाँ बानेश्वरमा खिचेको हुँ।

अब माघ ७ गते हुने भनिएको सात दलको शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम के होला त ? सरकारले त चक्रपथ क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरी हाल्यो। बिचरा दलहरु पहिले रत्नपार्क, शहीद मञ्चबाट लखेटिए। अब भर्खरै न्वारन गरेको नयाँ बानेश्वरको लोकतन्त्र चोकबाट पनि लखेटिने भए। यो शान्तिपूर्ण प्रदर्शन धेरै किसिमले महत्त्वपूर्ण हुने थियो। जनकपुरको आमसभाले देखाइसकेको थियो विशाल जनउपस्थिति। धेरै तयारी पनि भइरहेको थियो सातै दलबाट, तयारी जुलुस भइरहेका थिए, ह्वीप जारी गरिएको थियो। निर्वाचनमा भाग नलिन माअ‍ोवादीले धम्क्याए जस्तै सरकारले सर्वसाधारणलाई शान्तिपूर्ण प्रदर्शनबाट टाढै रहन धम्कीको शैलीमा प्रचार गरिएको छ। (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.