भिडियो ब्लगः निषेधाज्ञाले रोक्न सकेन लोकतन्त्रका नारा
२०६२ माघ ४, मंगलबार
जनकपुरको विशाल सभाबाट आत्तिएको सरकारले काठमाडौंमा आगामी माघ ७ गते हुने भनिएको पूर्व निर्धारित शान्तिपूर्ण सभालाई रोक्न राति कर्फ्यु र दिनमा निषेधाज्ञाको घोषणा गरे पनि आज काठमाडौंमा लोकतन्त्र र राजाविरोधी नारा रोकिएनन्। आज म साढे दुई बजे नयाँ बानेश्वरमा सात दलको पूर्वघोषित मोटरसाइकल र्याली र एमाले अखिलले आकस्मिक रुपमा घोषणा गरेको असनबाट इन्द्रचोकसम्मको राँके जुलुसको कार्यक्रममा सहभागी भएँ। भिडियो ब्लगसहित थप विवरणका लागि भित्र आउनुस्।
यो पहिलो भिडियो ब्लग नयाँ बानेश्वरको हो। त्यहाँ कार्यक्रम हुनु अगाडि नै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए। राज्यले आफ्नो भएभरको शक्ति शान्तिपूर्ण प्रदर्शनलाई रोक्न लगाइसकेको अवस्थामा अब त १० जना मात्रै सडकमा निस्के पनि ठूलो कुरा हुने भइसकेको छ। यो भिडियो ब्लगमा सुरुमा आन्दोलनकारीले प्रहरीलाई तपाईँहरु पनि आन्दोलनमा आउनुस् भनेर आह्वान गरेको देख्न सकिन्छ। त्यसपछि नाराबाजी हुन्छ। अनि माघ ७ मा बसन्तपुर जाअौं लेखिएको ब्यानरसहित पैदल हिँड्न खोज्दा प्रहरीले हस्तक्षेप गरी भ्यानमा कोचेको देख्न सकिन्छ। यत्तिकैमा कतैबाट एउटा ढुंगा हानिन्छ। त्यसपछि एक प्रहरी आक्रोशित भएर “हान् हान्” भन्दै बटुवा र रमितेमाथि जाइलागेको पनि देखिन्छ। अन्त्यमा स्थितिलाई नियन्त्रणमा लिन टियर ग्यास बोकेर मिनि टाटामा रहेका एक प्रहरी पनि तपाईँ देख्न सक्नुहुन्छ।
भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला। टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।
तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ।
असनमा भएको राँके जुलुसको भिडियो ब्लग छिट्टै नै अपलोड गर्नेछु।


you want peace or rakthapat umesh i think santi ko sister nirmila didi ko news kina narakhako i think you are 7 dal ko puchar ho
Comment by jon — January 17, 2006 @ 11:31 pm
awesome video… good job… the countdown has begun…All Nepalis keep the spirit up… dherai tadha chaina aba Nepali Monarch pani history bannaa…
Comment by safala — January 17, 2006 @ 11:49 pm
yep that was so awesome…well done!!! and keep it up
n i can’t wait for that असनमा भएको रांके जुलुसको भिडीयो ब्लग
Comment by जॆ. पुन् — January 18, 2006 @ 12:55 am
Yo Jon! You dont get it do you??? When you use monkey talent to prove yourself better you only embaress your self. Why does he need to write about sister nirmala when professional sites like nepalnews.com and ekantipur.com are already giving it away? You see Mr.Umesh is a freelancer who rather prefers to give us news that to not readly available anywhere else, we find merosansar very useful and I would rather have you stay away, critisism and negetive opinion is totally acceptable but, personaly offending someone is not cool!
No offence but, Jon, which I dont think is even your real name; Mr. Jonathon Whatever you are, you should stop writing personally offending comments.
*****
मेरो सन्सार ह्याज प्रुभन ईट शेल्फ! एण्ड ईट्स गेटिन बेटर एभरिडे….कुडोज टु यु!!
Comment by Mukti Sir — January 18, 2006 @ 3:28 am
Thanks a lot. Try your best to inform the World about the current situation of Nepal in this way. See you soon.
Your’s Dai
Comment by S.PP Australia — January 18, 2006 @ 7:59 am
awesome video
Comment by shawn — January 18, 2006 @ 8:09 am