January 19, 2006

शाही सरकारद्वारा भोलि दिनभर कर्फ्यु घोषणा

Filed under: Breaking News

२०६२ माघ ६, बिहीबार @ 915 pm NST
भर्खरै नेपाल टेलिभिजनमा दिइएको सूचना अनुसार माघ ७ गते बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु घोषणा गरेर निरंकुश सरकारले शान्तिपूर्ण सभालाई बिथोल्न चरम कायरता प्रदर्शन गरेको छ। अब भोलि शुक्रबारको दिन रक्तपात चाहिँ नहोस्, यही कामना गर्नुपर्छ। कर्फ्यु चक्रपथभित्र घोषणा गरिएको हो। यसैबीच अपुष्ट समाचार अनुसार सात दलले ८, ९ र १० गते तीन दिन बन्दको घोषणा गरेका छन्। यसैगरी भोलि दिल्लीमा लोकतन्त्रको पक्षमा प्रदर्शन हुने भएको छ।

छापामार शैलीमा अखिलको मसाल जुलुस



कृपया भिडियो ब्लग सुचारु गर्न सहयोग गर्नुहोस्।
निषेधाज्ञा लागू भएको दिन थियो अर्थात् माघ ४ गते। बिहानैदेखि निषेधाज्ञा ठाउँठाउँमा तोडिने क्रम जारी थियो र साथी मणी दाहालसँगै म निस्किएको थिएँ स्थिति बुझ्न। कान्तिपुर टेलिभिजनका दीपक भट्टराईले साढे दुई बजे नयाँ बानेश्वरमा कार्यक्रम छ भनेकोले त्यतैतर्फ लाग्यौं। हामी त्यहाँ पुग्दा आयोजकहरु भन्दा पनि पत्रकारहरुको भीड बढी थियो। साथी खिलाले हाँडीगाउँबाट नरहरि आचार्यहरुले गिरफ्तारी दिँदैछन् भन्ने सूचना दिए। तर तत्काल त्यहाँ पुग्न संभव थिएन। एकैछिन पछि त्यहाँ मोटरसाइकल र्‍याली निकाल्ने प्रयास हुँदाहुँदै गिरफ्तार गर्ने क्रम सुरु भइहाल्यो। यससम्बन्धी भिडियो ब्लग मैले यहाँ गरिसकेको छु। र्‍याली निकाल्नै नदिई गिरफ्तारी गरिएको थियो तर पुनः र्‍याली निकाल्ने कुरा थियो। एक जना कार्यकर्ताले हामीलाई सुटुक्क रत्नराज्य स्कूलबाट निस्कँदैछ भन्ने खबर दियो। त्यहाँ पुग्दा भने केही देखिएन। अनि बाध्य भएर हामी असनतर्फ लाग्यौं। त्यहाँ अर्को आकस्मिक रुपमा घोषणा गरिएको कार्यक्रम रहेछ। (more…)

राजधानीमा बिहानैदेखि प्रदर्शन

Filed under: Breaking News

चोकचोक र गल्लीगल्लीमा शाही नेपाली सेना र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिका बीच राजधानीमा बिहीबार बिहानैदेखि प्रदर्शनहरु भइरहेका छन । विभिन्न चोक, गल्लीहरु र क्याम्पसहरुमा प्रदर्शन जारी रहेको छ । सुरक्षाकर्मीको आँखा छल्दै प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको छ । (more…)

कम्तीमा दुई सय नेता पक्राउ

२०६२ माघ ६ बिहीबार
सरकारले बिहीबार बिहानैदेखि राजनीतिक दलका नेता, कार्यकर्ता एवं नागरिक अधिकारकर्मीहरुलाई व्यापक घरपकड गरेको छ । राजनीतिक दलका केन्द्रीय नेतालगायत दर्ुइ सय भन्दा बढीलाई गिरफ्तार गरिसकिएको बुझिएको छ । पक्राउ परेकाहरुलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोक, २ नम्बर सशस्त्र प्रहरी गण महाराजगंज र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा राखिएको छ ।
text
एमाले नेता प्रदीप नेपाललाई दिइएको पूर्जी। फोटो साभारः नेपाल इन्फो
बाँकी पढ्न भित्र आउनुस्।
(more…)

पडकास्टः दर्जनौं नेता तथा कार्यकर्ता गिरफ्तार

२०६२ माघ ६ गते बिहीबार
निरंकुश सरकारले दर्जनौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ। एमाले महासचिव माधव नेपालको घरमा बिहान खानतलासी गरिएको छ। शीर्ष नेताहरुलाई पक्राउ, नजरबन्द गरिएको छैन। मानवअधिकारवादी नेता कृष्ण पहाडी, नागरिक आन्दोलनका अगुवा डा देवेन्द्र राज पाण्डे, श्याम श्रेष्ठ गिरफ्तार छन्। यो पडकास्टमा केही शीर्ष नेताहरुको प्रतिक्रिया सुन्न सक्नुहुनेछ। यसलाई सुन्न यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

शाही सरकारको आतंकको पराकाष्ठा, टेलिफोन, मोबाइल बन्द

Filed under: Breaking News

२०६२ माघ ६, बिहीबार

शाही सरकारको आतंकले पराकाष्ठा नाघेको छ। टेलिफोन र मोबाइल फोनको सम्पर्क आज बिहानदेखि विच्छेद गरिएको छ। नेपालमा अधिकांशले डायल अपबाट इन्टरनेट चलाउने हुनाले इन्टरनेट पनि बन्द भएको जस्तो भएको छ।

(अपडेट बिहान सवा ८): टेलिफोन चल्न थालेको छ तर मोबाइल भने अझै बन्द नै छ। एनटीसी र मेरो मोबाइल दुवै बन्द छन्। एक पाठकले मूल्याङ्कन मासिकका सम्पादक श्याम श्रेष्ठ आज बिहान आफ्नै निवासबाट गिरफ्तार भएको कमेन्टमा लेखेका छन्, यद्यपि यसको पुष्टि मैले गर्न सकेको छैन। (more…)

आज त ९ बजेदेखि नै कर्फ्यु !

२०६२ माघ ५ बुधबार
हैन यो सरकार किन यति विधि शान्तिपूर्ण प्रदर्शनदेखि डराएको हो ? आज शाही गृहमन्त्री कमल थापा वार्तामा नआए कडा कदम उठाउने धम्की सात दललाई दिँदै थिए। आज फेरि कर्फ्युको समय एक घण्टाअगाडि सारी नौ बजेदेखि नै कर्फ्यु लगाइयो। आज त भक्तपुर पनि कर्फ्युको मारमा पर्‍यो। बिचरा रेस्टुरेन्ट र डिस्कोहरुका मालिक के गर्दै होलान्। पर्यटन उद्योगको त अहिले कुरा नै नगरौं ! अब यसरी नै कर्फ्युको अवधि बढाउँदै ७ गतेसम्ममा ५-६ बजेतिरै कर्फ्यु लगाउन पनि बेर छैन। अनि एउटा गतिलो भविष्यवाणी चाहिँ मोबाइल र ल्यान्डलाइन टेलिफोन बन्द हुन्छ कि हुँदैन भनेर गर्ने कोही खोज्ने बेला भएको छ। किनभने चारैतिर हल्ला छ- आज कि भोलि, बन्द गर्छ रे। सरकार आत्तिएको देख्दा त्यस्तो संभावनालाई नकार्न सकिन्न। (more…)

‘लोकतान्त्रिक आन्दोलन र नगर निर्वाचनको विरोधः नागरिक दायित्व

२०६२ माघ ५ बुधबार
नेपालमा यतिखेर जनताको बैधानिक प्रतिनिधित्व लगायत लोकतन्त्रको सम्पूर्ण संरचनालाई ध्वस्त गरी राजाको निरंकुश एवं हुकुमी शासन छ । नेपालमा २००७ सादेखि आजसम्मको राजनीतिक अभ्यास र प्रयोगहरुले यो सिद्ध गरेेको छ कि नेपालको राजसंस्था कहिल्यै पनि लोकतन्त्रको पक्षमा रहने । सम्मानको प्रतिककारुपमा राजसंस्था रहोस् र लोकतन्त्रका लागि सहयोगी भूमिका खेलोस् भन्ने राजनीतिक दलहरु र जनताको चाहना विपरित यसले मौका पाउनासाथ लोकतन्त्र माथि नै आक्रमण गर्ने र हुकुमी शासन लाद्ने कमदहरु चाल्दै आएको छ । २००७ सालदेखि आजसम्मका प्रत्येक राजाको कदम र ब्यवहारले यही कुराको पुष्टी गर्दछ । राजा रहेसमम निरंकुश राजतन्त्रले पटक पटक लोकतन्त्रमाथि आक्रमण गरिरहने यथार्थको साक्षी नेपालको समस्त जनमत गणतन्त्रको पक्षमा अभिब्यक्ति भैरहेछ । राजा अर्थात राजसंस्था लोकतन्त्रको अनिवार्य शर्त होइन । लोकतन्त्र नमान्ने राजा विश्वबाट लोप हुँदै गएका छन् । तर राजा नहुदैमा संसारको कुनै पनि देशले न अस्तित्व गुमाएको छ वा नत लोकतन्त्र नै । (more…)

उफ् ! बल्ल खुल्यो मेरो ब्लग

२०६२ माघ ६ बिहीबार @ 1035 pm NST
फोकटमा पाइएको सुविधा प्रयोग गर्दा पनि कहिलेकाहीँ निकै दुःख पाइने रहेछ। ब्लगसमले सर्भर परिवर्तन गर्ने भन्दै हिजोदेखि झण्डै २४ घण्टा ब्लगमा नयाँ पोस्ट राख्ने सुविधा नदिँदा रुनु न हाँस्नु भइयो। तै साथी ताजिमले उपलब्ध गराएको अस्थायी ठेगानामा केही पोस्ट गर्न पाएँ। यसका लागि ताजिमलाई धन्यवाद। अब माथि म त्यहीँ राखिएका पोस्टहरु कपी-पेस्ट गर्दै नयाँ पोस्ट पनि राख्न थाल्नेछु।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.