आज त ९ बजेदेखि नै कर्फ्यु !
२०६२ माघ ५ बुधबार
हैन यो सरकार किन यति विधि शान्तिपूर्ण प्रदर्शनदेखि डराएको हो ? आज शाही गृहमन्त्री कमल थापा वार्तामा नआए कडा कदम उठाउने धम्की सात दललाई दिँदै थिए। आज फेरि कर्फ्युको समय एक घण्टाअगाडि सारी नौ बजेदेखि नै कर्फ्यु लगाइयो। आज त भक्तपुर पनि कर्फ्युको मारमा पर्यो। बिचरा रेस्टुरेन्ट र डिस्कोहरुका मालिक के गर्दै होलान्। पर्यटन उद्योगको त अहिले कुरा नै नगरौं ! अब यसरी नै कर्फ्युको अवधि बढाउँदै ७ गतेसम्ममा ५-६ बजेतिरै कर्फ्यु लगाउन पनि बेर छैन। अनि एउटा गतिलो भविष्यवाणी चाहिँ मोबाइल र ल्यान्डलाइन टेलिफोन बन्द हुन्छ कि हुँदैन भनेर गर्ने कोही खोज्ने बेला भएको छ। किनभने चारैतिर हल्ला छ- आज कि भोलि, बन्द गर्छ रे। सरकार आत्तिएको देख्दा त्यस्तो संभावनालाई नकार्न सकिन्न।
उता, अस्तिको निषेधाज्ञा उल्लंघन गर्ने क्रममा गिरफ्तार भएका काँग्रेसका नरहरि आचार्य, तीर्थराम डंगोल, एमालेका रुपनारायण श्रेष्ठ, रामेश्वर फुँयाल, प्रजातान्त्रिकका एनपी सावदलगायत एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई अहिलेसम्म रिहा गरिएको छैन। उनीहरुलाई बुधबार तीन महिने पूर्जी दिइएको छ रे। उनीहरुको दोष ? शान्तिपूर्ण रुपमा नारा, जुलुस गरेको !
आज एउटा उत्साहजनक खबर भने सुन्न पाइयो। त्यो के हो भने काँग्रेसले कर्फ्यु लगाए पनि सात दलको घोषित प्रदर्शन र सभा सम्पन्न गर्ने निर्णय गर्दै सबै कार्यकर्तालाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको रहेछ। खुसी लाग्यो। मलाई त दलहरु कतै रिङरोड पारी आमसभा गर्न जाने त हैनन् जस्तो लागिसकेको थियो। काँग्रेसले जस्तै अरु बाँकी छ दलले पनि यस्तै निर्णय गर्छ नै होला भन्ने आशा गरौं।
स्वतन्त्र समाचार सेवाले जनाए अनुसार शाही सरकारले दलहरुलाई लक्षित गरी घोषणा गरेको निषेधित क्षेत्रको अवज्ञा बुधबार पनि जारी रहृयो । दलहरुले उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शन गरे ।
बुधबार विहान विद्यार्थीहरुले असन-इन्द्रचोकमा पर््रदर्शन गरेका थिए । उनीहरुले मुखमा र हातमा कालो पट्टी बाँधी विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा नगर निर्वाचन बहिष्कार गरौ, माघ ७ गते बसन्तपुर जाऔं जस्ता नारावाजी गरिएको थियो ।
पूवघोषित कार्यक्रम परिवर्तन गरी असनमा प्रदशन गरिएको हो । पूव घोषित कार्यक्रम अनुसार अमृत साइन्स क्याम्पसबाट दौड जुलुस गर्ने र माघ ७ गतेको जनसभा विफल पार्ने रणनीतिमा उत्रेपछि दलहरु पनि सुरक्षाकर्मीका आँखा छली प्रदर्शनमा उत्रेका हुन्।
सात दलको काठमाडौं जिल्ला प्रदर्शन संयुक्त जनआन्दोलन समितिको आयोजनामा असनदेखि नरदेवीसम्म प्रदशन गरेका छन्।
यसैगरी निषेधित क्षेत्र नै रहेको ललितपुरको मंगलबजारमा अनेरास्ववियूले मशाल पर््रदशन गरेको छ । मशाल मंगलबजारदेखि लगनखेलसम्म प्रदशन गरिएको थियो ।
बुधबार प्रहरीको आँखा छल्दै प्रदर्शन गरिएको हो । त्यही कारण कोही पक्राउ परेनन ।

