कम्तीमा दुई सय नेता पक्राउ
२०६२ माघ ६ बिहीबार
सरकारले बिहीबार बिहानैदेखि राजनीतिक दलका नेता, कार्यकर्ता एवं नागरिक अधिकारकर्मीहरुलाई व्यापक घरपकड गरेको छ । राजनीतिक दलका केन्द्रीय नेतालगायत दर्ुइ सय भन्दा बढीलाई गिरफ्तार गरिसकिएको बुझिएको छ । पक्राउ परेकाहरुलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोक, २ नम्बर सशस्त्र प्रहरी गण महाराजगंज र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा राखिएको छ ।

एमाले नेता प्रदीप नेपाललाई दिइएको पूर्जी। फोटो साभारः नेपाल इन्फो
बाँकी पढ्न भित्र आउनुस्।
सात राजनीतिक दलले निरंकुश राजतन्त्र विरुद्ध र लोकतन्त्र वहालीका निम्ति आयोजना गरेको पर््रदर्शनको एक दिनअघि सरकारले धरपकडलाई त्रि्र पारेको छ । शुक्रबार सात दलले राजधानीमा विशाल पर््रदर्शन र सभाको आयोजना गर्दैछन ।
बिहीबार सबेरै पक्राउ पर्नेमा नेपाली काग्रेसका महामन्त्री रामचन्द्र पौडेल, प्रजातान्त्रिक काग्रेसका कार्यवाहक सभापति गोपालमान श्रेष्ठ, एमाले स्थायी समिति सदस्यहरु प्रदिप नेपाल, केशव वडाल, इश्वर पोखरेल, युवराज ज्ञवाली छन । यसैगरी काग्रेसका केन्द्रीय सदस्यहरु डा. सशांक कोइराला, सुजाता कोइराला, लक्ष्मण घिमिरे, डा. शेखर कोइराला, खुमबहादुर खड्का, बलदेब शर्मा मजगैंया, ललितपुर काग्रेसका नेता जगतराज शाक्य, ओमकार श्रेष्ठ र जिल्ला सभापति चन्द्र महर्जन छन । काग्रेस सभापतिको निवास महाराजगंजबाट बिहानै सभापतिको निजी सचिव बालकृष्ण दाहाललाई पनि पक्राउ गरिएको छ । राजधानीमा भएका अधिकाशं जिल्ला सभापतिहरु पनि पक्राउ परेको बुझिएको छ ।
एमालेका केन्द्रीय सदस्यहरु सुभाष नेम्वाङ, रघुजी पन्त, विद्यादेवी भण्डारी, कृष्णगोपाल श्रेष्ठ, गोकर्ण्र्ाावष्ट छन ।
प्रजातान्त्रिक काग्रेसका महामन्त्री विमलेन्द निधि, केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, बालकृष्ण खाँड पनि पक्राउ परेको बुझिएको छ । यसैगरी नागरिक अधिकारकर्मीहरु कृष्ण पहाडी, देवेन्द्रराज पाण्डे र श्याम श्रेष्ठलाई पनि बिहानै पक्राउ गरेको छ । राजधानीमा बिहानैदेखि परिचालित गरिएका सादा पोशााकका सुरक्षाकर्मीले क-कसलाई पक्राउ गर्यो भनेर हालसम्म यकिन हुन सकेको छैन । सुरक्षा निकायले पनि केही बताएको छैन ।
यसैगरी सरकारले नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाललगायतका शिर्षनेतालाई निवासमै सुरक्षा निगरानीमा राखेको जानकारी प्राप्त भएको छ । स्वतन्त्र समाचार सेवा


it is so nice to contack nepal News who live in out of Nepal.so thanks
P Rumdali
Comment by Prakash Rumdali — January 20, 2006 @ 2:23 pm
Khuching khuching khuching,
Hijo Gyane le abaidhanik sarkar ghosana gareko ma saathh dine nikamma neta haru (naye napaye Gorkha jaau bhanne Shere haru aaja uchit naye payera jail ma sadi rachhan) tyestai sarkaar ma rahada janta lai soshan garera jantaka pratinidhi ka billa bhirne haru charam bhrastachar garera aafu haru atyadhik dhani ra desh ra janta garib banaune haru lai ajha kada bhanda kada sajaye dinu parchha….Ini haru ajhai pani janta prati imandaar dekhindainan, jasto Moriarti le aafno bhasa ma aadesh diyo anubad sudha nagarera “ceremonial Monarchy” bhandai chhan.janta ko bhabana bhanda badi samrajyabadi ko ichchha pura garne yesta nikamma neta harulai 10 din matra hoina sada ko lagi kaid gare uchit hunchha…Tara Marne bela ma kamilaa ko pwankh umreko bhane jasto Gyane ko asambaidhanik bharaute harula tathasta manabadhikaarbadi ani nagarik samaj ka byekti haru lai giraftar garera aafno desh bhitra matra nabhai bishow bhari nai nangine kaam gareko chha.
Comment by Namuna — January 20, 2006 @ 9:21 pm