छापामार शैलीमा अखिलको मसाल जुलुस
कृपया भिडियो ब्लग सुचारु गर्न सहयोग गर्नुहोस्।
निषेधाज्ञा लागू भएको दिन थियो अर्थात् माघ ४ गते। बिहानैदेखि निषेधाज्ञा ठाउँठाउँमा तोडिने क्रम जारी थियो र साथी मणी दाहालसँगै म निस्किएको थिएँ स्थिति बुझ्न। कान्तिपुर टेलिभिजनका दीपक भट्टराईले साढे दुई बजे नयाँ बानेश्वरमा कार्यक्रम छ भनेकोले त्यतैतर्फ लाग्यौं। हामी त्यहाँ पुग्दा आयोजकहरु भन्दा पनि पत्रकारहरुको भीड बढी थियो। साथी खिलाले हाँडीगाउँबाट नरहरि आचार्यहरुले गिरफ्तारी दिँदैछन् भन्ने सूचना दिए। तर तत्काल त्यहाँ पुग्न संभव थिएन। एकैछिन पछि त्यहाँ मोटरसाइकल र्याली निकाल्ने प्रयास हुँदाहुँदै गिरफ्तार गर्ने क्रम सुरु भइहाल्यो। यससम्बन्धी भिडियो ब्लग मैले यहाँ गरिसकेको छु। र्याली निकाल्नै नदिई गिरफ्तारी गरिएको थियो तर पुनः र्याली निकाल्ने कुरा थियो। एक जना कार्यकर्ताले हामीलाई सुटुक्क रत्नराज्य स्कूलबाट निस्कँदैछ भन्ने खबर दियो। त्यहाँ पुग्दा भने केही देखिएन। अनि बाध्य भएर हामी असनतर्फ लाग्यौं। त्यहाँ अर्को आकस्मिक रुपमा घोषणा गरिएको कार्यक्रम रहेछ।
त्यहाँ हामी पुग्दा अरु कोही पत्रकार आइपुगेका थिएनन्। हामीलाई त कार्यक्रम नै त्यहाँ हो कि हैन जस्तो लाग्न थाल्यो। सुरक्षाकर्मीहरु भने तैनाथ भइसकेका थिए। बिस्तारै पत्रकारहरु र विद्यार्थीहरु भेला हुन थाले। एमाले अखिलको आयोजनामा मसाल जुलुस हुन लागेको रहेछ। एकछिन त्यत्तिकै इसाराबाजी गर्दै भेला हुने क्रम बढ्यो। पछि बिस्तारै अखिल नेतृ रामकुमारी झाँक्रीले हामी पत्रकारहरुलाई सुटुक्क यहाँ सुरक्षाकर्मीहरु बसिरहेका छन्, तपाईँहरु त्यौडतिर जानुहोला भनी भनिन्। (रामकुमारीलाई बिहीबार बिहानै पक्रिएछन्। अरुको घरमा बसिरहँदा नै पक्राउमा परेको भन्ने सुनियो)
अब त्यसो भन्दैमा हामी सबै पत्रकारहरु एकै पटक हुल बाँधेर जाने कुरा थिएन। केही पत्रकारहरु सुरक्षाकर्मी भएको ठाउँनिरै बसिरहेका थिए। उनीहरुले जानाजानी “अब हुँदैन कार्यक्रम, जाने हो घर” भन्दै गए। त्यसपछि पनि हामी केही बेर त्यहीँ बस्यौं। अनि मणीले पिसाब च्याप्यो कता होला ट्वाइलेट भनेर सुरक्षाकर्मीहरुले सुन्ने गरेर नै भने। खिलाले मैले देखेको छु ट्वाइलेट भन्दै लग्यो। यसरी हामी पत्रकारहरुको भीड सबै त्यहाँबाट लागिसक्दा पनि सुरक्षाकर्मीहरुले भने सुँइको नै पाएनन्।
त्यौडको एउटा गल्लीमा रहेछन् तयारी। मसाल ठीक पारिएको रहेछ। एकछिन त्यत्तिकै बसिरह्यौं। त्यतिञ्जेलमा त्यहाँ सारा पत्रकारहरु भेला भइसकेका थिए। सुरक्षाकर्मीहरुको भने उपस्थिति नै थिएन। एकैछिनमा ताली बज्यो, गल्लीबाट मसाल ल्याइए, जलाइए, अनि चर्का नारा लगाउँदै उनीहरुले राँके जुलुस असनको भीडबाट निकाले।
असन चोकमा पुग्दा सुरक्षाकर्मीहरु वाल्ल परे। उनीहरु चुप लागेर नै बसे। पछि वाकिटकीमा कुरा गरेपछि नछाड्नू भन्ने निर्देशन आयो होला, अनि उनीहरुले लखेट्न थाले। अगाडि विद्यार्थी, पछाडि प्रहरी अनि प्रहरी सँगसँगै म। विद्यार्थीहरुले इन्द्रचोक पुग्नै आँट्दा मसाल फाले। अनि कोही कता-कोही कता लागे। यो सब यति आकस्मिक थियो कि बटुवाहरु छक्क परेका थियो। कसैले चोरहरुलाई लखेटेको होला भन्ने ठाने।
त्यति योजनावध्द ढंगले कार्यक्रम गर्दा पनि बिचरा दुई जना विद्यार्थी भने पक्राउ परेछन्। तर साहसी विद्यार्थीहरुले निरंकुश सत्ताले लगाएको अवैधानिक निषेधाज्ञालाई तोडेरै देखाए।
यो भिडियो खिच्दाको अनुभव अहिले एकछिनमा लेख्नेछु। त्यसैगरी आज निकालिएको छड्के जुलुसको भिडियो पनि प्रतीक्षा गर्नुहोला।


Umesh jee.
Yo kathin ra Tanasaha ko kathor daman ko babajut pani tapai le dinu bhayako suchana ko sansar bhari raheka Parjatanra premi harule dhaniyabad dinaii parchha. mero tarfa bata pani dherai dherai dhaniyabad.
Comment by arjun — January 19, 2006 @ 10:56 pm
nice job
Comment by kaile — January 19, 2006 @ 11:47 pm
Dear Umesh ji(lokatnatrabadi reporter)
Namaskar and millions of thanks
It was my pleasure to see ur exiciting performances. I would like to make few comments
1.The way u trap the scene in ur videocam is better i mean far better than any professional camera man.
2.The way u present the news matter is very apperciating. Your style of selecting captions for ur news is excellent.
Umeh ji , tapile khicher raheko videos will prove a worthy treasure for the country. In future may be u will be the witness of the democractic movement. Thatswhy, i guess u should preserve all those video footages.So that we could show it some authorities in the western countries.
Even though there’s no formal introduction between us I pleased to be ur regular reader and comment poster.I understand ur situation well.
So i sincerely request all the frens of merosansar to think seriously to support him. See how mighty is umesh?
A solo effort of umesh is making him to understand as a true lokatantrabadi.He is turning out to be a true analyst.
As a die hard supporter of democracy, Dear sir i slaute ur peroformance.I know for my country, people like u r doing far better than people like me who selfishly sit infront of computer to see and post comments
Comment by Breaking news reader — January 20, 2006 @ 7:32 am
You are doing a great job Umeshji. Thank you a lot and keep on. Days of Shah dynasty is coming to inevitable end.
Comment by Basanta — January 20, 2006 @ 9:08 am
wow MURI MURI dhanybad .. grt job
Comment by viso — January 20, 2006 @ 9:29 am