चक्रपथभित्र अर्कै “राज्य”
उपत्यका प्रवेशमा निकै कडाइ
२०६२ माघ ७ शुक्रबार @ 1218 am NST

सात दलको माघ ७ को सभाको प्रचारका लागि टाँसिएका पोस्टर च्यातच्युत पारिए पनि भोट खसाउन जाउँ भन्ने पोस्टर भने जस्ताको तस्तै। अझै पनि चुनाव होला त ? फोटोः उमेश
सरकारले राजधानीमा शुक्रबार हुने भनिएको सात दलको प्रदर्शनमा ठूलो संख्यामा उपत्यका बाहिरका नेता तथा कार्यकर्ता र सर्वसाधारण आउने ठानेर थुनछेक गरिरहेको छ।
उपत्यका छिर्ने प्रवेश नाकामा ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरी राजधानी छिर्न कडाई गरिएको छ । उपत्यकाको नाकाहरुमा रहेका शाही नेपाली सेनाको गुल्म र चेकपोष्टमा रहेका युनिफाइड कमाण्डका सुरक्षाकर्मी परिचालन गरी चक्रपथ बाहिरका नागरिकलाई समेत चक्रपथभित्र प्रवेशमा कडाइ गरेको छ जसले गर्दा चक्रपथभित्र अर्कै राज्य भएको जस्तो महसूस हुन थालेको छ। बाँकी
राजधानीको पूर्वी क्षेत्र मुलपानी, पश्चिमको थानकोट र कलंकी, उत्तरमा बालाजु र दक्षिणमा कोटेश्वर एवं बल्खु क्षेत्रबाट भित्रि शहर आउन खोज्ने र्सवसाधारणको कडा सोधपुछ भइरहेको छ ।
अस्पताल हिडेका बिरामी, विद्यार्थीलाई समेत ‘आज अवस्था ठिक छैन’ भनेर बिहीबार दिनभर उपत्यका आउन नदिएको पीडितहरुले बताएका छन ।
धादिङबाट छोरी भेटन चाबहिल आएकी ४५ वषिर्य माया खकुरालले भनिन्-’बिरामी छोरी भेटन जान लागेको भन्दा पनि निक्कै बेर रोकेर बल्लतल्ल छोडे ।’ थानकोटमा रहेका सुरक्षाकर्मीले उनीलगायत त्यो नाकाबाट उपत्यका भित्रिने सबैलाई थुनछेकको प्रयास गरिरहेको छ ।
थलीबाट ब्यक्तिगत कामका लागि रत्नपार्क आउने प्रयास गर्दा मुलपानीमा रहेको चेकपोष्टका सुरक्षाकर्मीले आफूलाई अवरोध पुर्याएको नवराज न्यौपानेले बताए । उनलाई मुलपानीबाटै सुरक्षाकर्मीले फिर्ता गरेका थिए । मुलपानीबाट शहरी क्षेत्रमा छिर्न कर्मचारीको लागि कार्यालयको परिचयपत्र, विद्यार्थीको परिचय पत्र जाँचेरमात्र पठाउने गरिएको उनले बताए । सुरक्षाकर्मीले बेलुकी ५ बजेभित्र फर्किन कडा आदेश दिएरमात्र शहर पठाउने गरेको छ । नफर्किए कडा कारबाही गर्ने धम्की पनि र्सवसाधारणले खेप्नु परिरहेको छ ।
सुरक्षाकर्मीले पशुपति क्याम्पसका विद्यार्थीलाई परिचत्र पत्र देखाउँदा समेत रोकेको छ । ‘आन्दोलन गर्न हिडेका हैनौं ?’ भनेर हप्काएको पनि एक विद्यार्थीले स्वतन्त्र समाचार सेवालाई बताए ।
बालाजुमा रहेको एक नम्बर बाहिनीका सुरक्षाकर्मीले पनि साङ्गला भद्रबासका साथै नुवाकोट जिल्लाबाट काठमाडौं आउने यात्रुहरुलाई कडा सोधपुछ गरिरहेका छन्। सरकारले चेकपोष्ट नभएका स्थानमा पनि थुनछेकका लागि सुरक्षाकर्मी राखेको छ।
News Source: INS


dear umeshji,
tapai le thalnu bhayeko yo kaam ek damai prasansha yogya cha.. tara yeuta kura malai ek dum acchamma lagi racha.. tyo k ho bhane yesto huda pani gyane majja le purba tira ghumi racha.. ani maobadi ( jo afno pran ko ahuti rakhera thankot samma akraman garna airachan) le gyane ko yeuta pani program bitholeka chainan.. tetro manche bathda yeuta pani maobadi tya pugera ek goli hanidiyeko bhaye tantai khattam. gyaneko lagi tetro nepali( police, janta ) marnu satta ta teslai purba mai siddhyaidiye bhai halchani..
nabhaye ta birendra ko hatyara le (i.e jasle afno sakhyai dai lai ta chodena) nepali janata lai chodcha hola ra? aba yeta uti ko andolan hoina sidhai gyane ko ticket katnu parne bela ayeko cha…
Comment by nepal lai maya garne manche — January 20, 2006 @ 3:32 am
२ लाख भिजीटर पुगेकोमा बधाई छ!
Merosansar has crossed the 200,000 visitor count! Lets yey for it!! lol…
Comment by Mukti Sir — January 20, 2006 @ 5:12 am
Aba ma chakrapath bhitra ko RAJA hunchu, gyan dai itahari ko raja.
Comment by Janak Raj Gautam — January 20, 2006 @ 1:01 pm
Ke hudai chha kathamndu ma?
Comment by Regmi — January 20, 2006 @ 7:09 pm
Aru kehi hoina, yo sarkarko nivne belama batti dhippikka bale jasto gareko matra ho…!
Bichara….!!! aba nivchha sadhailai…kohi chhaina yasma tel thapne….na ta sukeko saledo tanne nai chha….dui char jana bharaute haru aba chheu chhauma tyatikai sukchhan…baru tiniharuko batti nive pachhi adhyaroma bholi kata bhagne rahechhan hernu parchha. Aaja saano tukiko ori pari jhummine chamera haru bholi sansar ujyalo parne ghaam ma basna pani sakdainan….baasko todko khojera hidnu parchha.
Comment by Bideep Gaule — January 20, 2006 @ 8:52 pm
no comment
Comment by sabinmalla — January 20, 2006 @ 9:10 pm
k garne, 12 versa ma netaa ko dhyan yetaa tira jaana sakena. Yo ta nepali janata le bhognu nai thiyo, bhogiraa ka chhan.
Ma ta yehi aasha garera baseko chhu ko aaba chahin waar ya paar hunchha.
Jo JASSARI Aa ka Thiye TESSARI Nai Jane Chhan
Comment by tripathibipin — January 21, 2006 @ 12:09 pm
mero sansar lai badhai yeauta nepali blog tyo pani popularblog ko rup ma sthapit bhaeko ma. Blogging ali objective ra tathyaparak hudai jawas ra desh ko samasya hal garna abasyak janamat tayargarna safal hos yehi kamana chha. Desh ko yek matra tatkalin absyakta SHANTI nei ho bhanne lagchha.
Comment by ramsaran — January 21, 2006 @ 1:46 pm