January 21, 2006

काठमाडौंमा अकल्पनीय तनाव

(EXCLUSIVE Video Footage inside)
२०६२ माघ ८, शनिबार
अपडेटः सात दलले माघ १३ गते नेपाल बन्दको अ‍ौपचारिक घोषणा गरेका छन्। आज कर्फ्यु एक घण्टा घटाएर राति १० बजेदेखि गरिएको छ।
हिजोको शान्तिपूर्ण प्रदर्शनदेखि डराएर कर्फ्यु लगाउने निरंकुश सरकारले आज जनताको शक्ति देखिरहेको छ। काठमाडौं अकल्पनीय रुपमा तनावग्रस्त छ- विशेष गरी सात दलले सभा गर्ने भनेको स्थल बसन्तपुर र त्यस वरपर। बसन्तपुरलाई सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोली लागेर नियन्त्रण गर्न खोज्दा पनि असफल भइरहेको छ। त्यसैगरी न्युरोड, इन्द्रचोक, खिचापोखरी क्षेत्रहरु पनि तनावग्रस्त छन्। बसन्तपुरमा सयौं अश्रुग्यास प्रहार गर्दा पनि नियन्त्रणमा लिन सकिएको छैन। बसन्तपुरको अश्रुग्यासले जीवित देवी कुमारीको आँखामा पनि आँसु बगेको हुनुपर्छ। हामी पत्रकार लगायत सर्वसाधारणलाई त्यता जान दिइएको छैन। ठाउँठाउँमा प्रहरी-प्रदर्शनकारी भिडन्त भइरहेको छ। ६० कटिसकेका वृध्दाहरु सडकमा गणतन्त्रका नारा लगाउँदैछन्। मानवअधिकारवादी र पत्रकारहरुलाई पनि चुटिएको छ। त्यसको विरोधमा पत्रकार र मानवअधिकारवादीहरुले प्रहरीलाई घेरिरहेका छन्। टायर बालिएका छन्। ढुंगा हानेर प्रहरीलाई टाढाटाढासम्म खेदिएका छन्। म आफ्नो क्यामेराको मेमोरी कार्ड सकिएर मात्रै घर फर्केको हुँ। अझै पनि त्यहाँको स्थिति तनावपूर्ण नै छ। संयुक्त सुरक्षाफौजलाई त्यहाँको स्थिति नियन्त्रणमा लिन धौधौ भइरहेको छ। यससम्बन्धी केही EXCLUSIVE VIDEO FOOTAGE हरु राखेर म फेरि त्यहाँ जाने विचारमा छु। भिडियो हेर्न भित्र आउनुहोला।

यो भिडियो आज खिचिएका भिडियोहरु मध्ये हतारमा छानिएका केही अंशमात्र हुन्। पूर्ण अंशका लागि मेरो संसार हेर्दै गर्नुहोला।
भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला।

टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।


तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि दायाँ छेउमा रहेको पेपाल बटन वा चेकको प्रयोग गर्न सक्नुहुन्छ। चेक पठाउने ठेगानाका लागि मलाई ईमेल गर्नुहोला।

आजको घटनाका बारेमा INS को समाचार

आन्दोलरत सात राजनीतिक दलले सरकारको निरंकुशताविरुद्ध निषेधित बसन्तपुर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
कर्फ्यु कारण शुत्रवार बशन्तपुरमा हुन नसकेको सभा शनिवार सरेपनि सरकारी हस्तक्षेपका वावजुत दलले बसन्तपुरमा सशस्त्र सुरक्षाकर्मीको घेरा तोड्दै सभा सम्पन्न गरेका छन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी सात दलका २ सय भन्दा बढि नेता तथा कार्यकता पक्राउ परेको नेकपा एमालेले जनाएको छ ।

झडपको क्रममा एक दर्जन भन्दा बढि प्रदशनकारी र केही प्रहरी समेत घाइते भएका छन् । चितवन कांग्रेसका नेता माधव अधिकारीको दुबै खुट्टामा गम्भिर चोट लागेकोले उनलाई उपचार्रार्थ वीर अस्पतालमा भर्ना गरिएको छ । पत्रकार सत्यराम पराजुलिको दांया हात भाँचिएको छ । प्रहरी जवान बासुदेव पोखरेलको आफ्नै लाठि प्रहारवाट दाहिने आँखामाथि गम्भिर चोट लागेको छ ।

पक्राउ पर्नेहरुमा नेपाली कांग्रेसका सह महामन्त्रि डा.रामशरण महत, कोषाध्यक्ष महन्त ठाकुर, केन्द्रिय सदस्य महेश आचार्य, नुवाकोट सभापति जगदिश्वरनरसिंह केसी, छायादेवी पराजुलि, गुरुराज घिमिरे लगायतका रहेका छन् ।

त्यस्तै एमालेका स्थायि समिति सदस्य युवराज ज्ञवालि, ठाकुर गैरे, ्खिमलाल भट्टर्राई बालगोपाल उपाध्याय , प्रजातान्त्रिक कांग्रेसका केन्द्रिय सदस्य उमा अधिकारी, कृष्णकिशोर घिमिरे, मञ्जु खाँड लगायतका छन् ।

प्रदशनका सहभागि नेपाल प्राध्यापक संघका पूर्व सभापति खगेन्द्र भट्टर्राई, नविनप्रकाशजंग शाह लगायत आधा दर्जन भन्दा बढि प्राध्यापक पक्राउ परेका छन् ।

निर्धारित समय अपरान्ह २ बजे नै सात दल र्समथित केही नेता कायृकर्ता बसन्तपुर डवलिमा प्रवेश गरी सम्बोधन गरेका थिए । तर, प्रहरीले तत्कालै हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

दलका कार्यकर्ताले शुरक्षा घेरा तोड्दै पटक पटक सभास्थलमा पुगेका थिए । बसन्तपुर क्षेत्रमा सभा बिथोल्नका लागि सरकारले सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेको थियो ।

सभास्थलको डवलि भने सेनाको नियन्त्रणमा रहेको थियो ।

टेकु मार्ग, चिकंमुगल क्षेत्रमा रहेका पर््रदशनकारी र प्रहरीविच पटक पटक झडप भएको थियो । प्रहरीले प्रदशनकारीलाई तितरवितर पार्न चार दर्जन भन्दा बढि सेल टियर ग्यास प्रहार गरेको थियो । प्रहरीको अश्रृग्याँसको जवाफमा प्रदशनकारीहरुले ढुङ्गा प्रहार गरेका थिए । बसन्तपुर क्षेत्रका सडक ढुंगामय बनेको थियो ।

तर, अश्रृग्यासको प्रहार छेल्दै प्रदशनकारीहरु पटक पटक वसन्तपुर दरवार क्षेत्रमा प्रवेश गरेका थिए । बसन्तपुर दरवार शाही राजाहरुको वासस्थानको रुपमा रहेको छ । नारायणहिटी दरवारको निर्माणसम्पन्न हुनु अगाडि राजपरिवारका सदस्य सोही दरवारमा बस्ने गरेका थिए ।

शुरक्षाकर्मीहरु पुण रुपमा वसन्तपुर क्षेत्रको सुरक्षामा नै केन्द्रित भएपछि दलका नेता तथा कार्यकर्ताहरुले नयां सडक, असन, इन्द्रचोक क्षेत्रमा छापामार शैलिका प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले सो क्षेत्र पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका थिए । उनीहरुले आफ्नो प्रदर्शन साँझसम्म पनि जारी नै राखेका थिए ।

बसन्तपुरको सभा विथोलेपछि सात दलका नेताकार्यकर्ताले धर्मपथ अगाडि सिद्धिचरण चोकमा कोण सभा सम्पन्न गरेका थिए । सो सभालाई प्रजातान्त्रिक कांग्रेसका केन्द्रिय सदस्य मनमोहन भट्टर्राईले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा भट्टराइले मुलुक गणतन्त्रउन्मुख भएको बेलामा राजाले गराउन लागेको नगर निर्वाचनमा मत नहाल्न नागरिकलाई आग्रह गरेका थिए ।

मेरो संसारको सिफारिसः सहकर्मी ब्लगर केपी ढुंगानाले आफ्नो ब्लग ब्लगर नेपालमा आज न्युरोडबाट लाइभ पडकास्ट , जेलमा रहेका नेताहरुको अवस्थाका बारेमा मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको जानकारी लगायत अरु पडकास्ट गरेका छन्।

20 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2006/01/21/kathmandu-january-21/trackback/

  1. Aba bhabanatmak rupma urlieko janachahana lai paisako bharma lageka surachhy foujle kunai halatma dabauna sakdaina….
    Sabaiko samarthan hunu parchha yo janamahol lai..

    Comment by Bideep Gaule — January 21, 2006 @ 4:19 pm

  2. Salokya ji,

    I really appreciate your journalistic efforts. Your contribution to this final democratic movement should not go unmentioned in the history.

    By the way, I hope you would not miss to post the video blog of the scene when the angry (but legitimate)crowd drag the gang leaders of this autocratic mandale regime to TUNDIHKEL for appropriate punishment !

    Netra
    ————

    Comment by Netra — January 21, 2006 @ 4:55 pm

  3. You are doing a great job, bro. Stay safe.

    Comment by wellwisher — January 21, 2006 @ 5:00 pm

  4. Nepal’s present situation is current World’ agenda.World wide Peole are watching the situation.We thank you for exposing how despotic is Gyanendra’s fascist regime.He is responsible for all unrest situation.7 parties should not once again leave the track and work against the sentiment of people as stooge of imperialist.Now people shall never forgive them.We are awaiting to view the scene.

    Comment by chin chin — January 21, 2006 @ 5:05 pm

  5. This Government doesn’t have authority to do this much, I thought this is the last stage of Illigel government, then they will see the power of Jana Andolan..
    Illigel government can not take any good position for their People.
    One I am sure the Ganatantra will come in Nepal.

    Comment by Sp — January 21, 2006 @ 5:09 pm

  6. Thanks for report;
    chiz

    Comment by chiz — January 21, 2006 @ 5:38 pm

  7. hajur mitra a lot of thanks n namaste
    tapai ko paryas nikai lagayo.jahile yo parewa maile dekhe ma dailly herchu.aahile ta jhanai.maile pani japan ma 8barsha dekhi weekly samachar niyamit parkasit garchu. mero tarfa bata kehi sahayog bhaya ? mitra thanks for way. thapa b ,tokyo japan

    Comment by belu thapa /editor weekly samachar japan — January 21, 2006 @ 5:50 pm

  8. Gyan dai ko din aba dherai kom cha. Sansar bata sabai rajtantra saki sake, Nepal tyo din tadha chaina.

    Comment by Janak Raj Gautam — January 21, 2006 @ 6:02 pm

  9. “Gyane Chor Desh Chhod”

    Umesh jee, Thousand Salutes to your effort in bringing us hot news. Keep yourself safe and protected. We worry a lot about yourself than the democracy. Democracy is on the way to come but it needs people like you to be safe and active.

    Blog readers: Umesh is working very very very hard to bring us the news from the street (currently the most dangerous zone of nepal), ahead of all other heavily funded journalists. He is doing this at his own cost. We should somehow keep his efforts continue supporting him. Some of us are supporting him occasionaly or in regular basis, but most of the readers are still enjoying it at free of cost. I often feel upset seeing his request to support him. We should think about supporting him rather than spending time to write words of appreciation. We do not need to pay him heavy amount, just make mind to pay 10 cents or 20 cents for each of your visit to this site. This small contribution, which is nothing for most of the blog readers, would be more than enough for keeping him financially alive if we all contribute him in regular basis. Just think, you will cut your cost of a pizza meal or a burger, once a week, and offer him your contribution from this, he will survive.

    Comment by ZZ — January 21, 2006 @ 7:30 pm

  10. umesh bro tapain ko kam dekhda lagchha dherai nai help garu . hajur sano bhaye pani sahayo garne bacha garchhu .tapain le ramro kam garnu bhayeko chha yestai gardai janu hola bhanne subhakaman dina chahanchhu .
    baburam

    Comment by Baburam Bhattarai — January 21, 2006 @ 8:35 pm

  11. Your efforts are highly appriciated. We are getting updates very conveniently on the recent political development in Nepal via your site. We support the demonstrations against the Royal autocratic government and we are also sure that the end of King is preety much short.

    Comment by Nirjang — January 21, 2006 @ 8:37 pm

  12. Umesh Ji,
    I personally appreciate yor work, I am sure so does others who visits your site. I have been looking at your work for past couple of months as I saw the first video on google video. Keep it up!! You have done a great job to inform all the Nepalese out side of Nepal with “true” picture of whats happening in our Capital.
    >
    Jai Nepal

    Comment by Desh Bhakta — January 21, 2006 @ 9:32 pm

  13. hey grt job but take care ok..

    Comment by viso — January 21, 2006 @ 11:24 pm

  14. Everybody…. apart from the blog and the video did anybody notice….

    तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि दायाँ छेउमा रहेको पेपाल बटन वा चेकको प्रयोग गर्न सक्नुहुन्छ। चेक पठाउने ठेगानाका लागि मलाई ईमेल गर्नुहोला।

    he needs our help… and we should… i did my part… last time i said lest help him….somebody wanted my initiative… this time…I started… now would you please continue?? lest all help merosansar…. the donation button is in the top right corner.

    Jaya Nepal!

    Comment by Mukti Sir — January 21, 2006 @ 11:47 pm

  15. oh.. yeah did i miss to comment that it was an awesome video….

    P.S. Could you please include your end theme song “loktantra” for download?

    Comment by Mukti Sir — January 22, 2006 @ 12:04 am

  16. धेरै राम्रो प्रयास।नया प्रयोग पत्रकारीताको इतिहासमा।निरन्तरता कायम रहोस् तपाइको च्यालेन्जिग ब्लग प्रजातन्त्र पुनस्थापनामा दरो आयाम ठहरिने छ।बिदेशमा बसेर देशको आन्दोलनलाई नजिकैबाट नियाल्ने माध्यम मेरो सँसार सबैकोलागि प्रिय छ।

    Comment by Ramhari Poudyal,United Kingdom — January 22, 2006 @ 1:00 am

  17. Dear Umesh Ji,
    Its awesome job you had did for us keeping us touch with what happening in Nepal. I request you and all journalist to prepare database of all those person who are arrested in these agitaion or demonstration rather then mentioning the name of top leader as they will be safe enough. But those with little identity are under threat don:t know the cruel Royal government make the SAHID in the name of DOHORO BHIDANTA.

    Comment by Ajaya Shrestha — January 22, 2006 @ 10:04 am

  18. kudos to ZZ!!

    Comment by Mukti Sir — January 22, 2006 @ 11:50 am

  19. innovative & timely accurate, efficient and productive.

    Thanks a lot - Move nepal Move!

    Comment by Roshan — January 22, 2006 @ 4:00 pm

  20. what i think is u r performing a complex job. there could b lots of obstacles in ur journey. i suggest u 2 not warry ‘n’ go on on ur dream. i’m with u ‘n’ we many r with u.

    Comment by Bipin Tripathi — January 25, 2006 @ 1:21 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.