आज सात दलको शक्ति प्रदर्शन

बसन्तपुरको यसै स्थानमा शनिबार सभा हुँदैछ। यो फोटो भने शुक्रबार कर्फ्यु लाग्नु १५ मिनेट अगाडि खिचिएको हो। अरु फोटोका लागि भित्र आउनुहोला।
सात राजनीतिक दलले शनिवार राजधानीमा विशाल जुलुस र २ बजे बसन्तपुरमा सभा गर्ने भएका छन्। शुक्रबार गर्ने भनिएको प्रदर्शन सरकारले लागू गरेको कर्फ्युका कारण प्रभावित भएकाले शनिवारलाई सारिएको हो। शनिबार पनि कर्फ्यु लागू गरिन्छ कि धरपकड मात्रै हुन्छ, त्यो भने थाहा भएको छैन। शुक्रबार रातिसम्म शनिबार बिहान ४ बजेसम्म मात्र कर्फ्यु लाग्ने बताइएको छ।
सात दलको संयुक्त आन्दोलन कार्यदलको शुक्रबार बसेको बैठकले शनिवारको कार्यक्रम तय गर्नुको साथै शुक्रबारको प्रदर्शन सरकारको हस्तक्षेपका बाबजुद सफल भएको दावी गरेको छ।
पूर्व निर्धारित स्थानहरुमा आ-आफ्ना दलका कार्यकर्ताहरुले १ बजेबाट जुलुस प्रदर्शन गर्ने दलहरुले जनाएका छन्।
सात दलबीचको सहमतिमा शुक्रबार साँझ कर्फ्यु समय सकिए लगत्तै राजधानीको कलंकी, मैतीदेवी, बल्खु, मंगलबजार, सोह्रखुट्टे, चाबहिललगायतका स्थानमा मशाल जुलुस प्रदर्शन भएको छ।
नवलपरासी कांग्रेस सभापति रामनाथ पराजुलीको नेतृत्वमा हाडीगाउँबाट निस्केको जुलुसलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्ने प्रयास गरेका थिए। तर प्रयास असफल भयो।

साँझ कर्फयु खुला गरिएको बेला निकालिएको जुलुसका सहभागी सुरक्षाकर्मीको नियन्त्रणमा।
सरकारले लागू गरेको कर्फ्युको अवज्ञा गर्दै राजधानीका विभिन्न स्थानमा दिनभर प्रदर्शन भएका छन। आन्दोलन राजधानीबाहिरका विभिन्न शहरमा पनि फैलिएको छ। बुटबल, पाल्पा, चितवन, नेपालगंज, पोखरालगायतका स्थानमा पनि प्रदर्शन भएको जानकारी प्राप्त भएको छ।
कर्फ्यु अवज्ञा गर्दै सात दलको तर्फाट बिहान ८ बजे राजधानीको सुन्धारामा पर््रदर्शन गर्ने नेपाल सद्भावना पार्टी उपाध्यक्ष भरतबिमल यादब, महासचिव राजेन्द्र महत्तो र केन्द्रीय सदस्य अनिल झा लगायतका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

लोकतन्त्र जिन्दावादः कर्फ्यु खुला गरिँदा निस्किएको जुलुस।
सात दलले कर्फ्यु घोषित क्षेत्रकै छेउमै रहेको गोगंबु र बाँसबारीमा प्रदर्शन गरे। यसैगरी सोह्रखुट्टेमा प्रदर्शनकारीले टायर बाले। सडकमा रहेका सुरक्षाकर्मीले प्रदर्शनकारीलाई लखेटे पनि पटकपटक उनीहरुले प्रदर्शन गरिरहेका थिए।
आन्दोलनकारीले भक्तपुरको सूर्यबिनायक, काठमाडौंको कलंकीमा समेत प्रदर्शन गरेका छन्।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य डिल्ली काफ्लेको नेतृत्वमा भक्तपुरको इनाचौकबाट निस्किएको जुलुस मिनीबसपार्क पुगेर सभामा परिणत भयो। सभालाई नेता काफ्लेले सम्बोधन गरेका थिए।
यसैगरी नेपाली काग्रेसले आफ्नो मुख्यालय सानेपा वरपर २ बजे र गौशालामा अपरान्ह १ बजे प्रदर्शन गरेको छ।
त्यस्तै विद्यार्थीहरुले दिउँसो कर्फ्यु लागिरहेको क्षेत्र न्यूराडमा जुलुस निकाले। भक्तपुरको सूर्यबिनायकमा मसाल जुलुस निस्कियो भने किर्तीपुरमा निकाल्न खोजेको जुलुस सुरक्षाकर्मीको कडा निगरानीका कारण हुन सकेन। दिउँसो नभए पनि अपरान्ह ४.३० बजे चाहिँ किर्तीपुरमा जुलुस निस्केको छ।
यसैबीच सरकारले आफ्नो प्रदर्शन रोक्न चक्रपथभित्र लागू गरेको कर्फ्यु को विभिन्न राजनीतिक दलले विरोध जनाएका छन्।

कर्फ्यु लागू हुँदा कै समयमा अवज्ञा गर्दै सडकमा उत्रेकाहरु। तल पनि हेर्नुस्।

सात दलको शान्तिपूर्ण आन्दोलनबाट अत्तालिएर राजधानीमा कर्फ्यु लगाएको र दलका नेता तथा कार्यक्रर्तालाई गिरफ्तार गरेर सरकारले नागरिकका संविधान पद्धत्त हकमाथि निर्लज्ज हस्तक्षेप गरेको प्रतिक्रिया नेपाली काग्रेसले विज्ञप्तिमार्फत् दिएको छ।
निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र वहालीका लागि सात दलले शान्तिपूर्ण रुपमा सञ्चालन गरेको आन्दोलनबाट अत्तालिएर सरकारले सञ्चार क्षेत्र अवरुद्ध पारेको, नेता कार्यकर्ताको घरमा खानतलासी गरेको, झ्यालढोका फोर्ने जस्ता असभ्य काम गरेको आरोप लगाउँदै यस्ता कार्यको जस्तोसुकै कठोर शब्दले निन्दा गरेपनि पर्याप्त नहुने काग्रेसले जनाएको छ।
प्रजातान्त्रिक काग्रेसले पनि नागरिक हक अधिकारलाई कुठाराघात गरेको भन्दै गिरफ्तार नेता कार्यकर्तालाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेको छ।
एमाले पनि विज्ञप्तिमार्फत् सरकारले शान्तिपूर्ण प्रदर्शनबाट अत्तालिएर सात दलका नेताकार्यकर्तालाई गिरफ्तार गरेको, तीन महिने थुनुवा पूर्जी दिएको, स्थानहदको पूर्जी दिएको, नजरबन्दमा राखेको र एमाले नेता अमृत बोहोराको घरमा खानतलासी गरेको भन्दै कडा शब्दमा विरोध गरेको छ।
राजधानीमा भएको दमनविरुध्द प्रदर्शन
शाही सरकारले राजधानीमा लोकतन्त्रवादीहरुमाथि गरेको दमनका विरुद्ध महेन्द्रनगरमा विद्यार्थीहरुले शुक्रबार प्रदर्शन गरे।
शुक्रवार मध्यान्ह महेन्द्रनगरको शिद्धनाथ बहुमुखी क्याम्पसबाट हजारौं विद्यार्थीहरु सरकार विरुद्ध नारावाजी गर्दै पुष्पलाल चोकसम्म पुगेका थिए।
पुष्पलालचोकमा आयोजित कोण सभामा विद्यार्थी नेताहरुले शाही सरकारले लोकतान्त्रिक शक्तिहरु माथि निरंकुश शैलीमा गरेको दमनको विरोध गर्दै पक्राउ परेका नेताहरुको तत्काल रिहाईको माग गरेका थिए।
स्थिति नियन्त्रण गर्न महेन्द्रनगरमा परिचालित सेनाले विद्यार्थीहरुलाई पुष्पलाल चोकबाट अघि बढन नदिएपछि विद्यार्थीहरुले निरंकुशताविरुद्ध चर्को नारावाजी समेत गरेका थिए। शुक्रवार बिहानैदेखि महेन्द्रनगरमा व्यापक रुपमा सैनिक परिचालन गरिएको थियो।
पार्टी कार्यालयहरु पनि सुरक्षा निगरानीमा
राजनीतिक दलका नेता कार्यकर्तामात्र नभई आन्दोलनकारी राजनीतिक पार्टीनि सुरक्षा निगरानीमा रहेको बुझिएको छ।
सात पार्टी सर्म्पर्क बाहिर रहेका नेताहरु पार्टी कार्यालयमा रहेको हुन सक्ने र ठूलो संख्यामा आन्दोलनकारी रहेको हुन सक्ने आशंकामा सुरक्षाकर्मीले नजिकैबाट कार्यालय घेराउ गरेको सूत्रहरुले जनाएका छन। अधिकाशं सादा पोशाकका सुरक्षाकर्मी पार्टीार्यालय वरपर खटिएका छन्।
नेपली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा एक दर्जन भन्दा बढी सादा पोशाकका सुरक्षाकर्मी रहेका छन। कार्यालय परिसर बाहिरै रहेर उनीहरुले त्यहाँको निगरानी गरिरहेको पार्टीसचिव शोभाकर पराजुलीले बताए। कार्यालयमा कुनै नेता आउन नसकेको जानकारी पनि उनले दिए।
उता नेकपा एमालेको बल्खुस्थित कार्यालयको निगरानीको लागि पनि सादा पोशाकका प्रहरी खटिएका छन। सुरक्षाकर्मीको कडा निगरानीकै कारण कार्यालयभित्र रहेका नेता तथा कार्यकर्ता प्रदर्शनमा निस्कन पाएका छैनन्। कार्यालयमा नेता काशीनाथ दाहाल, राजेन्द्र पाण्डे लगायत एक दर्जन नेता तथा कार्यकर्ता छन्।
.
महाराजगञ्जमा रहेको प्रजातान्त्रिक कांग्रेसको कार्यालय भने सुनसान छ। त्यहाँ कार्यालयको सुरक्षार्थ खटिएका बाहेक थप सुरक्षाकर्मी नरहेको पार्टी एक नेताले बताए। जनमोर्चा नेपाल, माले र सदभावना आनन्दीदेवीको कार्यालयमा पनि यही हालत छ।
News Source: INS


Tapai ko blogging ta thikai chha tara tapai le pani 7 party lai uthaune ra kandh ma halne kam nagarnu badhi. Yini haru pani mukh herna layek vane chhaina. Hijo samma atankakari bidhyek banaune ra aafno vag banda banduk ko budjet khane yinai hun. Aaja tehi banduk ko chepuwa ma pareka chhan. J vayeko chha thikai vayeko cha.
Comment by Sanjay — January 21, 2006 @ 11:56 am
Dear Sanjayji,
Tanpai le garnu bhayeko comment nikai sandarvik lagyo.Hijo banduk ko budget matra hoina ajha pani yini haru imaandaar dekhindainan videoblog ma hernus ek mahila nikai chichyaera bhanchhin”ye raja timi raaja banne ho bhane haamilai prajatantra deu”.Raja rahera dine prajatantra ta yehi ta ho ni.Yini haru sarkar ma basda ghoos khana diyekai thhiyo,kahinabhako jaatra haandi gaun ma jasto purush samshad lai sutkeri bhatta khana diyekai thhiyo, pajero chadna diyekai thhiyo,Lauda Air ma commission khana diyekai thhiyo, janta le chahe khole khana paos na paos,citamol goli paos napaos yini harulai brahama loot garna dida prajatantra hune nadida nirankus hune.Yini haru jasta gaddar ta ko holan ra ghari maobadi lai atankaari ghosana garne ra tauko ko mulya tokne ahile feri maobadi ko saran ma aayera Gyane lai thharkaune.Yini harulai rattibhar biswas garna garo chha.Kun bela kolte ferne hun.Tara aba ko isthiti herera janta ko bhawana, chahana ko kadar nagarera feri gaddari garne ho bhane jantale yini haru lai sayed maaf garne chhainan.
By the way Sanjayji what do you think the solution of current situation? If you dont mind can you say which party do you support morally? Where are you right now?
Namuna.
Comment by Namuna — January 22, 2006 @ 5:03 am
Khuching khuching khuching,
Hijo Gyane le abaidhanik sarkar ghosana gareko ma saathh dine nikamma neta haru (naye napaye Gorkha jaau bhanne Shere haru aaja uchit naye payera jail ma sadi rachhan) tyestai sarkaar ma rahada janta lai soshan garera jantaka pratinidhi ka billa bhirne haru charam bhrastachar garera aafu haru atyadhik dhani ra desh ra janta garib banaune haru lai ajha kada bhanda kada sajaye dinu parchha….Ini haru ajhai pani janta prati imandaar dekhindainan, jasto Moriarti le aafno bhasa ma aadesh diyo anubad sudha nagarera “ceremonial Monarchy” bhandai chhan.janta ko bhabana bhanda badi samrajyabadi ko ichchha pura garne yesta nikamma neta harulai 10 din matra hoina sada ko lagi kaid gare uchit hunchha…Tara Marne bela ma kamilaa ko pwankh umreko bhane jasto Gyane ko asambaidhanik bharaute harula tathasta manabadhikaarbadi ani nagarik samaj ka byekti haru lai giraftar garera aafno desh bhitra matra nabhai bishow bhari nai nangine kaam gareko chha.
Comment by Namuna — January 22, 2006 @ 5:41 am
sakti dekhaune are sarkar ma gayeka sat dal haru le…
malai ta ati nai laj lagyo. k gai jatra sakiyeko chhaina ki k h nepalma?
nathe auta raja saga darayera tyaslai gadhhi bata nikalera deshma ganatranta ko dip jalauna nasakne ko k sakti chha hola. dhoti mutuwa haru.
hey nepali daju bhai didi bahini haru aba kina pachhi lagirahanu bhako tyasta ko 46 sal tyas pachhi 63 sal aandolan bhandai janta maraudai aafhu mathi satta ma basera sadak ma naya naya natak dekhaudai manchhe marne haruko pachhi nalagau ta ani kasari dekhauchhan sakti tinle.
yo bloglai dhanyabad kina bhane dherai nepalile yasari aaphno manko jwala lai pokhna payeka chhan.
Comment by aandolan — September 5, 2007 @ 12:52 pm