कर्फ्यु र निषेधाज्ञा हटाइयो, मोबाइल सुचारु
अपडेट@9pm NST: मोबाइल सेटमा टावर देखाउँदैमा मोबाइल खुल्यो भनेर मख्ख परेको त के खाएर हुनु नि, मेरो प्रिपेड त अझै खुलेको छैन रहेछ। पोस्टपेडमात्रै खुलेको रहेछ। अब प्रिपेड खोल्न नानाथरिका नाटक गर्ने हुन् कि खुरुक्क खोल्ने हुन्, त्यो भने कथित “विष्णुका अवतार”लाई नै थाहा होला।
अपडेट@8pm NST: दूरसञ्चारको मोबाइल फोन सुचारु भएको छ। निजी क्षेत्रको मेरो मोबाइल र युटिएल भने अहिलेसम्म सुचारु भएको छैन।
२०६२ माघ १० सोमबार @ 7 pm NST
थानकोटमा माअोवादीहरुले आक्रमण गरेपछि माघ ३ गतेदेखि चक्रपथभित्र लगाइएको कर्फ्यु र शान्तिपूर्ण सभा र जुलुसमाथि लाग्दै आएको प्रतिबन्ध निषेधाज्ञा आज सोमबारदेखि हटाइएको छ। काठमाडौं र ललितपुरका प्रजिअहरुले यससम्बन्धी सूचना जारी गरेका हुन्। रत्नपार्कजस्ता प्रमुख स्थानहरुमा लाग्दै आएको निषेधाज्ञा भने कायमै छ। त्यसैगरी गिरफ्तार कयौं नेता, कार्यकर्ता र मानवअधिकारवादीहरु पनि थुनामा नै छन्। मोबाइल र वायरलेस टेलिफोन पनि खोलिएको छैन।


NTC ko prepaid mobile ma ta khali network matra dekhayo. maile prepaid ntc bata lan line ma dial garda ta lageko thiyo tara pheri pachi garda lagena. “Error in Network Connection” bhanera auncha ahilae ta. khai kahilae khulnae ho. let’s hope chittai khulcha hola.
Comment by sagun chalise — January 24, 2006 @ 6:03 am
mero sansar ko pospad mobile khula ko samchar padhiyo chiti pripad ra UTL phone khula ko samachar padhan pau . ok brother
Comment by madhav raj tiwari — January 24, 2006 @ 11:13 am
प्रिपेड मोवाईल फेरी बन्द हुदैछ होला किनकि सरकार लाई चाहिएको पैसा प्रिपेड बेचेर NTC बाट लगि सक्यो होला अव के को लागि खोल्नु र । अव तपाईलाई मोवाइल चाहिएमा ज्वाँईको मोवाईल चलाउनु होस् । त्यहाँ अधिकृतको सिफारिस पनि चाहिदैन बिना झण्झट पाईहाल्नु हुन्छ । आज ११ गते देखि धरानको प्रिपेड पनि बन्द छ । पोष्टपेड भने अहिले सम्म खुल्लै छ ।
Comment by प्रसन्न — January 24, 2006 @ 12:57 pm
Biratnagar ma pani postpaid mobile banda bhayo bhane jankari prapta bhayeko chaa.
Comment by sagun chalise — January 24, 2006 @ 8:42 pm