January 23, 2006

भिडियो ब्लगः माघ ८ को तनाव

हुनत यो भिडियो ब्लग मैले हिजै राख्ने विचार गरेको थिएँ। तर दिवंगत स्वर किन्नरी तारादेवीले गाए जस्तै “सोचेजस्तो हुन्न जीवन” जलस्रोतको दोस्रो धनी देश भनेर नाक फुलाएर के गर्नु, दिनहुँ लोडसेडिङको मार खेप्नु परेको छ। हिजो भिडियो तयार पार्दै थिएँ, बत्ती गयो। बिहानै बत्ती गएको छ, राति बत्ती गएको छ..! अनि रातभर मेरो वर्ल्डलिङ्कको इन्टरनेट पनि चलेन। हाम्रोतिर बत्ती आउँदा आईएसपीकोमा बत्ती जाने रहेछ। आईएसपीले त विद्युतको वैकल्पिक उपाय गर्नुपर्ने हो नि, त्यो पनि गरेको छैन। यो भिडियो ब्लग न्युरोड-बसन्तपुर क्षेत्रमा माघ ८ गते भएको तनावको हो। यसको पहिलो अंश हेर्नभित्र आउनुहोला।

भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला।

टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।


तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि दायाँ छेउमा रहेको पेपाल बटन वा चेकको प्रयोग गर्न सक्नुहुन्छ। चेक पठाउने ठेगानाका लागि मलाई ईमेल गर्नुहोला।

दोस्रो भाग छिट्टै नै राख्ने प्रयासमा छु।

12 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2006/01/23/video-blog-new-road-1/trackback/

  1. Thanks Umesh Ji!
    I got a chance to see Tensed day Ktm Jan 21 06 by your VDO blogging.
    Good Job.
    amin

    Comment by amin — January 23, 2006 @ 11:21 pm

  2. This is revolution time in nepal . This is the time we can use to dissolve monarchy and establish peoples republic in country but to do it first we need good comanding team . without it non of any movement can be suscess . Right now we don’t have any commander i mean leader like this . even yet our currepted leders are scaring to run revolution towards republic. only they say they don’t need “NIRANKUSH RAJTANTRA”
    SO it means constitunational monarchy is fine ? and again after 10-15 years we need to fight with them. so i wanna say please, leaders use these chance towards republic . do not demand with GYANE , we need to establish peoples republic by ourselfs. DEMOCRATIC REPUBLIC OF NEPAL jindabad.

    Comment by mahesh — January 24, 2006 @ 2:40 am

  3. Great job!
    Umesh jee, Keep it up, you are the hero in the world of modern day communication in Nepal–all the best–Krishna

    Comment by Krishna Rai — January 24, 2006 @ 6:20 am

  4. पर्ूवमा धरान र विराटनगर, पश्चिममा बुटवल र नेपालगंज अनि पर्ूव दक्षिणमा मिथिलाअंचल जागिसकेको वर्तमान अबस्थामा, ४६ को आन्दोलनले प्रजातन्त्र स्थापना गराएपछि त्यसको सवैभन्दा बढि प्रतिफल खाने काठमाडौलाई अब लाज लाग्न थाले जस्तो छ । नेपाली राजनीतिमा कसैले भनेका थिए, नेपालको राजधानी काठमाडौं सितिमिति जाग्दैन र जागेपछि त्यसै सेलाउदैन, परिणाम ल्याएरै छोड्छ । काठमाडौ शहरको वर्तमान स्थिती तपाईको व्लग लगायतका विद्युतिय संचार माध्यमहरुमा हर्ेदा लाग्छ । काठमाडौ त्यो परिणाम ल्याउनको लागि उद्यत छ आतुर छ । राजधानी शहरमा मात्रै सिमित वर्तमान मन्त्रिपरिषद -भारदारी परिषद) का अध्यक्ष ज्ञानेन्द शाहका आसेपास,े हुक्केबैठकेहरु काठमाडौको आन्दोलनमय विगत संझेर डगमगाएको प्रतित हुन्छ । इतिहासको अनौठो संयोग नै मान्नर्ुपर्छ, ४६ सालको आन्दोलनलाई दबाउनेहरु आजफेरी, आन्दोलनकारी शक्तिको काँधमा टेकेर घुमीफेरी सत्ताधारी भएका छन् र आन्दोलन निश्तेज पार्ने र्फमानहरु ज्ाारी गरिरहेका छन् र अनि ४६ सालको आन्दोलनमा लाठी खाएकाहरु फेरी त्यहि सडकमा आएका छन् । इतिहासमा घटनाहरु दोहरिन्छन् भनेको सायद यहि होला तर नयाँ दोहरीने घटनाहरु पुरानो भन्दा निकै प्रगतिशिल हुन्छ सबैलाई चेतना भया । इतिहासको त्यहि स्वाभावको कारणले होला, हिजो सडकमा नारा लगाउने अनुहार उस्तै भएपनि, हिजो लागेको नारा र आजको नारा निकै फरक छ । हिजोसम्म राजदरवारको बाटो हिड्न डराउने नेपाली जनता, आज गणतन् त्रको माग गर्ने भईसकेका छन् समय साच्चै वलवान छ । नेपालको इतिहासमा राजतन्त्रले देश भित्र र बाहिर यति बिध्न विरोध सुनेको पहिलो पटक होला तर अध्यक्ष महाराज देशाटनमा मस्त छन्, सुन्ने फर्ुसद नै छैन । सिंगो रोम जल्दा निरो वाँसुरी बजाएर मग्न भए जस्तै । आफ्नो इतिहास अंगारले लेख्न खोज्नेहरुलाई के नै पो भन्न सकिन्छ र - मात्र राम राम सिवाय । अहिलेलाई चाँहि काठमाडौलाई आन्दोलनमय बनाउन कफयू लगाएर तथा निषेधआज्ञा जारी गरेर सहयोग गर्नुहुने बर्तमान भारदारी परिषदका मुसा गृहमन्त्री कमल थापालाई धेरै धेरै धन्यवाद । अनि सम्पर्ूण्ा काठमाडौहरुवासीलाई इतिहासको सुम्पेको यो गहन जिम्मेवारी पुरा गर्नको लागि शुभकामना । हामी कवि गोपाल प्रसाद रिमालको एक युगमा एकचोटी मात्रै आउने सुनौलो त्यो दिन हर्ेन लालायित छौं, आतुर छौं ।
    उत्तम

    Comment by Uttam — January 24, 2006 @ 9:34 am

  5. Hi to ALL,
    Can someone tell me that how to read merosansar dot com dot np(Font: display problem only for merosansar) in Mozilla Firefox?

    Comment by Kheladee — January 24, 2006 @ 10:17 am

  6. I have no problem viewing merosansar in mozilla or even safari, although the fonts are not as nice as in windows, its redable…though. Good luck figuring your problem…. hehe, i like being patrinized to Microsoft (ie) and Apple (safari) on both my systems!!

    Comment by Mukti Sir — January 24, 2006 @ 10:38 am

  7. http://www.indybay.org/news/2006/01/1796488.php

    have a look

    Comment by Prayash — January 24, 2006 @ 11:32 am

  8. Umesh Ji, tapaiko ma nepali ma type garera comment lekhna k garnu parchha ?

    Comment by bk — January 24, 2006 @ 3:05 pm

  9. aakasha gunjine gari nara lagi raheko cha . mora gyane bahira bhayo ki kya ho ????

    Comment by bharat — January 24, 2006 @ 3:08 pm

  10. बिश्व जनप्रतिरोध आन्दोलन
    फ्रयाङ्कर्फटको सूचना !

    आदरणीय न्याय प्रेमी दाजु भाइ तथा दिदी बहिनीहरु ज्यू ,
    नेपाली सामन्ती सत्ताको बिरुद्धमा आम नेपाली जनताहरुले सुरु गरेको जनयूद्धले दिन प्रति दिन उच्चता प्राप्त गरिरहेको कुरा आज सम्पर्ूण्ा संसदबादी सक्तिहरु संग गरिएको १२ बुदे समझदारी र त्यस पछिका घटना क्रमहरुले पुष्टि गदर्ैर्ैैगेको कुरा आफैमा छलङ्ग छ । आज फाँसीबादी नेपाली साहीसत्ता देश भित्र र बाहिर सबैतिर बाट अलग थलग हुदै गइरहेको छ भने नेपालको निरंकुष साही सत्ताका बिरुद्धमा सिंगो नेपाली जनसमुदाय संर्घष्ाको मैदानमा उत्रि सकेको छ । नेपालको यहि बर्तमान परिस्थीतिको बारेमा अन्तराष्ट्रिय समुदायलाइ जानकारी गराउने उदेश्यका साथ बिश्व जनप्रतिरोध आन्दोलनको सकृयतामा यूरोप स्तरमा स्पिकिङ्ग टुर को आयोजना गरिएको छ । नेपालमा चलिरहेको जनयूद्ध ः ‘नयाँ विश्व सम्भब छ ‘ भन्ने विषयको उक्त कार्यक्रममा जनयूद्ध र यसले हासिल गरेको उच्चता र चुनौतीका बारेमा बाम बुद्धिजिबी आनन्द स्परुप बर्माको प्रमुख आतिथ्यमा हुनगइरहेको प्रबचन तथा अन्तरक्रृया कार्यक्रममा निम्न स्थान मिति र समयमा उपस्थित भइ यथार्थ जानकारी हासिल गर्नु हुन अनुरोध गरिन्छ ।

    आयोजक ः World People’s Resistance Movement (Europe)
    मिति ः १२ फेब्रुवरी , २००६
    समय ः १५.०० बजे
    स्थान ः बोखेनहेमेरवार्ते
    गोथे युनभर्सिटेट्
    प|mाङ्कर्फट मेन

    Comment by bipin — January 24, 2006 @ 4:20 pm

  11. I am a person from chitwan. It become me very live looking the vedio that u supplied to us in mero sansar.
    keep on doing it to us. Thanks

    Comment by ashok dhungana — January 24, 2006 @ 8:34 pm

  12. KG should realize that

    “battons can’s stop people’s voice,
    we don’t need autocratic monachrchy that is people’s choice”

    Comment by NepaliKeta — January 24, 2006 @ 11:32 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.