निषेधाज्ञा हटाइएपछि न्युरोडमा तनाव
२०६२ माघ ११, मंगलबार
अपडेटः दोस्रो अंश पनि भित्र अपडेट भइसकेको छ। दोस्रो अंशमा मेरो क्यामेरामा पानीको फोहोरा लाग्दाको दृश्य पनि देखिन्छ।
अपडेटः आजको भिडन्तका E X C L U S I V E दृश्यहरु मध्ये पहिलो अंश भित्र राखिसकेको छु।
आजका मितिदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्रको निषेधाज्ञा हटाइएपछि भएको पहिलो प्रदर्शनका कारण न्युरोड क्षेत्र दिनभर तनावग्रस्त रह्यो। प्रहरीले आज प्रदर्शनकारी र सामान्य बटुवालाई समेत निर्ममतापूर्वक लाठी प्रहार गरेको देखिन्थ्यो भने ३ दमकल पानीको फोहोरा म हुँदासम्म छ्यापिएको थियो। पानीको फोहोरा छ्याप्ने क्रममा प्रहरीले हामी पत्रकारहरु भएको ठाउँमा समेत लक्षित गर्दा मेरो क्यामेरा र जीउ निथ्रुक्कै भयो भने च्यानल नेपालको एउटा क्यामेरा बिग्रियो। जति पानीको फोहोरा छ्याप्दा पनि प्रदर्शनकारीहरु त्यहाँबाट हटेका थिएनन्। यससम्बन्धी केही एक्सक्लुसिभ दृश्यहरु अहिले केही बेरपछि म सार्वजनिक गर्ने तयारीमा छु। कृपया प्रतीक्षा गर्नुहोला।
यसैबीच प्राप्त जानकारी अनुसार काठमाडौंमा मात्र हैन, धरान र पोखरामा पनि प्रिपेड मोबाइल सरकारले बन्द गराएको छ।

आन्दोलनकारीले लगाएको आगो निभाउने प्रयासमा प्रहरी।

आन्दोलनकारीलाई पानीको फोहोराले छ्याप्दै प्रहरी।
भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला।
टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।
तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि दायाँ छेउमा रहेको पेपाल बटन वा चेकको प्रयोग गर्न सक्नुहुन्छ। चेक पठाउने ठेगानाका लागि मलाई ईमेल गर्नुहोला।
दोस्रो अंशका लागि तल क्लिक गर्नुहोला।
तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि दायाँ छेउमा रहेको पेपाल बटन वा चेकको प्रयोग गर्न सक्नुहुन्छ। चेक पठाउने ठेगानाका लागि मलाई ईमेल गर्नुहोला।
तेस्रो भाग छिट्टै नै राख्ने प्रयासमा छु।


Din ganera basda huncha gyane ra teska chamcha harule. Aba tyo din para chaina.
Comment by Janak Raj Gautam — January 24, 2006 @ 6:41 pm
Umesh dada maile mail gareko thiye paunu bhayo bhayena .. maile diyeko add ma contact garnu hola … tapin ko reporting ramro chha …. jari rakhnu hola
Comment by Babu — January 24, 2006 @ 6:59 pm
Why are they wasting water on the street?
There are many places in KTM where people don’t get water through taps. Rather than wasting water on the street, they should distribute the water to the thirsty people who has to wake at mid night to pump the water and still they get nothing out of it. Think abotu it, nepal water supply and sanitation coorporation …
Comment by Nepaliketa — January 24, 2006 @ 11:26 pm
Great video clip. Great job. Thank you very much.
Comment by joshi — January 25, 2006 @ 12:10 am
i have been watching your blog since couple of months. You are really doing an exceptional work and i would like to appreciate that.
Comment by bhandaris — January 25, 2006 @ 12:55 am
what u do that is perfect job.
Comment by amrit — January 25, 2006 @ 1:14 am
उमेश जी हामी प्रवासी नेपालीहरुले तपाईको कार्यलाई सलोट ठोक्नै पर्दछ । आज हामी हाम्रो प्यारो देश देखि धेरै टाढा भएता पनि देशमा भइरहेका निरंकुशता विरोधी आन्दोलनहरुलाई नियाल्न पाईरहेका छौ । आउदा दिनहरुमा पनि यो कार्य निरन्तरता रहिरहोस् पशुपतिनाथसँग यहि प्राथना
उहि तपाइको प्रवासी
Comment by प्रवासी नेपाली — January 25, 2006 @ 9:29 am
good video and blog thanks umesha ji.
hain kati din samma chupa lagna sakcha yo gyane . ab dherai din chain . gyane din ganer bas. nepali daju bhai tatha dd bahini haru yo gyane ati chalakha cha hai . yesko chal ma na aljhinu.
Comment by bharat — January 25, 2006 @ 5:05 pm
Great Job Man, Keep it up!
Comment by G UNIT — January 27, 2006 @ 12:17 am
Great job?????I am reallly impresed
Comment by Mark Brain — January 28, 2006 @ 4:33 am
First time seeing such wonderful clips, keep going
~oasis
Comment by Oasis Prajapati — February 3, 2006 @ 11:42 pm
It’s Really nice and Great Job, Thank-you so much. Keep it up.
Mingma
Seattle WA
USA
Comment by MIngma Thundu Sherpa — February 28, 2007 @ 6:07 am