January 26, 2006

नेपालकी ‘राबडीदेवी’ ( E X C L U S I V E)

यस्ता छन् राजाले गराउने चुनावका उम्मेदवार
२०६२ माघ १३, बिहीबार
विहारमा लालूप्रसाद यादवले आफ्नी राजनीतिसम्बन्धी केही सम्बन्ध नभएकी निरक्षर पत्नी राबडीदेवीलाई मुख्यमन्त्री बनाएका थिए। नेपालको काठमाडौं महानगरपालिकाको निर्वाचनमा पनि आज झण्डै त्यस्तै शैलि दोहोरियो। माथिको फोटोमा देखिएकी राधा उपाध्याय हुन्। कामपा वडा नं ८ का वडाअध्यक्ष पदका एक मात्र उम्मेदवार अर्थात् निर्विरोध निर्वाचित वडाअध्यक्ष। उनी एक स्कूलमा कुचो लगाउने, पानी खुवाउने काम गर्दिरहिछिन्। त्यही स्कूलका प्रिन्सिपलले उनलाई उठ्न लगाएको रे। नउठे जागिर खोस्छु भने रे। त्यसैले उठेको रे। अब निर्विरोध हुनुभयो, वडामा के काम गर्नुहुन्छ त भनेर हामी पत्रकारहरुले सोध्दा उनले भनिन्, खै मलाई केही थाहा छैन। पढेको भए पो थाहा नहुनु। नजान्ने मान्छेलाई उठाएर के हुन्छ त ? उनीसित हामी पत्रकारहरुले गरेको कुराकानीको भिडियो हेर्ने भए भित्र आउनु होला।

काठमाडौंमा मेयर पदमा १० र उपमेयर पदमा ८ उम्मेदवार भए। सबै वडामा उम्मेदवारी परेनन्। काठमाडौंका ५०० पदमा २ सय ५९ मात्रै उम्मेदवारी परेको रहेछ। नेपाल भरका सबै नगरपालिका गरी ४ हजार १ सय १६ पदमा करिब १ हजार मात्रै उम्मेदवारी परेछ, जसमध्ये एक तिहाई त राधा उपाध्याय जस्तै निर्विरोध भएका छन्।

बिचरी राधाका श्रीमानको धेरै वर्ष अगाडि देहान्त भइसकेको थियो रे। मलाई त केही थाहा छैन, सही भने गर्न आउँछ, उनी हामीसित भन्दै थिइन्। हामीले उनको अबोध कुरा सुनेर हाँसो थाम्न सकेनौं। उनी सोध्थिन्- भाषण पनि गर्नुपर्छ ? ला…के गर्ने होला ! अझ उनी सोध्दै थिइन्, मेरो आज कति धेरै फोटो खिचे, किन खिचेका होलान् हगि ?

राधा त नाटककी एक सामान्य पात्र मात्र हुन्। राधालाई उठाउने मान्छे पनि सामान्य नाटककार मात्र हुन् (उनी पनि रक्सीले मात्तिएर त्यहाँ आएका भनी अरु साथीहरुले भन्थे, उनले मेयर पनि उठाउन लगाएका रे, तर दर्ता भएन रे) यो सम्पूर्ण नाटकका महान् निर्देशक त अरु नै छन्। राजाको प्रत्यक्ष शासनमा हामीले नयाँ नयाँ कुरा हेर्न र सुन्न पाइरहेका छौं। केही वर्ष अगाडि प्रधानमन्त्री पदका लागि टेण्डर आह्वान भएको बिर्सनु भयो ?

सुरुमा त हामीलाई उम्मेदवारको मनोनयन दर्ता गर्न जाने ठाउँ राष्ट्रिय सभागृहभित्र जान दिइएको थिएन। तर पछि जान दिइयो। अनि बल्ल हामीले राधा लगायत अन्य उम्मेदवारहरुसित कुराकानी गर्न पाएका थियौं। पछि उम्मेदवारहरुलाई छुट्टै सुरक्षित ठाउँमा राखी कुनै मन्त्री वा कसैले निर्देशन दिन लगेका थिए। राधा भने त्यता नगई हामीसित बात मार्दै थिइन्। उनीसित वार्तालापको भिडियो हेर्नुस्, अनि नगर निर्वाचनको बारेमा प्रतिक्रिया लेख्नुस् है त !

भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला।

टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।


तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि दायाँ छेउमा रहेको पेपाल बटन वा चेकको प्रयोग गर्न सक्नुहुन्छ। चेक पठाउने ठेगानाका लागि मलाई ईमेल गर्नुहोला।

निर्वाचनसम्बन्धी थप समाचार INS बाट

नगर निर्वाचन प्रारम्भमै असफल
जबर्जस्ती उम्मेदवारी , उम्मेदवारको घरमा रुवावासी

प्रमुख संसदवादी दलको सक्रिय बहिष्कार लत्याउँदै सरकारले गर्न लागेको नगर निर्वाचनका लागि ५८ नगरपालिकाका सबै स्थानमा भने उम्मेदवारी दर्ता भएनन्।

उम्मेदवारको अभावमा सरकारले जर्वजस्ति उम्मेदवार उभ्याएको थियो। सात दलको सक्रिय बहिष्कार र माओवादीको धम्कीको कारण सरकारले आफ्नो साधनस्रोतको दुरुपयोग गर्दै उम्मेदवार ओसारिरहेको थियो।

काठमाडौं महानगरपालिकाका सात वटा वडाको अध्यक्ष पद उम्मेदवारविहीन बन्यो। त्यस्तै, ललितपुर उपमहानगरपालिकाका साथै किर्तिपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालकाको पूरा स्थानमा उम्मेदवारी पर्न सकेन।

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारी समूहले समेत उपत्यकाका सबै नगरपालीकामा उमेदवारी दिन सकेन। सरकारी राप्रपाले ललितपुरमा मेयर र उपमेयरका उम्मेदवार पाएन। महानगरपालिकाको मेयरमा पूर्व मनोनित उपमेयर राजाराम श्रेष्ठले सरकारी राप्रपाबाट मेयर पदमा उम्मेदवारी दिए। ललितपुरमा समता पार्टी तर्फाट मधु शाह मेयरको उम्मेदवार बनेका छन्। ललितपुरमा मेयरका उम्मेदवार ४ जना रहेका छन्। उपमेयरमा सात जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, भक्तपुर नगरपालिकामा सरकारी राप्रपाका मेयर सुमित्रा मधुकर्मी र उपमेयरमा सुर्ज हाडा उम्मेदवार बनेका छन्। भक्तपुरमा मेयर र उपमेयरमा अन्य उम्मेदवार छैनन् भने १७ वटा वडा मध्ये ११ वटा वडामा मात्र उम्मेदवारी परेको छ।

यसैगरी किर्तिपुर नगरपालिकामा ३ जना मेयर, १ जना उपमेयरको उम्मेदवारी परे पनि ५ नं र २ नं वडा खाली रहेका छन्। मध्यपुर ठिमी नगरपालिकामा मेयरका लागि ४ र उपमेयरको लागि २ जनाले उम्मेदवारी दर्ता गरेका छन्। १७ वडामध्ये १४ वटा वडा अध्यक्षको लागि उम्मेदवारी परेको छ।

त्यस्तै, महानगरपालिकामा सरकारी राप्रपा, नेपाल समता पार्टीराष्ट्रबादी मिलन केन्द्र, राष्ट्रिय जनमुक्ती पार्टीगायतका झिना मसिना पार्टी उम्मेदवारी दर्ता गराएका छन्। वडा नं ८ को वडा अध्यक्ष शिव पार्वती स्कूल काभ्रेका पियन पदमा कार्यरत राधा उपाध्यायलाई जर्वजस्ती उम्मेदवारी दर्ता गराइएको छ।

उम्मेदवारी दर्ता गर्ने अन्तिम समय साँझ ५ बजे तोकिए पनि ६ बजे सम्म उम्मेदवारी दर्ता गर्दा प्रहरीले रोक्ने प्रयास गरेको देखिएन। साँझ ६ बजे पछि उम्मेदवारी दर्ता गराउन गएका विष्णु बहादुर बरालको उम्मेदवारी सदर गराइएको छ। मेयर पदमै उम्मेदवारी दिएकी सुधा खत्री आफुले उम्मेदवारी नदिएको भन्दै सभा गृह हल बाहिर निस्कीएकी थिइन्। संचारकर्मीहरुले तपाईको त नामावली छ नि भन्दा उम्मेदवारी फिर्ता लिने बताएकी थिइन्। त्यस्तै संचारकर्मीहरुले उम्मेदवारको नामावली माग्दा सुरक्षाका कारण दिन नमिल्ने काठमाडौं जिल्ला निर्वाचन आयोगका कर्मचारीले बताए।

त्यस्तै देश भरका अन्य नगरपालिकाहरुमा पनि सबै स्थानामा उम्मेदवारी परेको छैन।
नुवाकोटका ध्रुवकुमार रावलका अनुसार नगर प्रमुखको उम्मेदवारी मनोनयन गर्न गएको नेपाल समता पार्टीे समूहलाई नेपाल प्रहरीले प्रहरी स्कटिङका साथ पार्टीार्यालयवाट निर्वाचन कार्यालय सम्म पुर्याएको छ। नेपाल समता पार्टी मेयर पदका उम्मेदवार भर्मवहादुर थापा लगायतका अन्य कार्यकर्तालाई प्रहरीले स्कटिङ गरेको थियो।
नारा र जुलुर साथ आएको सो पार्टी कार्यकर्तालाई तिन दर्जन भन्दा वढी प्रहरीले अघि पछि स्कटिङ गर्दै निर्वाचन कार्यालय पुर्याएर छोडेको हो। त्यस्तै, सरकारी राप्रपा जिल्ला सदस्य रामकृष्ण भट्टले उप मेयर पदको उम्मेदवारी दिएका छन्। बागलुगं सहकर्मी सागर शर्माका अनुसार बागलुगं नगरपालिकाको पाँच वडामा उम्मेदवारी परेन। नगरपालिकामा ११ वटा वडा छन्।

नगरपालिकाको प्रमुख पदमा सरकारी राप्रपाबाट पर्ूव मनोनित प्रमुख विदुर खड्का र समता पार्टी द्रोणाचार्य शर्मा तथा उपप्रमुख पदमा सरकारी राप्रपाका नारायाणप्रसाद आचार्य र स्वतन्त्र रुपमा महेन्द्र खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी नगरपालिकाका ११ वटा वडामध्ये दर्ुइ वडा वडामा दर्ुइ/दर्ुइ जना तथा चार वटा वडामा एक/एक जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। बाँकी पाँच वटा वडामा कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन्।

पोखरा सहकर्मी हरि भट्टर्राईका अनुसार पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा नगर उपप्रमुख निर्र्विोध भएका छन्। पोखरा उपमहानगरपालिकामा जयलाल पुन र लेखनाथ नगर पालिकामा दिनेशबहादुर राजभाट निर्विरोध भएका हुन् ।
लेखनाथ नगरपालिकाको वडा नं.. १, ५, ८, १२, १३, १४, १५ मा उम्मदवारी नपरेको लेखनाथ नगर निर्वाचनको कार्यालयले जनाएको छ। ती मध्ये वडा नं. ११ मा मात्र चारजना मध्ये एक जनाको मात्र सदस्यहरुको मनोनयन परेको छ। पोखरा उपमहानगर पालिकाको वडा नं. ७ मा अध्यक्षमा पनि उम्मेदवारी परेन

नगर निर्वाचन कार्यालयका अनुसार, नगर प्रमुख पदमा भने राप्रपाका हरिबहादुर हरिजन,स्वतन्त्र उम्मेदवारहरु चन्द्रबहादुर रानाभाट तथा विष्णु कुमारी गुरुङले उम्मेदवारी दिनुभएको छ भने उपप्रमुखमा दिनेशबहादुर राजभाटको एक्लो उममेदवारी परेको छ।

पोखरा उपमहानगरपालिकामा भने वर्तमान जिल्ला विकास समितिका उपसभापति देवीजङ्ग गुरुङ हरिबहादुर कार्की, विष्णुकुमार र्साई, रापपा थापाका पोखरा उपमहागर सभापति भीमसेन थापा, अम्मरबहादुर गुरुङ र यमबहादुर परियारको प्रमुख पदमा उम्मेवारी परेको छ। उपप्रमुख पदमा जयलाल पुन निर्विरोध भएका छन्। वडाध्यक्षको आउँदै छ।

धनगढी सहकर्मी शिवराज योगीका अनुसार धनगढी नगरपालिकामा मेयर पदको उम्मेदवारीमा कुनै पनि पार्टी मनोनयन दर्ता गराएका छैनन्। मेयर पदका लागि स्वतन्त्र उम्मेदवारको रुपमा प्रेम वि.सि. ले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने ९ नम्वर वडाका लागि अध्यक्षको रुपमा जय बहादुर विष्टले उम्मेदवारी दिएको वुझिएको छ। नगरपालिकाका लागि चाहिने ७२ जना उम्मेदवार मध्ये वाकी ७० जनाको स्थानमा कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन्।

त्यसैगरी कैलालीको टिकापुर नगरपालिका लागि राप्रपा राष्ट्रबादीका कुमार बहादुर शाह लगायत ३ जनाले मेयर पदको लागि उम्मेदवारी दिएको वुझिएको छ। सो नगरपालिकाकै उपमेरको लागि २ जना, तथा ५ जना वडाध्यक्ष र ३ जना वडा सदस्य पदको लागि उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुको नाम भने अझै खुल्न सकेको छैन।
इटहरी सहकर्मी याम प्रधानका अनुसार धरान नगरपालिकामा तीनजनाले मेयर पदमा उम्मेदवारी दिएका छन्। इटहरीमा पाँच जना, इनरुवामा चार जनाले मेयरपदमा उम्मेदवारी दिएका छन्। सगरमाथा अञ्चल प्रशासक रामकुमार सुब्बाको घरमा उम्मेदवारीको अन्तिम नामावलि तयार गरी प्रहरीको स्कटि्रङ्गमा गएर उम्मेदवारी दर्ता गरिएको हो।

बर्दिया सहकर्मीका अनुसार गुलेरिया नपाका लागि अब्बास अलि धोविले मेयर र राकेश शाहले उप मेयर पदमा उम्मेदवारी दिएका छन्। उम्मेदवारको नाम र्सार्वजनिक हुँनासाथ उनीहरुको घरमा रुवावासि चलेको छ।

जनकपुर नगरपालिकामा चार जनाले मेयर पदमा उम्मेदवारी दिएका छन्। एक जना हरियालि पार्टी रहेका छन् भने अन्य स्वतन्त्र हुन्। जलेश्वर नपामा मुस्कान सेना नेपालका समुहले उम्मेदवारी दिएका छन्।

धनगडि नपामा मेयरको लागि स्वतन्त्र उम्मेदवार प्रेम विसीले उम्मेदवारी दर्ता गराएका छन्। ७२ ूथान मध्ये ७० पदको उम्मेदवार छैनन्। टिकापुर नपामा तीन जना मेयर, दर्ुइ जना उपमेयर र पाँच जना वडा अध्यक्ष र तीन जना सदस्यको उम्मेदवार बनेको छन्।

29 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2006/01/26/nepals-rabadi-devi/trackback/

  1. la chhito upload garnus ….

    Comment by babu — January 26, 2006 @ 7:21 pm

  2. नेपालकी राबडीदेवी …tapi ko jinda bad hos tra..bihar ko rawadi debi ko jasto kam chi na garnu hola

    Comment by sujan Netherland — January 26, 2006 @ 7:30 pm

  3. umesh ji
    ke kuro break garnu khojnu bhayeko ho bhujiean na ni?

    Comment by Breaking news reader — January 26, 2006 @ 8:37 pm

  4. one of the poorest countries in the world…. that lies in the himalayan region has an insane king who is waiting to be exiled… the days or not that far away…

    I can’t beleive i actually trusted the king and actually defended and lawered for him… i was in a fallesy (spell??) ah…well…. out of the black… i can see now.. and he is PURE EVIL!! Lets all be samurais and fight against him!!

    Comment by Mukti Sir — January 26, 2006 @ 9:46 pm

  5. Mrs. Radha Devi lai jabarjasti uthna lagaieko bujhinchha sarsarti herda. waha lai aafno sthiti ko ramro gyan chha jastai waha le bhani rahanu bhaeko sunio dherai padhelekheko chhaina kasari kam garne aadi aadi. tara malai waha lai murkha banaune gari sodhieka prasna haru malai man parena kina ki umesh ji yasta nepali manav haru ko kami chhaina nepalma. Yiniharu kai ghada chadera hamro rajtantra dekhi bhure takure harule yugau yug dekhi raj gari rahekai chhan. Radha devi haru tapai hami haru bhitra kai hun jo soshit pidit chhan ini haru ko khilli udhaunu bhaneko aafnai khilli udhaunu ho. personally you may look better but when it comes to rulers and ruled there is no differece.
    It would have been much better if the person behind her candidacy was criticised. anyway that is what I felt….

    Comment by krish — January 26, 2006 @ 9:48 pm

  6. Umesh ji
    Aaba tanpai le 1 kam garna paryo. kura ke bhane sabai nagarpalika ma yek jana yesto manchhe khojidinu paryo hamro mailo dai lai jasle padna na jane pani lekhna n jane pani gadi chadna janos r sign garna sakos. sign ko pani no problem lapche le kam garchha. Bichara gyane lai help ta garni paryo ni kaso.

    Comment by SAGAR KANDEL — January 26, 2006 @ 10:09 pm

  7. Kuri kuri gyan dai, kasto candidate select gareko ho??

    Comment by Janak Raj Gautam — January 26, 2006 @ 10:16 pm

  8. comment garnu pani laj lagyo .. yo video hamro mailo gyane dai lai lagera dekhaunu parne ani thaha hune thiyo sayad heri sakyo mailo dai le kasto kam gardai chhu bhanera thaha pani bhayo hola . yestai yesari nai desh chalauna sakchhu bhanera socheko hola .
    people republic nepal jindabad

    Comment by babu — January 26, 2006 @ 10:24 pm

  9. hi umesh ji
    its the symbol of oncoming municipal polls, but i dint like making fun of her. she is innocent,she doesnt know what is she doing. but u should reveal the secrets of those who compelled her to b the candidate. the king know should know his and his supporters condition in nepal. if he knows well he will understand the politics.

    Comment by LN Gautam — January 26, 2006 @ 10:24 pm

  10. umesh ji!
    sabai ta thikai chha tara euta kura malai ali katul lagyo waha parnu vayo anapad euti nepali cheli! malai jaha samma lagcha waha kaam garnu huncha yadi waha le ma uthidina vanyo vane pani waha ko jagir chattt ra jun tabar le haro patrakar daju bhai le bangya garnu vayo ni k yo sahi ho ta???? k ti cheli ma kunai manobal chhaina holata bichar garnus ta kina vane kaam garara gujara chalaudai chhan! uni kasai ko sosad ma chhan jasto lagcha malai hunata des nai sosad ma chha yo ta katu satya ho!hunata hami ta pardesh ma chham k nai garna sakinchara!!
    dhandyabad umesh ji yo khabar hamro samu purai dinu vayo!!!

    Comment by daswon — January 26, 2006 @ 10:27 pm

  11. Umesh zee!
    Hamra democratic leader haru ( GP KOIRALA, MA KU NEPAL) Aru thuprai leader haru pani ta 2045 sal ko andolan pachi umedbari janaune bela ma estai estai ta dekhinthe ni hoina ra , Tara ahile hernus kehi barsha sarkar ma basera khana launa payera ahile kasta vaye ka chan, Chodnus tapai Ini mahila umedwar pani chitai testai hunchan….he he he

    Comment by Shyam — January 27, 2006 @ 5:04 am

  12. she will be better than girija slc pass

    Comment by buda — January 27, 2006 @ 5:58 am

  13. Thukka Gyane!!!

    Comment by Ganatantra Nepal — January 27, 2006 @ 6:22 am

  14. पुर्व वडा अध्यक्ष भन्न त पाइयो नि।

    Comment by ram — January 27, 2006 @ 12:10 pm

  15. Thukka gyane ****.

    Comment by Bijen lama — January 27, 2006 @ 3:01 pm

  16. aja ko blog padhda ramro sanga padhna janiyana kinaki akshar gadbad thiyo.tapainko vidiyo tatha shadkast uplod kina hunna?

    Comment by dev — January 27, 2006 @ 4:20 pm

  17. Though it may be not the right situation to file candidature for the upcoming municipal polls under the present government, it is very wrong that reporters make fun of a Nepali lady who is practising her right to fight in the polls (even though she may have been forced). Who are they to analyze who is the right candidate and who is the wrong? How much is ridiculing a woman democratic?

    Comment by whitesky — January 27, 2006 @ 9:43 pm

  18. Very Good I am From Belgium

    Comment by Mark Brain — January 28, 2006 @ 4:23 am

  19. Umesh ji
    I realized that is a drama,
    The King is Director of this Drama
    Kamal Thapa, Shirsh, Badri, T Giri, Tanke Dhakal r sport boy
    ” Radha Upadhaya’s R actress”
    Surely…….
    this drama must be end.

    Comment by Bhim Gurung — January 28, 2006 @ 2:01 pm

  20. Khoi….
    Yasto pani shthiti aauchha hola desma bhanne kalpana pani kasaile gareko thiena….
    Yo chunab hoina…kta kti ko khel ho…jasle j gare pani hunchha jasto dekhiyo….katile jindagima nirbirodh nagarpalikako mayor bhae ma bhanne record rakhe…jo toleka bhusyaha kukurle pani terdainathyo…..
    Tyasta haruko ramro mouka ho…
    Saasai thunera aauchha desko khabar sunda….hami jasta des bahira basekale desh samjhera man bujhaune thau katai bata chhaina….garu bhanne lai garna mouka pani chhaina….
    Sabai lagera eee man pari garne harulai jhundaunu parchha…desh eni haru ko hoina hami sabaiko ho…hami ubhine adhar ho….
    Fasna bata jogaunu parchha, yastai lukeka kura gau samaj ani sarba sadharan ma pugyo bhane jana chetana jagchha…ani ini haruko birudda ek jut hunchhan….badhai chha…lukeko kura bahira lyaunu hune “Mero sansar” lai

    Comment by Bideep Gaule — January 28, 2006 @ 7:39 pm

  21. ma lai auta kura ma akdam hass utirako cha. tyo ke ho bane if some one like rawadi stand for election people make comedy and if some one who have car and money stand for election manche haru kutta samatna pani try huncha. koi ke huncha nepal…je baye pani iwill like to say jaii nepal

    Comment by nepali — January 28, 2006 @ 11:58 pm

  22. Radha ji bhanda k kaam cha hamro Grija and Madhav Nepal?Prachanda ji pani highly educated, with high-tech mind? Ani Jungle bhako tini haru sena pani high -tech?Whole country is Joke, People like you staying in US a joke, hami ta lahure aakdin ta gayera thok cham tinu haru lae, somalia ma gayeam ra Iraq pugi laat hannem affnae desko pani palo aaucha, Timi haru US ma bhako cahae tesko movie hernu like “Black Hawk Down”

    Comment by Nepali Lahure — January 29, 2006 @ 5:42 pm

  23. KG is worse than stray dog

    Comment by prajwol — January 31, 2006 @ 8:58 am

  24. He killed the people of his family so how can he mercy over us? Let us be stronger and united agianst Pichiri 5 king and topple down him.

    Comment by Sanjay "Ladaku" Loktantra Army — February 1, 2006 @ 11:01 am

  25. Umesh Ji, maile mathi ko dherai comments padhe,tyaha tapai ko critisize gare jasto laagyo.Tapaile ta haami bidesh maa baseko nepaliharoolai haamro desh ko awastha ko ek jhalak matra diyeko ho.well done n keep it up.Yahan Radhaji lai kehi bhanieko chhaina,khaakli desh ko bhawisya ra raajtantra lai dekhauna khojieko ho jasto laagyo.

    Comment by sunita — February 4, 2006 @ 1:58 pm

  26. तपाईं पत्रकारहरूले त ती बिचरी दिदीलाई त्यसरी जिस्क्याउनु भएको होइन त ?
    तपाईंहरू कुरा गर्दाखेरि हाँसो थाम्न सक्नुभएन, मैले यो ब्लग पढ्दा पनि हाँसो थामन सकेन। यो त नेपाली नगरपालिका निर्वाचनको जिउँदो नाटक हो ।

    Comment by ईस्वर वाङ — March 16, 2006 @ 4:53 pm

  27. THANKS UMESH JI!!!!!!
    MALAI TEO VIDEO HERE RA KHASAI HASNA MAN PANI LAGE NA. TEO TA TAHA BHAKAI KURA HO NI NA PADHE LEKHE KO MANCHE LE KASARI KAM GARNA SAKCHA BHANNE.PHARI TI DIDI LE MA NA PADHE KO BHANE RA BHANI SAKE PACHI HASNE RA UNLAI UDAUNE QUSTION GARNAI PARDAINA NI.MANIS KATI SAMMA KA LOVI RA CHUDRA HUNDA RAICHAN BHANNE YESAI PANI TAHA HUNCHA.EUTI ANPDH NARI LAI AGADI DEKHAYE RA USKO PACHADI KATI SARKAR KO PAISA LUTNE BICHAR THIYO HOLA NI TEO NKCHARO PRINCIPAL KO KINA TEO AAFU TEO PAD MA UTHNE AAT GARE NA.

    Comment by SANGITA GAUTAM — May 7, 2006 @ 8:08 am

  28. Umesh jee,
    I highly appreciate this blog. She is one of the best candidates and if we have such leaders who do not know how to corrupt but serve the nation and people. Nepal would be a prosperous country.

    My comment here is the lady but the educated JOURNALISTS who don’t know how to take interview with an innocent person. The particular journalists who make fun of her are worst of all and sound like HYNAS. If the journalists don’t know how to respect others how do they make their profession a sacred one.

    America

    Comment by Ram Limbu — June 5, 2006 @ 11:49 pm

  29. She is great herself at least she took a step forward. but you bunch of loosers don’t even know how to respect others. What could you possibly prove in the world insulting her so much? She already admits that is an uneducated woman, mother and hard-working lady. What else do you bunch of loosers expect from her more than she has done already? Is that it you possess a camera and microphone and try to prove that you are a very cheap jornalist getting a break to be a professional one in near future? If so Please Do not bark! Thank you!!

    Comment by Sham Darpan Rai — February 26, 2008 @ 12:01 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.