January 30, 2006

लोकतान्त्रिक सिर्जना प्रदर्शनी

२०६२ माघ १७, सोमबार

लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चले आज पाटनको यलमाया केन्द्रमा लोकतान्त्रिक सिर्जना प्रदर्शनीको आयोजना गर्‍यो। भाषण र नाराबाजीभन्दा बेग्लै र केही हिसाबमा त त्योभन्दा सशक्त हुने गर्छ यसबाट निस्कने विरोधका आवाज र भाव। हिजो नयाँ बानेश्वरमा वाचन गरिएका केही कविता साँच्चिकै बन्दूकको गोलीभन्दा बढी असर पार्ने खालका थिए। प्रदर्शनीमा फोटो, कार्टुन, मूर्ति, चित्रकला आदि प्रदर्शन गरिएको थियो। त्यसैगरी लोकतान्त्रिक चलचित्रकर्मीहरुले बनाएको २० मिनेट लामो आवाज शीर्षकको चलचित्र पनि प्रदर्शन गरिएको थियो। भित्र हेर्नुस् प्रदर्शनीमा खिचिएका थप २१ फोटोहरु। (more…)

ह्वाइटहाउसअगाडि घन्कियो राजाविरोधी नारा

DC rally1

गत वर्ष माघ १९ को शाही कदमकाविरुध्द वासिङटन डीसीवासी नेपालीहरुले आइतबार एक विरोध र्‍यालीको आयोजना गर्दै राजतन्त्रको विरोधमा चर्का नाराबाजी गरेका छन् शाही कदमका विरुध्द अन्तराष्ट्रिय जनमत सृजना गर्नका लागि ह्वाइटहाउसअगाडि सम्पन्न विरोध र्‍यालीमा झण्डै दुई सय नेपालीहरुको सहभागिता रहेको थियो।

उक्त अवसरमा नेपालमा लोकतन्त्र बहाली, मानवअधिकारको ग्यारेन्टी, राजनीतिक बन्दीहरुको बिना शर्त रिहा, सैनिक घेराभित्र गरिन लागेको नगर निर्वाचनको स्थगन गरिनुपर्ने, माओवादी र सात दलबीचको १२ बूँदे सहमतिका आधारमा द्धन्द्ध समाधानका लागि पहल गरिनुपर्ने, प्रेस स्वतन्त्रताको बहाली लगायतका मागको नारा, प्लेकार्ड र व्यानर सहितको जुलुसले ह्वाइटहाउस अगाडि परिक्रमा गरेको थियो। (more…)

लोकतान्त्रिक सिर्जना यात्रा

२०६२ माघ १६ आइतबार
भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला।

टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।



तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि दायाँ छेउमा रहेको पेपाल बटन वा चेकको प्रयोग गर्न सक्नुहुन्छ। चेक पठाउने ठेगानाका लागि मलाई ईमेल गर्नुहोला।

महानगर उम्मेदवारको सुरक्षार्थ ‘स्पेशल फोर्स’

२०६२ माघ १६, आइतबार
अपडेटः शाही चुनाव एउटा ठट्टा बन्न पुगेको छ। प्राप्त पछिल्लो जानकारी अनुसार माघ २६ गते ४ हजार १ सय १६ पदका लागि चुनाव हुनुपर्नेमा आधा अर्थात् २ हजार १ सय ४ स्थान रिक्त छन्। अर्थात् त्यहाँ कसैको उम्मेदवारी परेको छैन। अब त्यहाँ माघ २६ गते निर्वाचन हुँदैन। त्यहाँका लागि छुट्टै निर्वाचन कार्यक्रम बनाइन्छ। यसरी हेर्ने हो भने अरुलाई चुनाव गराउन नसकेको भन्दै असक्षमको पदवी गुल्ट्याएर शासन सत्ता आफ्नो हातमा लिने मन्त्रिपरिषद्का अध्यक्ष आफैले पनि भनेको समयमा चुनाव गराउन नसकेको प्रष्ट भएको छ। २२ वटा नगरपालिकामा अरु उम्मेदवार नभेटिएपछि एक्ला उम्मेदवारलाई निर्विरोध विजयी भएको घोषणा गरिएको छ।

निर्वाचन आयोगले सोमबारदेखि चुनाव प्रचार प्रसार गर्ने वातावरण मिलाउन सरकारलाई भनेको छ। दस दिन बाँकी छ चुनाव, तर धेरैले उम्मेदवारको विषयमा नै थाहा पाएका छैनन्। हेरौं, अब भोलिदेखि कसरी उनीहरु ‘दुलो’ बाट बाहिर निस्केर चुनाव प्रचार गर्न आउने हुन्। स्वतन्त्र समाचार सेवाका अनुसार उम्मेदवारहरु कडा सुरक्षा घेराभित्र लुकीलुकी हिँडिरहेका छन्। स्वससेको समाचार पढ्न भित्र आउनुस्। (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.