January 30, 2006

महानगर उम्मेदवारको सुरक्षार्थ ‘स्पेशल फोर्स’

२०६२ माघ १६, आइतबार
अपडेटः शाही चुनाव एउटा ठट्टा बन्न पुगेको छ। प्राप्त पछिल्लो जानकारी अनुसार माघ २६ गते ४ हजार १ सय १६ पदका लागि चुनाव हुनुपर्नेमा आधा अर्थात् २ हजार १ सय ४ स्थान रिक्त छन्। अर्थात् त्यहाँ कसैको उम्मेदवारी परेको छैन। अब त्यहाँ माघ २६ गते निर्वाचन हुँदैन। त्यहाँका लागि छुट्टै निर्वाचन कार्यक्रम बनाइन्छ। यसरी हेर्ने हो भने अरुलाई चुनाव गराउन नसकेको भन्दै असक्षमको पदवी गुल्ट्याएर शासन सत्ता आफ्नो हातमा लिने मन्त्रिपरिषद्का अध्यक्ष आफैले पनि भनेको समयमा चुनाव गराउन नसकेको प्रष्ट भएको छ। २२ वटा नगरपालिकामा अरु उम्मेदवार नभेटिएपछि एक्ला उम्मेदवारलाई निर्विरोध विजयी भएको घोषणा गरिएको छ।

निर्वाचन आयोगले सोमबारदेखि चुनाव प्रचार प्रसार गर्ने वातावरण मिलाउन सरकारलाई भनेको छ। दस दिन बाँकी छ चुनाव, तर धेरैले उम्मेदवारको विषयमा नै थाहा पाएका छैनन्। हेरौं, अब भोलिदेखि कसरी उनीहरु ‘दुलो’ बाट बाहिर निस्केर चुनाव प्रचार गर्न आउने हुन्। स्वतन्त्र समाचार सेवाका अनुसार उम्मेदवारहरु कडा सुरक्षा घेराभित्र लुकीलुकी हिँडिरहेका छन्। स्वससेको समाचार पढ्न भित्र आउनुस्।

जनतामाझ बिना त्रास पुग्नुपर्ने उम्मेदवारको सुरक्षा गर्न शाही सरकारलाई हम्मेहम्मे परिरहेको छ। उसले राजधानी बाहिर त के राजधानीकै निश्चित शहरी क्षेत्रमा रहने उम्मेदवारको सुरक्षाका लागि पनि विशेष व्यवस्था गर्नुपरेको छ। यसले शहरमा शान्तिसुरक्षाको स्थिति मजबुत हुँदै गएको भन्ने सरकारी दावी माटोमा बिलाएर गएको छ।

सरकारले नगर निर्वाचनमा काठमाडौं महानगरपालिकाका उम्मेदवारको सुरक्षाको लागि स्पेशल फोर्स खटाएको छ। मेयर पदको उम्मेदवारको लागि सादा पोशाक र बर्दिधारी गरी चार जना, वडा अध्यक्षका लागि एक जना प्रहरी सहायक निरीक्षक र वडा सदस्यको उम्मेदवारको लागि प्रहरी जवान खटाएको सूत्रले जनाएको छ।

उम्मेदवारको सुरक्षाको लागि सरकारले आफैंले निवास मिलाए पनि उम्मेदवारले असुरक्षित महशुस गरेकाले होटलमा राखिएको छ। होटलमा बसेको खर्च सरकारले ब्यहोर्ने आश्वासन गृहमन्त्री कमल थापाले दिएको सूत्रले जनाएको छ।

उम्मेदवारी दर्ता गरेको दिनदेखि नै उम्मेदवारहरु घर छोडेर आफन्तको निवासमा शरण लिन थालेका छन्। तर माओवादीको सम्भावित आक्रमणको भयले आफन्तले पनि शरण दिन छाडेपछि उनीहरु सामान्य होटल र लजमा बस्न थालेका छन्।

आठ वडाका एक उम्मेदवारका अनुसार सरकारी राप्रपाले आफ्नो उम्मेदवारको सुरक्षाको लागि होटलमा राख्ने गरेको छ। उनीहरु बस्ने होटल दैनिक रुपमा परिवर्तन हुन्छ।

शनिबार राप्रपा थापाका उम्मेदवारहरु बौद्धको स्थानीय होटलमा बसेका थिए। ‘तर उनीहरु बिहानै हिडिसके’ सूत्रले भन्यो।

काठमाडौं जिल्ला प्रशासनका अधिकृतहरुले यस विषयमा केही नबताए पनि ललितपुरका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर देवाकोटाले मागेका उम्मेदवारलाई सुरक्षा दिइएको बताए।

‘हामीले सुरक्षा चाहिन्छ भनेर सोध्छौ, चाहिन्छ भने दिन्छौ नत्र दिँदैनौं’ उनले भनें।

निर्वाचन कार्यक्रम अनुसार आइतबार निर्वाचन चिन्हप्रदान गर्ने रहेको भएपनि धेरै उम्मेदवारहरु आयोग कार्यालयमा आएनन्। राष्ट्रिय सभा गृहमा रहेको काठमाडौं निर्वाचन कार्यालयमा मेयरको उम्मेदवारमध्ये राजाराम श्रेष्ठ मात्र आएका थिए।

5 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2006/01/30/special-force/trackback/

  1. In the history, yet to be written, KG’s this
    election will be written such that it will be
    a great fun to the students of history book.

    Thanks to KG for making the election a fun
    material. There can be nothing more shameful
    thing in earth when it comes election issue,
    than this election. ITs a great joke in the
    current world. It shows the power of democracy,
    election is a tool of democracy, not of autocracy,
    democracy needs people and people need democracy.
    Autocracy can NOT use democracy to run autocracy.
    Autocracy is autocracy: Gadha dhoyera gai hunna,
    Gyanendra le election garaudai ma, autocracy
    democracy hundaina. …. ITs a great insult to
    KG and congratulation to the people of Nepal,
    for their successful rejection of Gyanendra ‘
    s autocratic election.

    Gyaen
    Convenor of:
    Nepal Loktantrik Party (Virtual)

    Comment by Gyaen — January 30, 2006 @ 7:51 am

  2. hehehe!!!! SURAKSHYA….. Police aafno ta surakshya garna sakdaina aba umedbarko……

    Comment by News Premi — January 30, 2006 @ 10:55 am

  3. In the history, yet to be written, KG’s this
    election will be written such that it will be
    a great fun to the students of history book.

    Thanks to KG for making the election a fun
    material. There can be nothing more shameful
    thing in earth when it comes election issue,
    than this election. ITs a great joke in the
    current world. It shows the power of democracy,
    election is a tool of democracy, not of autocracy,
    democracy needs people and people need democracy.
    Autocracy can NOT use democracy to run autocracy.
    Autocracy is autocracy: Gadha dhoyera gai hunna,
    Gyanendra le election garaudai ma, autocracy
    democracy hundaina. …. ITs a great insult to
    KG and congratulation to the people of Nepal,
    for their successful rejection of Gyanendra ‘
    s autocratic election.

    Comment by om prakash yadav — January 30, 2006 @ 4:45 pm

  4. Padhne bela ma randibaji ra murtichordai thhikka,alikati rajniti ko chaska lagyo dai pariwar mardai thhikka democracy bhaneko ke ho bhanne Gyane lai ke thhaha.Kun murkha ko kura ma lagera Gyane murga bandai chha chunab garayo bhane International community le Nepal ma democracy chha bhanera pattyau chhan.Sansaar technology ko bikash le yeti sangurisakyo bhanne Gyane lai ajha patto chhaina hos pani kasari usko sampurna samaya ta mathhi ullekh gare jhai bityo.haal garauna lageko chunab ko pratikriya EU bata jhappad so rup aaisakyo tyei pani aase pase ko kura ma laagera Gyane jhukkindaichha.
    Ye Gyane sun…kaan kholera…Tero bharaute haru ke bhanchhan EU le hatyr pathhaye mitrasakti bastibik kura bhanera narasanhaar bata rokna khojda hastachhep.
    Yo sabaile Kamal thapa lai asar pardaina u ta feri daliya sarkaar banyo bhane aafno bato laagchha.Ahile je bhairachha sampurna aalochana tero thhaplo ma aaunchha huna ta tanlai saram nai ke ko chha?

    Comment by bipin — January 30, 2006 @ 4:46 pm

  5. mahila shau lai nepal ma raja chahincha ki chaidaina bhanera janmat sangraha garne himmat cha?

    Comment by frens of nepal — February 3, 2006 @ 2:42 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.