स्वास्नीले समेत भोट नदिने भएपछि रोए मेयरका उम्मेदवार
द ग्रेट नेपाली कमेडी सो बन्न पुगेको नगर निर्वाचनका ‘जोकर’ उम्मेदवारहरुको बारेमा विभिन्न पत्रपत्रिकाहरुमा समाचार पढ्न पाइएकै थियो, आज स्वतन्त्र समाचार सेवाको एउटा समाचार हेरेपछि त बिचराहरु कति दयनीय अवस्थामा रहेछन् भन्ने पनि बुझियो। जनकपुरमा मेयर बन्न उठेका रमन सिंहलाई आफ्नै पत्नीले समेत मत नदिने भनेपछि बिचरा धुरुधुरु रोएछन्।
आम मतदातामात्र होइन, नगरपालिकाका उम्मेदवारहरुलाई तिनकै श्रीमतीले समेत मत नदिने स्थिति देखिएको छ ।
नेपाल सदभावना पार्टीका तर्फबाट जनकपुरमा मेयरका उम्मेदवार रहेका रमन सिंहले आफ्नै श्रीमतीसँग मत माग्नु परेको छ । तर, उनकी श्रीमती अमृता सिंहले उनलाई मत नदिने जवाफ दिएकी छिन्
मत माग्न जाँदा श्रीमतीले नपत्याएपछि उम्मेदवार श्रीमतीको मन पगाल्न रोए, तर श्रीमतीले झन् गाली गरेर फर्काइदिइन्।
अधिकांशले परिवारको ठूलो विरोध रहँदारहँदै उम्मेदवारी दिइएकाले यस्तो स्थिति देखिएको हो ।
क्षेत्रीय पशु तालिम केन्द्र जनकपुरमा उम्मेदवारहरुलाई स्थानीय प्रशासनले सुरक्षा घेरामा राखेको छ । ६० मध्ये अधिकांश उम्मेदवार अहिले मत माग्नुको साटो सुतेर दिन कटाइरहेका छन् ।
यता, काठमाडौंमा पनि कतिपय उम्मेदवारहरुले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरिरहेका छन्।


कही नभएको जात्रा हाडी गाउमा अब के के देख्न सुन्न बाकी छ खोई माइला दाइ को राज्यमा
Comment by सीमा — January 31, 2006 @ 8:26 pm
कही नभएको जात्रा हाडी गाउमा अब के के देख्न सुन्न बाकी छ खोई माइला दाइ को राज्यमा
Comment by sulekha — January 31, 2006 @ 8:45 pm
द ग्रेट नेपाली कमेडी ….really the great story..tara…i don’t think so…budi le budo li nadea kasli dincha ta tapi hamili
Comment by sujan Netherland — January 31, 2006 @ 8:53 pm
Des dui-char janako matra ho jasto banai raheka chhan….manpari chha, tara lagchha aba dherai tikdaina….
Ummedwar….hune haru kati ta pressurele, kati paisa khana paieenchha bhanera ani kati jindagima gharka manchhele pani namaneko dekhda jana-pratinidhi bhae bhanera record kayam garnalai uthe jasto lagchha….”eka desko katha” jasto lagchha ahile hamrai desko sthiti…
Bideshi saathi haru saga kura garda kasaile kalpanai garna sakdainan…patyaudainan…tara k garne….fataha haruko hatma chha desh j pani huna sakchha.
Comment by Bideep Gaule — February 1, 2006 @ 1:31 am
कही नभएको जात्रा हाडी गाउमा अब के के देख्न सुन्न बाकी छ खोई माइला दाइ को राज्यमा
Comment by gayak bro — April 29, 2008 @ 3:58 am
Thikkai vho
Comment by raj kumar — October 5, 2009 @ 7:35 pm