मेरो संसारको नयाँ ठेगाना याद राख्नुस्
यदि तपाईँ झुक्किएर वा डुल्दाडुल्दै यहाँ आइपुग्नु भएको भए नयाँ ठेगाना याद राख्नुस्- www.merosansar.com.np
यदि तपाईँ झुक्किएर वा डुल्दाडुल्दै यहाँ आइपुग्नु भएको भए नयाँ ठेगाना याद राख्नुस्- www.merosansar.com.np
२०६२ माघ १९, बुधबार
एक वर्षअगाडि आज कै दिन राजाले प्रतिगमनकारी कदम चालेका थिए, सञ्चार माध्यममा समेत हतियार बोकेका सैनिक पठाएर समाचार सेन्सर गराउने धृष्टता गरेको थियो। आज त्यही दिन ‘मेरो संसार’ ले निजी सर्भरमा जाने निधो गरेको छ। अर्थात् हामी निःशुल्क बस्न पाइने धर्मशालालाई त्यागेर भाडा तिरेर बस्ने राम्रो कोठामा आइपुगेका छौं। कसैलाई लाग्ला, किन यही दिन रोज्नु पर्यो ? किनभने यही दिनबाट नै नेपालीहरुमाझ वैकल्पिक समाचारको स्रोतका रुपमा ब्लग अगाडि आउन सुरु गरेको हो। ब्लगका लागि यो दिनको महत्त्व राजाका लागि शाही घोषणा भन्दा पनि महत्त्वपूर्ण छ।
मेरो संसारले गत वर्ष अप्रिल महिनामा अर्थात् २०६१ को चैत महिनामा ब्लग सुरु गरेदेखि नै ब्लगसमको निःशुल्क स्थानको उपयोग गर्दै आएको थियो। यसबीच मेरो संसारको सफलताबाट इर्ष्या गर्नेहरुले विभिन्न बहाना बनाएर ब्लगसममा उजुरी हालेर झण्डै २४ घण्टा साइट सस्पेन्ड समेत गराउन सफल भएका थिए। निजी सर्भरमा गइसकेपछि उनीहरुलाई यस्तो गर्न गार्है पर्नेछ।
www.merosansar.com.np टाइप गरी यो ब्लग हेरिरहनुभएकाहरुले कुनै परिवर्तन गर्नुपर्ने छैन। ज-जसले merosansar.blogsome.com टाइप गरी हेरिरहेका हुन्, उनीहरुले अबदेखि www.merosansar.com.np मा गए मात्र ताजा ब्लगहरु हेर्न पाउने छन्। पुराना ब्लग र त्यसमा भएका कमेन्टहरु यहीँ रहनेछन्। नयाँ घरमा त्यसलाई सार्ने क्रम जारी रहनेछ।
यो साइटबाट RSS फिड लिइरहेकाहरुलाई परिवर्तित ठेगानाबाट RSS फिड लिन हुन अनुरोध छ।
आजैबाट मेरो संसारले Interact System Pvt. Ltd. सितको सहकार्यमा www.merosansar.info पनि सञ्चालन गर्ने घोषणा गर्दछ। यसमा ब्लगबाहेक अन्य सेवाहरु सञ्चालन हुनेछन्। हामीले हाल विश्वमा लोकप्रिय भइरहेको सिटिजन जर्नलिज्म अर्थात् नागरिक पत्रकारितामा आधारित रहेर एउटा सेवा सुरु गर्ने विचार गरेका छौं। त्यस्तै फोरम पनि सञ्चालन गर्ने हाम्रो सोच रहेको छ।
आज कै दिन मेरो संसारले आफ्ना केही ऐतिहासिक भिडियो ब्लग समेटिएको भिसिडीको पहिलो भाग सार्वजनिक गर्ने जमर्को गरेको छ। यसको विमोचन तपाईँ पाठक कै हातबाट गरिनेछ। कृपया यहाँ क्लिक गरी यो भिसीडीको विमोचन गर्नुका साथै एक झलक हेरिदिनु हुन अनुरोध छ। माथि क्लिक गर्दा भिडियो नखुलेमा भित्र आउनुहुन अनुरोध छ। भिसिडीको बारेमा थप जानकारी पनि भित्र (more…)
Get free blog up and running in minutes with Blogsome | Theme designs available here