‘मेरो संसार’ अब निजी सर्भरमा
२०६२ माघ १९, बुधबार
एक वर्षअगाडि आज कै दिन राजाले प्रतिगमनकारी कदम चालेका थिए, सञ्चार माध्यममा समेत हतियार बोकेका सैनिक पठाएर समाचार सेन्सर गराउने धृष्टता गरेको थियो। आज त्यही दिन ‘मेरो संसार’ ले निजी सर्भरमा जाने निधो गरेको छ। अर्थात् हामी निःशुल्क बस्न पाइने धर्मशालालाई त्यागेर भाडा तिरेर बस्ने राम्रो कोठामा आइपुगेका छौं। कसैलाई लाग्ला, किन यही दिन रोज्नु पर्यो ? किनभने यही दिनबाट नै नेपालीहरुमाझ वैकल्पिक समाचारको स्रोतका रुपमा ब्लग अगाडि आउन सुरु गरेको हो। ब्लगका लागि यो दिनको महत्त्व राजाका लागि शाही घोषणा भन्दा पनि महत्त्वपूर्ण छ।
मेरो संसारले गत वर्ष अप्रिल महिनामा अर्थात् २०६१ को चैत महिनामा ब्लग सुरु गरेदेखि नै ब्लगसमको निःशुल्क स्थानको उपयोग गर्दै आएको थियो। यसबीच मेरो संसारको सफलताबाट इर्ष्या गर्नेहरुले विभिन्न बहाना बनाएर ब्लगसममा उजुरी हालेर झण्डै २४ घण्टा साइट सस्पेन्ड समेत गराउन सफल भएका थिए। निजी सर्भरमा गइसकेपछि उनीहरुलाई यस्तो गर्न गार्है पर्नेछ।
www.merosansar.com.np टाइप गरी यो ब्लग हेरिरहनुभएकाहरुले कुनै परिवर्तन गर्नुपर्ने छैन। ज-जसले merosansar.blogsome.com टाइप गरी हेरिरहेका हुन्, उनीहरुले अबदेखि www.merosansar.com.np मा गए मात्र ताजा ब्लगहरु हेर्न पाउने छन्। पुराना ब्लग र त्यसमा भएका कमेन्टहरु यहीँ रहनेछन्। नयाँ घरमा त्यसलाई सार्ने क्रम जारी रहनेछ।
यो साइटबाट RSS फिड लिइरहेकाहरुलाई परिवर्तित ठेगानाबाट RSS फिड लिन हुन अनुरोध छ।
आजैबाट मेरो संसारले Interact System Pvt. Ltd. सितको सहकार्यमा www.merosansar.info पनि सञ्चालन गर्ने घोषणा गर्दछ। यसमा ब्लगबाहेक अन्य सेवाहरु सञ्चालन हुनेछन्। हामीले हाल विश्वमा लोकप्रिय भइरहेको सिटिजन जर्नलिज्म अर्थात् नागरिक पत्रकारितामा आधारित रहेर एउटा सेवा सुरु गर्ने विचार गरेका छौं। त्यस्तै फोरम पनि सञ्चालन गर्ने हाम्रो सोच रहेको छ।
आज कै दिन मेरो संसारले आफ्ना केही ऐतिहासिक भिडियो ब्लग समेटिएको भिसिडीको पहिलो भाग सार्वजनिक गर्ने जमर्को गरेको छ। यसको विमोचन तपाईँ पाठक कै हातबाट गरिनेछ। कृपया यहाँ क्लिक गरी यो भिसीडीको विमोचन गर्नुका साथै एक झलक हेरिदिनु हुन अनुरोध छ। माथि क्लिक गर्दा भिडियो नखुलेमा भित्र आउनुहुन अनुरोध छ। भिसिडीको बारेमा थप जानकारी पनि भित्र
कृपया तलको प्लेयरमा क्लिक गर्नुहोला।
मेरो संसारले नेपालमा पहिलो पटक भिडियो ब्लग सुरु गरेको हो। तर इन्टरनेटमा भिडियोहरु राख्दा साइज सानो गर्नु पर्ने हुनाले गुणस्तरमा निकै सम्झौता गर्न जरुरी हुन्छ। यस भिसिडीमा मेरो संसारका सुरुका केही भिडियो ब्लगहरु समेटिएका छन्। यसमा नेपाली लोकतान्त्रिक आन्दोलनका दुर्लभ र ऐतिहासिक दृश्यहरु समावेश छन्। पहिलो भागपछि हरेक महिना अरु भागहरु पनि सार्वजनिक गरिँदै जानेछु। पछिल्ला भागहरुमा तपाईँले भिडियो ब्लग मार्फत् सार्वजनिक नभएका दृश्यहरु समेत हेर्न पाउनु हुनेछ।
यो भिसिडी कुनै पनि स्ट्याण्डर्ड भिसिडी वा डिभिडी प्लेयरमार्फत् टेलिभिजनमा वा कम्प्युटरमा पनि सिडी रोमको सहायताले हेर्न सकिनेछ।
मेरो संसार ब्लग र यसमा हुने भिडियो ब्लगलाई सुचारु गर्नका लागि कृपया यो भिसिडी खरिद गरी सहयोग गरिदिनु हुन अनुरोध छ।
भिसिडीको मूल्य US $ 10.00
ढुवानी खर्च US $ 20.00
कूल $ 30 चेक वा पेपालमार्फत् भुक्तान भइसकेपछि भिसिडीलाई तपाईँले उपलब्ध गराउनु भएको ठेगानामा कुरियरमार्फत् पठाइनेछ।
“नेपालको लोकतान्त्रिक आन्दोलन भाग-१” भिसिडीमा समेटिएका दृश्यहरु
- सात दलको दशैंअगाडिको आन्दोलनमा भएको धरपकड
- रेडियो सगरमाथामा भएको सरकारी हस्तक्षेपपछि निस्किएको जुलुस
-निरंकुशताविरुध्द गरिएको आम सत्याग्रह
-प्रेस स्वतन्त्रताका पक्षमा भएको र्याली
-नयाँ बानेश्वरमा भएको नागरिक सभा
-अर्जुन पराजुलीका व्यङ्ग्य कविता
-प्रेस स्वतन्त्रताका लागि भएको उपत्यका बन्द
-एमालेले डिसेम्बर २ मा गरेको र्यालि
-एमाले सभामा रुबिन गन्धर्व र मनोज गजुरेलको प्रस्तुति
-भारतीय नेताले गरेको विवादास्पद सम्बोधन
र,
राजा र युवराजको गाडीमा ढुंगा प्रहार


la badhai chha umesh dai . ramro kam ko lagi .
babu
Comment by babu — February 1, 2006 @ 1:53 am
suuuuuuupeerr!! i totally love that video.. it was freakin awesome!! tons of kudos dude!! tons and tons of it!!!
Comment by Mukti Sir — February 1, 2006 @ 2:56 am
umesh ! really a great moment for me to hear that you have release a vCD .About price no comment !that shuld be!
Comment by sapanasansar@hotmail.com — February 1, 2006 @ 9:36 am
उमेश जी बधाई छ धेरै राम्रो काम गर्न थाल्नु भएको रहेछ । हामी प्रवासी नेपालीहरु सफलताको हार्दिक शुभ कामना ब्यक्त गर्दछौ ।
प्रवासी नेपाली
Comment by Prabasinepali — February 1, 2006 @ 9:47 am
very nice video. oh man you are doing extremely great. the editing and back ground music on that clip is amazing. i loved it. every part of that clip is superb. i bet one day your name will be written in golden letters in Nepali blog history for proving up-to date information via audio, video to Nepali diaspora.
Man you are Great. i am impressed!!! Keep up with your good work. But be careful “राजा का कुकुर हरु देखी साबधान” they might bite you hard.
Comment by Deepak — February 1, 2006 @ 9:50 am
Nikai nai khusi lagyo, congratulation.
thx
chij
Comment by chij — February 1, 2006 @ 10:36 am
Umesh ji,
congrat for the new server. It is certainly
a great news to your fans out here. But,
the pop-ups are really annoying. You need
to disable them or follow the Google style
text ads. not the pop-ups. They are not
only annoying but also trouble makers because
if clicked by chance by mistake, they carry
computer virus –spyware and whole computer
gets corrupted. Last year, I had to spend
a huge amout of time. I don’t surf the sites
they have pop-ups. I surf once and stop
forever. AT least will not comeback to this
site if you do not fix the problem. My IE
or firewall -zone alarm does not have capacity
to block pop-ups, so its you who can protect
my computer by not having these silly pop-ups.
Well, I will certainly don’t mind for Google
style text based ads. I am not threatening
you, I am telling you the ground reality.
You may publish this comment in your blog
as “comment” and see whether other readers
agree with me.
Gyaen.
Comment by Gyaen — February 1, 2006 @ 7:34 pm
la badhai cha bro .
Comment by prachanda — February 2, 2006 @ 12:42 am
Really great job. But the VCD price is too expensive for the native nepali. Do u have any plan to make reasonable price for native people.
Comment by Prasun Hada — February 2, 2006 @ 4:37 pm
hello umesh
after being in this slien land means USA for my undergraduate studies . i am just going through blog sites as now i too want to be part of it and help nepal to be republican nepal. as my major is radio?tv and my concentration is on journalism i am intrested in all these things and when i wasin nepal i was involved in this demonstrations for loktantra there too. so i have attended several nagarik sabha too and i have clicked some photos of there too. i wantto put in urs blog for comments how to dothat please suggests me
Comment by rozan — February 17, 2006 @ 9:18 pm
saroj ji dhanyabad tpai lai ra tapaiko patra karita lai
kumar
Comment by kumar — June 8, 2006 @ 4:36 pm
umes Ji
i am very much impressed with your effort to inform peoples about the real condition of nepalese politics as well politicians who claimed themselves as a servent of the people.If someone watch this cd’s and other news one can easily understand them.so you are one of the great person who have strong love of country .i would like to thanks you as well appeal others to donate for the holy matter
Comment by rajan sharma — July 14, 2006 @ 3:37 pm
GREAT!!!!!!Umesh Bro Tapahilahi Ek DAm GoOD WoRk GaRnU BhAyEkO Ma
Thanks,
leela sharma
gurgaon haryana india
http://leelash.tripod.com
Comment by Leela Bastoal,Gurgaon ,India — July 14, 2006 @ 6:49 pm
Hi journalist ji,
Sachikai manchhe harulai bastabikta k ho bhanera susuchit garaune ati sundar clip rahechha.
Dhanyabad chha ra yestai ramra articalharu ra clip ko apekchhya gardachhu
Comment by Raju — September 3, 2006 @ 1:06 am
These comments have been invaluable to me as is this whole site. I thank you for your comment.
Comment by Rosie — April 30, 2007 @ 5:50 pm
Hello Umesh Jee,
Al d best!
Tapaeko yo prayash sarhaniya6,hami sarbasadharanle thaha pauna nasakeko ani bastabik khabar yo site marfat taja-taja swad lina pauda yo tapaeko karyalae salute garnai par6 tara vidio playar nai dekhiyana ta. k problem bho yaha?
Once again Al d best for ur Journalism.
Comment by Shanta Jhankri — February 21, 2008 @ 4:52 am
In which country do you live?
Comment by mozilla download — March 21, 2008 @ 2:06 am
this is giving a good service to the not only neplease people but also all people who loves nepal,
Comment by keshab adhikary — April 30, 2008 @ 10:41 am
this programme is very useful in the world for the nepalise people. it is better to continue in future.
Comment by keshab adhikary — May 4, 2008 @ 11:29 am